एलपी ग्याँस उ्रत्पादनमा प्रहरी
कृष्ण रिजाल
साउन १७, काठमाडौं । नेपाल प्रहरीले ग्याँस बोटलिङ प्लाण्ट स्थापना गर्ने भएको छ । उपभोक्तालाई सहजरूपमा ग्याँस उपलब्ध गराउने उद्देश्यले बोटलिङ प्लाण्ट स्थापनाको तयारी गरिएको प्रहरी प्रधान कार्यलयले बताएको छ । ‘अहिले हामीले कुन ठाउमा प्लाण्ट स्थापना गर्न सकिन्छ भनि अध्ययन गरिरहेका छौं,’ प्रहरी प्रबक्ता विनोद सिंहले अभियानसँग भने, ‘अध्ययनपश्चात निर्माण प्रक्रिया अघि बढाई यसै आर्थिक वर्षभित्र प्लाण्ट सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।’
प्रहरीले प्लाण्ट स्थापनाको लागि नवलपरासी, धादिङ र चितवनमा सम्भाव्य अध्ययन गरिरहेको बताएको छ । यस मध्ये ढुवानी, सुरक्षालगायत सुविधा भएको उपयुक्त स्थानमा प्लाण्ट जडान गरिने सिंहले जानकारी दिए । शुरूमा हामीले ग्याँस बोटलिङ गर्ने चारओटा ट्युव राखेर प्लाण्ट सञ्चालनमा ल्यानेछौं,’ उनले भने, ‘त्यसको सफलता र उपभोक्ताको प्रतिक्रियाअनुसार जडित क्षमता बढाउँदै लैजाने योजना बनाएका छौं ।’ अहिले सामान्यत एउटा एलपी ग्याँस बोटलिङ प्लाण्ट स्थापनाको लागि न्यूनतम १० करोड रुपैयाँ लगानी लाग्ने उद्योगीहरू बताउँछन् । प्रहरीले स्थापना गर्ने प्लाण्टमा पनि सोही हाराहरीको लगानी हुने छ । सो प्लाण्टमा प्रहरी कल्याण कोष मार्फत लगानी गरिने भएको छ । प्रहरीले उत्पादन गर्ने ग्याँस प्रहरीहरूलाई सहुलियता उपलब्ध गराइने उनले जानकारी दिए ।
यसैगरी, प्रहरीले थप एउटा पेट्रोप पम्प समेत स्थापनाको तयारी गरेको छ । हाल प्रहरीको काठमाडौं र पतलैयामा एक÷एक ओटा पेट्रोल पम्प रहेका छन् । काठमाडौंको चक्रपथ क्षेत्रमा पम्प स्थापनाको तयारी गरिएको सिंहले जानकारी दिए । ‘पेट्रोपल पम्पका लागि पनि हामीले ठाउ नै खोजिरहेका छौं,’ सिंहले भने । नयाँ पेट्रोल पम्पमा पनि प्रहरी कल्याण कोषमार्फत नै लगानी गरिने उनले जानकारी दिए ।

Comments
Post a Comment