औद्योगिक क्षेत्रमा पीटीजेड क्यामरा जडान गरिदै
कृष्ण रिजाल
साउन २९, काठमाडौं । औद्योगिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक क्षेत्रमा पीटीजेड क्यामरा (एक प्रकारको सीसी क्यमरा) जडान गरिने भएको छ । रातिको समयमा समेत फोटो तथा भिडियो खिच्न सक्ने यस्तो क्यामरा विभिन्न चार औद्योगिक क्षेत्रमा जडान गरिने भएको हो । औद्योगिक क्षेत्रको सुरक्षाप्रति विभिन्न खाले टिकाटिप्पनी आउन थालेपछि सीसी क्यामरा जडान गर्ने निर्णय गरिएको औद्योगिक क्षेत्र सञ्चालक समितिका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए । ‘मूलतः औद्योगिक सम्पत्ति सुरक्षाको प्रत्याभुति दिलाउन हामीले पीटीजेड क्यामरा जडान गर्ने निर्णय गरेका छौं,’ यादवले भने, ‘सम्पूर्ण प्रक्रिया पु¥याएर यही आवभित्रै पीटीजेड क्यामरा जडान गरिसक्ने छौं ।’
शुरूमा सुरक्षाका दृष्टिकोणले बढी संवेदनशिल मानिएका बालाजु, पाटन, पोखरा र हेटौंडा औद्योगिक क्षेत्रमा पीटीजेड क्यामरा जाडन गरिने भएको छ । बालाजुमा, पोखरामा र पाटनमा ४÷४ ओटा र हेटौंडमा ६ ओटा पीटीजेड क्यामरा जडान गरिने भएको हो । त्यसपछि क्रमशः अन्य औद्योगिक क्षेत्रमा समेत यस्ता क्यामरा जडान गरिदै लगिने यादवले जानकारी दिए । अहिले पीटीजेड क्यामरा जडानका लागि करीब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पीटीजेडलाई सेक्युरीटी क्यमरा पनि भनिन्छ । यसले ५ सय मिटरभन्दा टाढाको गतिविधिलाई पनि स्पष्टरुपमा नियाल्न सक्छ । यस्ता क्यामरा ३ सय ६० डीग्री घुम्ने भएकोले औद्योगिक क्षेत्रभित्रका प्रवेशद्वारलगायत संवेदनशिल क्षेत्रका सम्पूर्ण गतिविधिको निगरानी राख्न सकिन्छ । रातिको समयमा समेत कार्य गर्ने यस क्यामराले ४ महीनासम्मको गतिविधीलाई रेकर्ड समेत गर्न सक्दछ । यस क्यामरामार्फतको यस प्रत्यक्ष मोनिटरिङले औद्योगिक क्षेत्र भित्र हुने गरेको विभिन्न किसिमका अवाञ्छनीय क्रियाकलाप न्यूनीकरण गर्ने सञ्चालक समितिले बताएको छ ।
औद्योगिक क्षेत्रमा भौतिक सुविधाका साथै सुरक्षाको प्रत्याभुतिलाई समेत बजवुद बनाउँदै लैजाने रणनीतिअनुसार यस प्रकारको क्यामरा जडान गर्न थालिएको यादवले बताए । ‘उद्योगी व्यवसायि र सरकारको सहकार्य मिल्यो भने औद्योगिक क्षेत्रलाई सम्पूर्ण हिसबाले सुविधायुक्त र सुरक्षित बनाउन सकिन्छ,’ उनले भने, ‘तर, सरकार र उद्योगी व्यवसायिहरूबाट उचित सहयोग मिल्न सकेको छैन ।’ खासगरी भाडा बढाउने विषयमा उद्योगीहरूले नचाहिदो विरोध गरेको उनको भनाई छ । यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सो क्षेत्रमा ८ गुणासम्म भाडा बढाउने प्रस्ताव गरेको थियो । उद्योगीहरूले त्यसको विरोध गर्दै आएका छन् । समितिले व्यवस्थापन लिमिटेडमा कार्यरत कर्मचारीको कार्यसम्पदानलाई चुस्त बनाउने थहल समेत शुरू गरेको छ । यसका लागि ‘सेण्ट्रल एटेण्डेन्स’ (केन्द्रीकृत हाजीरी) शुरू गर्ने तयारी गरिएको जानकारी दिइएको छ । यसअन्तर्गत पाटन, बालाजु, हेटौंडा, पोखरालगायत औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारीको कार्यालयमा उपस्थित भएनभएको सूचक (हाजीरी) बालाजु स्थित मुख्य कार्यलयबाट निगरानी राख्न सकिन्छ ।

Comments
Post a Comment