Skip to main content
निर्यात गर्ने ५७ उद्योगलाई नगद प्रोत्साहन
  •  रू. २३ करोड वितरण हुन सकेन
  • प्रक्रिया सरल बनाउनुपर्ने उद्योगीको माग
कृष्ण रिजाल
साउन १७, काठमाडौं । सरकारले आर्थिक वर्ष २०६८÷६९ मा ५७ ओटा निर्यात मुलक उद्योगलाई प्रोत्साहन रकम दिएको छ । आफ्ना उत्पादन विभिन्न मुलुकमा निर्यात गर्ने ती उद्योगलाई नगद प्रोत्साहनस्वरुप १० करोड रपैयाँ उपलब्ध गराइएको उद्योग विभागले जानकारी दिएको छ । ‘प्रोत्साहन रकमका लागि १ सय ११ ओटा उद्योगले निवेदन दिएका थिए,’ विभागका निर्देशक रामशरण चिमोरियाले भने, ‘प्रक्रिया तथा कार्यविधिको मापदण्ड पु¥याउने ५७ उद्योगलाई नगद सुविधा उपलब्ध गराइएको हो ।’
नगद प्रोत्साहनका लागि सरकारले गत आर्थिक वर्षको बजेट मार्फत ३३ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, त्यसको २३ करोड रुपैयाँ भने उपयोग हुन सकेन । मापदण्ड तथा प्रक्रिया पु¥याउने निर्यात मुलक उद्योगको आवेदन कम आएकै कारण विनियोजित रकम उद्योगलाई दिन नसकिएको  चिमोरियाले बताए । ‘कतिपय उद्योगीहरूलाई नगद प्रोत्साहन पाइन्छ भन्ने नै थाहा छैन,’ उनले भने, ‘थाहा पाएका कतिपय उद्योगले प्रक्रिया र मापदण्ड पु¥याउन सकेनन् ।’ तर, उद्योगीहरूले भने सरकारको ढिलासुस्ती र झण्झटीलो व्यवस्थाका कारण विनियोजित प्रोत्साहन रकम उद्योगीहरूले पाउन नसकेको बताएका छन् । सरकारले नगद सुहिलयतका लागि रकम विनियोजन गरेपनि त्यसको उचित वितरण भने गर्न नसकेको नेपाल गलैचा निकासीकर्ता सङ्घका अध्यक्ष बकिन्द्र ठाकुरको आरोप छ । ‘खासगरी घरेलु तथा साना उद्योग लक्षित हुनुपर्ने सो सुविधा ठूला औद्योगिक घरनालाई उपलब्ध गारइएको छ,’ ठाकुरले भने, ‘आयाति कच्चा पदार्थ अधिक प्रयोग गर्ने चाउचाउ, स्टिललगायत उद्योगले नै नगद प्रोत्साहन समेत बढी पाएका छन् ।’ स्वदेशकै कच्चा पदार्थ प्रयोग गर्ने गलैचा, पस्मिना तथा हस्तकला उद्योगहरूले कतिपय भ्याटबिल उपलब्ध गराउन नसक्ने हुँदा त्यसलाई नै कारण बनाएर सरकारले सहुलियत नदिनु उचित नभएको उनको भनाई छ । ‘सिस्नु, ह्याम्प, अल्लोलगायतको भ्याटबिल हामी उपलब्ध गराउनै सक्दैनौं,’ उनले भने, ‘अर्बौ रुपैयाँ बराबरको गलैचा निर्यात भएको छ तर, उचित नगद सहुलियत भने पाइएको छैन ।’
सरकारले गतआवदेखि निर्यात मुलक उद्योगलाई नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ । यसअनुसार कुनैपनि उद्योगले भारत बाहेकका अन्य देशमा निर्यात गरेर आर्जन गरेको परिवत्र्य विदेशी रकम बराबरको २ प्रतिशत नेपाली रकम नगद प्रोत्साहन स्वरुप उपलब्ध प्राप्त गर्छन् । उनीहरूलाई मूल्य अभिवृद्धि गर (भ्याट)को ४ प्रतिशत रकम समेत फिर्ता गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार विभागको सिफारिसमा ५७ उद्योगलाई राष्ट्र बैङ्कले नगद प्रोत्सहन दिएको हो । यसरी नगद प्रोत्साहन पाउनेमा सवैभन्दा बढी दालहन उद्योग रहेका छन् । त्यस्तै, सवैभन्दा बढी रकम पाउनेमा भने गलैचा उद्योग रहेको विभागले जानकारी दिएको छ । गलैचा निर्यात गर्ने एउटै उद्योगले करीब रू. १ करोडसम्म नगद पाएको जानकारी दिइएको छ । यसैगरी टेक्सटायल, पस्मिना, हस्तकला, छालाजन्य, चाउचाउ, कफिलगायत उद्योगले समेत प्रोत्साहन नगद पाएका छन् ।
प्रोत्साहनका लागि ४० करोड बजेट प्रस्ताव
उद्योग विभागले निर्यात मुलक उद्योगहरूलाई नगद सहुलियत दिन चालु आर्थिक वर्षका लागि रू. ४० करोड बजेट प्रस्ताव गरेको छ । यो अघिल्लो आवको विनियोजित रकम भन्दा ७ करोडले बढी हो । सुस्ताएको  निर्यात व्यापारले अहिले केही गति लिन सुरु गरेको तथा नगद सुहुलियतका बारेमा उद्योगीहरूको चेतना अभिवृद्धि भएकाले गतवर्षको भन्दा बढी रकम प्रस्ताव गरिएको विभागले बताएको छ । तर, विशेष बजेट आएका कारण उक्त प्रस्तावमा रकम विनियोजन हुन सकेन । ‘पूर्ण बजेट आएको भए प्रस्ताव गरिए बमोजिमको रकम सरकारले विनियोजन गरिदिने थियो तर, त्यसो हुन सकेन,’ चिमोरियाले भने, ‘चालुआवको लागि आउने पूूर्ण बजेटमार्फत उक्त रकम विनियोजन हुनेमा ढुक्क छौं ।’
नगद प्रोत्साहन पाउने उद्योगहरू
उद्योग    सङ्ख्या
धागोजन्य    ४
टेक्स्टायल    ३
पस्मिना    १
दालहन    २४
गलैचा    ११
हस्तकला    ३
छालाजन्य    २
चाउचाउ    २
कफि    ४
अन्य    ३
स्रोत ः उद्योग विभाग

