Skip to main content

औद्योगिक क्षेत्र सुविध कि जोखिमयुक्त
आधारभुत पूर्वाधार तथा सुविधाहरू एकै ठाउमा उपलब्ध हुने हुँदा औद्योगक क्षेत्र उद्योगमैत्री मानिन्छन् । त्यसो त सुरक्षाको दृष्टिकोणले पनि औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि उपयुक्त स्थान हुनसक्छ । नेपालमा पनि औद्योगिक विकास गर्ने उद्देश्यले विस २०१६ मा औद्योगिक क्षेत्रको स्थापना शुरू गरिएको थियो । आजसम्म आइपुग्दा नेपालमा १० ओटा औद्योगिक क्षेत्र स्थापना भइसकेका छन् । तर, भएका औद्योगिक क्षेत्रमा पर्याप्त पूर्वाधार तथा उचित सुविधा उपलब्ध नहुँदा उद्योग सञ्चालनमा कठिनाई हुने गरेको उद्योगीहरू बताउँछन् । नेपालमा भएका २८ वर्षदेखि ५३ वर्षसम्मका पुराना औद्योगिक क्षेत्रको अवस्था, समस्या र सुधारको प्रयास बारे  कृष्ण रिजालको रिपोर्ट ः
औद्योगिक क्षेत्र उद्योगमैत्री हुनुपर्छ । यसका लागि पानी, ढल, विद्युत, सडकलगायत भौतिक पूर्वाधारका साथै सहुलियत तथा सुविधाहरू समेत उपलब्ध हुन आवश्यक छ । तर, हाल नेपालमा भएका १० ओटै औद्योगिक क्षेत्रमा त्यस्ता पूर्वाधार पर्याप्त छैनन् । भएका १० ओटै उद्योगका जग्गा तथा भवन भाडामा गइसकेका छन् । ‘फूल फेज’मा सञ्चालनमा आएको औद्योगिक क्षेत्रको सुविधा भने ‘हाफ फेज’ पनि छैन । भत्किएका सडक, आवश्यकता भन्दा आधा क्षमता भएको विद्युत ट्रान्समिसन, पानी तथा ढल निकासको अभावलगायत समस्याले जेलिएको औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि सुविधायुक्त कि जोखिम ? भन्ने प्रश्न उठेको छ ।
हाल नेपालमा बालाजु, पाटन, भक्तपुर, हेटौंडा, धरान, नेपालगञ्ज, पोखरा, बुटवल, धनकुटा  र गजेन्द्रनारायण सिंह गरी जम्मा १० ओटा औद्योगिक क्षेत्र रहेका छन् । २०१६ सालमा अमेरिकी सहयोगमा बनेको बालाजु नेपालको जेठो औद्योगिक क्षेत्र हो । त्यस्तै, २०४४ मा भारतीय सहयोगमा बनेको गजेन्द्रनारायण कान्छो औद्योगिक क्षेत्र हो । सवै औद्योगिक क्षेत्रमा नयाँ पूर्वाधार थपिएका छैनन् । त्यसो त भएका पूर्वाधारको समेत विस्तार तथा उचित मर्मत सम्भार हुन सकेको छैन । एकातर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘उद्योग सञ्चालनका लागि एक मात्र सुविधासम्पन्न क्षेत्र भनेकै औद्योगिक क्षेत्र हो’ भन्दै नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि दौडधुप गरिरहेको छ । अर्का तर्फ औद्योगिक क्षेत्रमा सञ्चालनरत उद्योगहरूले आवश्यक पूर्वाधार तथा सुविधा अभावमा यस क्षेत्रमा कामै गर्न अफ्ठ्यारो हुने गरेको बताउँदै आएका छन् ।
अहिले भएका औद्योगिक क्षेत्रमा १६ मेगावाट विद्युत क्षमताका ट्रान्समिसन लाइन छन् जुन आवश्यकता भन्दा आधा भएको बताइन्छ । यसले सो क्षेत्रमा जुनसुकै बेलामा पनि विद्युत अपूर्ती रोकिन सक्ने खतरा रहेको देखाउछ । त्यस्तै, अधिकांश क्षेत्रका सडक भत्किएका छन् । सडकहरू पानीपर्दा हिलाम्य हुने र घाम लाग्दा धुलाम्य हुने अवस्थाका छन् । त्यसो त आवश्यक पानीको सुविधा पनि नरहेको उद्योगीहरू बताउँछन् । उचित ढल निकासा र फोहोरको व्यवस्थापन नहुँदा औद्योगिक क्षेत्र दुर्गन्धित तथा प्रदुषित समेत बन्दै गएको नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।
