रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप
भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ ।
सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ ।
‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने तत्कालै कुनै विकास गरिने छैन ।’ हाल रिलायन्सले दैनिक ५० टन र धनलक्ष्मीले दैनिक २५ टन धागो उत्पादन गर्दै आएका छन् । दुवै कारखानाले विद्युत्को अभावमा क्षमताको करीब दुई तिहाई मात्र उत्पादन गर्दै आएको उनले बताए ।
हाल रिलायन्समा हाल ३ हजार २ सय मजदूर र ३ सय कर्मचारी कार्यरत छन् । शाखा कारखाना स्थापनासँगै उद्योगमा अब थप ३ सय ८१ जनाले रोजगारीसमेत पाउने जानकारी दिइएको छ ।
कारखानाले पोलिष्टार, सेन्थेटिक्स, कटनलगायतका विभित्र किसिमका धागो उत्पादन गर्दै आएको छ । दुवै कारखानामा उत्पादित ७५ प्रतिशत धागो भारतमा निर्यात हुँदै आएको छ । बाँकी २५ प्रतिशत नेपालमा खपत हुने गरेको अग्रवालले बताए । त्यस्तै, आफ्ना उद्योगमा उत्पादित धागो सानो परिमाणमा टर्कीमा समेत निर्यात गर्ने गरेको उनले बताए ।
नेपाली कपडा उद्योगहरू धराशयी बन्दै गएपछि उत्पादित धागो भारत तथा टर्कीमा निर्यात गर्नुपरेको उनले जानकारी दिए । सरकारले न्यून बिजकीकरण भएर तथा अवैधरूपमा नेपाल भित्रने कपडालाई रोक्न सकेको छैन । यसले गर्दा अवैधरूपमा नेपाल भित्रने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग धराशयी बन्दै गएको हो ।
त्यस्तै, लोडशेडिङ तथा जनशक्ति अभावले पनि कपडा उद्योगहरूले सास्ती बेहोर्नु परेको अग्रवाल बताउँछन् । कपडा उद्योगको समस्यालाई सम्बोधन गर्न सकिएमा यसले कपडा उद्योगलाई मात्र नभई धागो उद्योगलाई समेत राहत मिल्ने उनको भनाइ छ ।
- धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने
- थप पौने ४ सयलाई रोजगारी

Comments
Post a Comment