Comments

Popular posts from this blog

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने   थप पौने ४ सयलाई रोजगारी कृष्ण रिजाल भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ । ‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने...
‘सेज कानून साउनभित्रै’ कृष्ण रिजाल साउन २०, काठमाडौं । उद्योगमन्त्री अनिलकुमार झाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी कानून साउनको अन्तिम सातासम्ममा ल्याउने बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले अध्यादेशमार्फत सो कानून ल्याउने बताएका हुन् । ‘सेजसम्बन्धी ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा करीब २ महीनाअघि नै पठाइसकेका छौं,’ मन्त्री झाले भने, ‘कानून मन्त्रालयले मस्यौदा फिर्ता दिएलगत्तै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गराएर अध्यादेश जारी गर्नेछौं ।’ कानून मन्त्रालयले यही साता उक्त मस्यौदा उद्योग मन्त्रालयमा फिर्ता पठाउने जानकारी कानूनका प्रवक्ता राजुमानसिंह मल्लले दिए । राष्ट्रपतिले अध्यादेशमार्फत देश चलाउँदा लोकतन्त्रको उपहास हुने बताइरहेका बेला मन्त्री झाले भने सो अध्यादेश ल्याएरै छाड्ने बताएका छन् । आर्थिक मुद्दासँग जोडिएको ऐन भएकाले यसमा कुनै दलले विरोध नगर्ने उनको दाबी छ । ‘सेजसम्बन्धी कानून ल्याउने कुरामा काङ्ग्रेस र एमाले पनि सकारात्मक छन् भने माओवादी त सरकारकै नेतृत्व गरिरहेको पार्टी हो,’ उनले भने, ‘समग्र अर्थतन्त्र विकासमा सरोकार राख्ने कानून भएक...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...
नेपाल ग्यास किन्न निम्बसले ऋण जुटायो कृष्ण रिजाल भदौ ३१, काठमाडौं । नेपाल ग्यास किन्न निम्बस होल्डिङ कम्पनीले ५७ करोड रुपैयाँ ऋण जुटाएको छ । ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा प्रभु फाइनान्स, प्राइम कमर्शियल बैङ्क र एनआईसी बैङ्क निम्बसलाई ऋण दिन सहमत भएका हुन् । यसमा ग्लोबलले रू। २७ करोड, प्रभुले रू। १२ करोड र प्राइमले रू। १८ करोड ऋण लगानी गर्न सैद्धान्तिक सहमति गरिसकेका छन् । एनआईसीले भने कति ऋण दिने भन्ने टुङ्गो लागिसकेको छैन । ऋण उपलब्ध गराउन सहमति जनाउने चारैओटा वित्तीय संस्थाले ग्यास प्लाण्टको अवलोकन गरिसकेका छन् । ‘ग्यास प्लाण्टको अवलोकन गर्ने कार्य आइतवारै सकिइसकेको छ,’ ऋण उपलब्ध गराउनेमध्येको एक बैङ्कका उच्च अधिकारीले अभियानलाई भने, ‘अबको तीन÷चार दिनमै यससम्बन्धी अन्तिम सहमति हुने छ ।’ ग्यास कम्पनी कित्र निम्बसलाई बैङ्कहरूले कर्पोरेट, ओभरड्राफ्ट र टर्म गरी छुट्टाछुट्टै किसिमका ऋण उपलब्ध गराउने सहमति गरेका छन् । यसअनुसार १० दशमलव ५ प्रतिशतदेखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । निम्बसलाई ऋण उपलब्ध गराउने प्रस्ताव प्राइम बैङ्कको सञ्चालक समितिमा आइनसकेको प्राइमका सञ्चालक ...