हाल भएका औद्योगिक क्षेत्रमा करीब ६ सय ओटा उद्योग रहेका छन् । त्यस्तै, अधिकांश बहुराष्ट्रि कम्पनीका उद्योग पनि औद्योगिक क्षेत्रमै रहेका छन् । हाल औद्योगिक क्षेत्रमा करीब १५ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् । त्यस्तै,  उद्योगीहरूले वार्षिक ३ करोड भन्दा बढी भाडा तिर्दै आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड १० ओटै औद्योगिक क्षेत्रको व्यवस्थापन गर्ने सरकारी स्वामित्वको कम्पनी हो । कम्पनी ऐन अन्तर्गत गठन भएको लिमिटेडले २०४५ साउन १ देखि औद्योगिक क्षेत्रको व्यवस्थापन गर्दै आएको छ । नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न नसकेको, भएका क्षेत्रको समेत उचित मर्मत संभार तथा सुविधा थप्न सफल नभएको भन्दै निजी क्षेत्रले कम्पनीको क्षमता माथि प्रश्न उठाउँदै आएका छन् । त्यति मात्रै होइन निजी क्षेत्रले औद्योगिक क्षेत्रको व्यवस्थापन आफँुहरूले गर्न पाउनुपर्ने माग समेत राख्दै आएको नेपाल उद्योग वाणिज्य महासङ्घ उद्योग समितिका संयोजक दिनेश श्रेष्ठले बताए । तर, कम्पनीका महाप्रबन्धक गौतममान श्रेष्ठले भने बजेट अभाव भएकै कारण औद्योगिक क्षेत्रको उचित मर्मत सम्भार तथा सुविधा थप गर्न नसकिएको बताए ।
हालै आयोजित बालाजु औद्योगिक क्षेत्रको ५० औं वार्षिकोत्सव कार्यक्रममा पुगेका उपराष्ट्रपति परमनान्द झाले उद्योगीहरू सच्चा राष्ट्र सेवक भएको बताए । आफ्नो भनाईलाई प्रष्ट्याउँदै उनले भने, ‘पूर्वाधार तथा सुविधाका साथै औद्योगिक वातावरणनै नभएको यस्ता क्षेत्रमा समेत उद्योगीहरू उद्योग सञ्चालन गरेर बसेका छन् । उनीहरू बास्तवमै सच्चा राष्ट्र सेवक हुन् ।’ उनले औद्योगिक क्षेत्रको पूर्वाधार विकास तथा सुविधा थप अपरिहार्य भएको बताएका थिए । यस्तो अवस्थामा सरकारले नयाँ औद्योगिक क्षेत्र निर्माणका साथै भएकाको मर्मत सम्भार तथा पूर्वाधार विकासमा समेत ध्यान पु¥याउनुपर्ने उनले बताएका थिए ।
जिम्मा कस्ले लिने ?
औद्योगिक क्षेत्रहरू २८ देखि ५३ वर्ष पुराना छन् । स्थापना भएयता कुनै पनि औद्योगिक क्षेत्रमा पूर्वाधार विकास हुन सकेको छैन । न त ती क्षेत्रको पर्याप्त मर्मत सम्भार नै भएका छन् ।  तर, यसको जिम्म कसैले लिएका छैनन् । लिमिटेडले आफुसँग पर्याप्त बजेट नभएकाले पूर्वाधार विकास गर्न नसकिएको बताउँदै आएको छ । यसमा सरकार जिम्मेवार हुनुपर्ने उसको भनाई छ ।  तर, सरकार भने औद्योगिक क्षेत्रमा पूर्वाधार विकास तथा मर्मत सम्भार गर्ने काम लिमिटेडको भएको भन्दै पन्छिन्छ । उता उद्योगी व्यवसायि भने आफुहरूले तिरेको भाडा दुरुपयोग भएको बताउँछन् । ‘हामीले तिरेको बहाल औद्योगिक क्षेत्रको मर्मत सम्भार तथा विकासमा खर्च हुन सकेको छैन,’ प्रधानले भने ।
आकर्षण उस्तै
अहिले औद्योगिक क्षेत्रमा जग्गा तथा भवन भाडामा दिनका लागि दैनिक ५ देखि १० ओटासम्म उद्योगहरू आउने गरेको लिमिटेडले जानकारी दिएको छ । तुलनात्मकरूमा औद्योगिक क्षेत्रमा सुविधा हुने भन्दै उनीहरू त्यहा उद्योग सञ्चालनका लागि इच्छुक देखिएका हुन् । त्यसो त त्यस क्षेत्रको भाडा पनि सस्तो रहेको छ । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीको मागलाई सम्बोधन गर्न नयाँ क्षेत्र स्थापनाको विकल्प नरहेको लिमिटेड बताउँछन् । त्यसो त प्रत्येक पटक सरकार फेरिदा बन्ने उद्योग मन्त्रीले पनि औद्योगिक क्षेत्र स्थापना गर्ने बाचा गर्छन । तर, बाचा केबल बाचामै सिमित हुन्छ ।
