हेटौंडा कपडा औद्योगिक क्षेत्र व्यवस्थापनलाई
कृष्ण रिजाल
साउन ३०, काठमाडौं । हेटौंडा कपडा उद्योग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कित्रे भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सो उद्योग लिमिटेडले कित्र लागेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष देवेन्द्र यादवले अभियानलाई बताए । मन्त्रिपरिषद्को २०६७ चैत ३० गतेको बैठकले उद्योग बन्द गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । लिमिटेड सञ्चालक समितिले पनि सो उद्योग कित्रे प्रस्तावलाई पारित गरी प्रक्रिया अघि बढाएको छ ।
‘सोही निर्णयको आधारमा हामीले आफ्नो प्रस्ताव सोमवार नै अर्थ मन्त्रालयमा पठाएका छौं,’ अध्यक्ष यादवले भने, ‘अर्थ मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय पर्खिरहेका छौं । प्रक्रिया शुरू भइसकेकाले अबको एक सातामै उद्योग किनबेच भइसक्नेछ ।’ उद्योगको जग्गा, भवन तथा मेशिनरीको समेत गरी कुल मूल्याङ्कन २९ करोड रुपैयाँ गरिएको छ । लिमिटेडले भने नगद रू। २१ करोडमा जग्गा कित्रे र भवन तथा मेशिनरी भने ऋण तथा शेयरमा लिने भएको छ । ‘अर्थ मन्त्रालयसँग अनौपचारिक रूपमा सम्झौता भइसकेको छ,’ यादवले भने, ‘हाम्रो प्रस्तावमा मन्त्रालयले औपचारिक रूपमै सहमति जनाउनेमा विश्वस्त छौं ।’
सो उद्योग पूर्णसरकारी स्वामित्वको भएकाले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई नै विक्री गर्ने लगभग पक्का भइसकेको अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख खुमराज पुञ्जालीले बताए । ‘तर, मन्त्रिपरिषद्को निर्णयअनुसार लिमिटेडको प्रस्ताव नआएमा भने तत्काल किनबेच प्रक्रिया अघि बढ्नेछैन,’ उनले भने । औद्योगिक क्षेत्र उद्योग महासङ्घका उपाध्यक्ष देवराज तामाङले सो उद्योग लिमिटेडले कित्रेबारे निजीक्षेत्र पनि सहमत रहेको बताए । तर, लिमिटेडले भौतिक सम्पत्ति जोड्ने कार्यमा भन्दा औद्योगिक क्षेत्रको मर्मतसम्भारमा बढी लगानी गर्नुपर्ने उनको भनाइ छ ।
२०३६ सालमा चीन सरकारले बनाइदिएको सो उद्योग ७ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । करीब २० करोडको लगानीमा स्थापना गरिएको उद्योगको हाल मूल्याङ्कन ३० करोड रुपैयाँ रहेको छ । दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्ने उद्योगमा १ हजार २ सय जनाले रोजगारी पाएका थिए । उद्योगमा १४ हजार ६ सय ६८ ओटा धागो काट्ने मेशिन, ४ सय ८६ ओटा तानलगायत रङ्गाइ छपाइका मेशिन रहेका छन् ।
त्यस्तै, केही लुङ र स्पिनिङ मेशिनसमेत छन् । उद्योग २०५७ सालमा बन्द भएको हो । त्यसपछि डा। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारद्वारा ९ करोड रुपैयाँ अनुदान दिइएको थियो । तर, उद्योगको मर्मत सम्भार हुँदै गर्दा त्यसपछिका अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा उद्योग बन्द गर्ने निर्णय गरिएको थियो ।

Comments
Post a Comment