भाडा बढाउने तयारी
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गा र घरको भाडा ७ सय देखि ८ सय प्रतिशतसम्मले बढाउने तयारी गरेको छ । औद्योगिक क्षेत्रको मर्मत सम्भार र सुविधा थपका लागि लिमिटेडसँग रकम नभएकै कारण भाडा वृद्धिको तयारी गरिएको कम्पनीले बताएको छ । तर, उद्योगीहरूले भने लिमिटेडले असंवैधानिक तवरले भाडा बढाउन लागेको आरोप लगाएका छन् । सरकारसँग विस. २०५४ मा भएको सम्झौताअनुसार वार्षिकरूपमा बढीमा ४० प्रतिशत मात्रै भाडा वृद्धि गर्नुपर्ने अध्यक्ष प्रधानको भनाई छ । तीनवर्षअघिदेखि औद्योगिक क्षेत्रको भाडा स्थीर रहेकाले  सरकार तथा औद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालक समितिको सुझावअनुसारनै भाडा बढाउने तयारी गरिएको कम्पनीले बताएको छ ।
सुधारको प्रयास
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र सुधारको प्रयास थालेको छ । यसका लागि औद्योगिक क्षेत्रका समस्या, चुनौति र सुधारको खाचोका सम्बन्धका अध्यन गरिसकेको कम्पनीले बताएको छ ।  औद्योगिक क्षेत्र सुधारका लागि आगामी ५ वर्षभित्र ६० करोड रुपैयाँ खर्च गर्नुपर्ने कम्पनीको अध्ययनले देखाएको छ । कम्पनीले सरकार, सञ्चालक समिति तथा उद्योगीहरूको सहकार्यमा सुधारको प्रयास थालेको छ ।  सुधारका लागि आवश्यक रकम जम्मा गर्न कम्पनीले औद्योेगिक क्षेत्रभित्रका घर तथा भवनको विक्री गर्ने भएको छ । त्यस्तै, सोही कार्यका लागि बजेट जुटाउन औद्योगिक क्षेत्रभित्रका भवन, जग्गा तथा गोदामको भाडा समेत बढाउने तयारी गरिएको गौतमले जानकारी दिए ।


Comments

Popular posts from this blog

विदेशमा लगानी खुला गर्ने पक्षमा सरकार, परिसंघ भन्छ कानुन चाहियो

काठमाडौं, २२ असार अर्थमन्त्री रामशरण महतले सरकार विदेशमा लगानी खुला गर्ने पक्षमा रहेको बताएका छन् । नेपालीले कानुनअनुसार आर्जन गरेको पूँजी एवम् प्रविधि विदेशमा लगानी गर्न पाउनुपर्ने पक्षमा सरकार रहेको उनले बताए । नेपाल उद्योग परिसंघले अर्थ मन्त्रालयमा मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०७२÷७३ को पूर्व वजेट छलफल कार्यक्रममा अर्थमन्त्री नेपालीलाई विदेशमा लगानी गर्न दिने विषयमा सरकार सकारात्मक भएको बताए । ‘कुनै पनि नेपालीले कानुन अनुसार आफूले आर्जन गरेको पूँजी एवं आफ्नो शिप, प्रतिभा र प्रविधि विदेशमा लगानी गर्दछ र सम्पत्ति आर्जन गर्छ भने सरकारले त्यसमा रोक लगाउन पर्ने कारण आउँदैन’ उनले भने, ‘तर, यसका छुट्टै कानुन चाहिन्छ ।’ राष्ट्र बैंक वा सरोकारावाला निकायबाट नीति नियम बनेपछि नेपालीले विदेशमा लगानी गर्न सक्ने उनले बताए । यसअघि परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रको बजेट अपेक्षा प्रस्तुत गर्दै विदेशमा लगानी खुला गर्न आग्रह गरेको थिए । उनले नेपालीले विदेशमा लगानी गर्न पाउनुपर्ने माग राखेका थिए । ‘नेपालीले  पनि अमेरिका तथा युरोपमा लगानी विस्तार गर्न पाउनुपर्छ’ उनले भने...

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
बीओए–एनआईसी मर्जर प्रक्रिया शुरू कृष्ण रिजाल जेठ २४, काठमाडौं । बैङ्क अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैङ्क लिमिटेडबीच मर्जरको प्रक्रिया शुरू भएको छ । राष्ट्र बैङ्कले करीब दुई महीना अघि दुवै बैङ्कका सञ्चालकलाई बोलाएर मर्जरमा जान सुझाव दिएपछि बैङ्कहरूले मर्जर प्रक्रिया अगाडि बढाएका हुन् । एउटै परिवार, फर्म वा व्यापारिक घरनाको लगानी रहेको वित्तीय संस्था गाभिनु पर्ने राष्ट्र बैङ्कको नीतिअनुसार एनआईसी र बीओएले मर्जर प्रक्रिया शुरू गरेको एनआईसी स्रोतले बताएको छ ।  दुबै बैङ्कमा विशला ग्रूपको ठूलो शेयर हिस्सा रहेको छ । एउटै व्यापारिक घरणाको बढी लगानी रहेकाले पनि एनआईसी र बीओए मर्ज हुने निश्चितप्रायः भएको बीओए स्रोतले बताएको छ । अहिले दुवै बैङ्कले छुट्टाछुट्टै उपसमिति बनाएर आपसमा मर्ज हुने सम्भवानको बारे अध्यन गरिरहेको बताएका छन् । बीओएले एनआईसीसँग मर्ज हुन इच्छुक रहेको जानकारी दिदै एनआइसीमा पत्र समेत पठाएको छ । ‘हामीले हालसालै बीओएले पठाएको पत्र प्राप्त गरेका छौं,’ एनआईसीका सञ्चालक राजेन्द्र अर्यालले अभियानसँग भने । यसअघिनै सम्पन्न एनआईसीको साधारण सभाले उपयुक्त बैङ्क वा वत्तिय संस्थासँग...
३० जिल्लामा ब्राञ्चलेस बैङ्किङ कृष्ण रिजाल जेठ १४, काठमाडौं । वित्तीय पहँुच नपुगेका क्षेत्रमा साञ्चालित ब्राञ्चलेस बैङ्किङ सेवा विस्तार हुँदै गएको छ । अहिले विभिन्न ३० जिल्लाका ५० भन्दा बढी गाविसमा ब्राञ्चलेस बैङ्किङ सेवा पुगिसकेको छ । हाल एभरेष्ट, सिद्धार्थ र मेगा बैङ्कले ब्राञ्चलेस बैङ्किङ सेवाका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिएको राष्ट्र बैङ्कका प्रवक्ता भाष्करमणी ज्ञवालीले बताए । तीन ओटा वाणिज्य बैङ्कले सञ्चालनमा ल्याएको ब्राञ्जलेस बैङ्किङ सेवाबाट वित्तीय पँहुच नपुगेका विभिन्न क्षेत्रका २० हजार बढी उपभोक्ता लाभान्वित भएका छन् । हाल नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत जनता वित्तीय पहुँच बाहीर छन् । भौगोलिक जटिलता तथा अर्थतन्त्रले सही गति लिन नसक्दा बैङ्किङ पहुँचलाई विस्तार गर्न नसकिएको सरोकारवालाहरू बताउँछन् । यस्तो अवस्थामा वित्तीय पहँुच विस्तारका लागि ब्राञ्चलेस बैङ्किङ सवैभन्दा उपयुक्त माध्यम भएको बैङ्कहरूको दाबी छ । ‘ब्राञ्चलेस बैङ्किङ खासगरी बैङ्कका शाखा पुग्न नसकेका क्षेत्रमा सञ्चालन गरिन्छ र यसको लक्षित ग्राहक पनि वित्तीय पहँुचमा नपुगेका जनतानै हुन्,’ एभरेष्ट बैङ्कका ...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...