ठोसे फलामखानी चिनियाँलाई
कृष्ण रिजाल
भदौ ६, काठमाडौं । रामेछाप जिल्लाको ठोसेस्थित ‘ठोसे फलामखानी’ उत्खननको जिम्मा नेपाल एण्ड चाइना मिनरल्स प्रालि ९एनएनसी मिनरल्स०ले पाउने भएको छ । नेपालकै दोस्रो ठूलो उक्त फलामखानीको धाउ ९कच्चा पदार्थ उत्खनन तथा प्रशोधन गर्न एनएनसीलाई जिम्मा दिने तयारी गरिएको खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले अभियानलाई बताए । ‘४ वर्ष अघिदेखि सो खानीको अन्वेषण तथा अध्ययन गर्दै आएको एनएनसीले उत्खननका लागि समेत निवेदन हालेको छ,’ उनले भने, ‘कम्पनीको स्रोतसाधन तथा प्रस्ताव उचित देखिएकाले उसैलाई खानी उत्खननको जिम्मा दिने तयारी गरिएको हो ।’
विभागले पटकपटक गरेको अध्ययनबाट ठोसेमा करीब १ करोड मेट्रिक टन फलामको धाउ रहेको पत्ता लागेको छ । ती धाउमा २२ देखि ६५ प्रतिशतसम्म फलाम रहेको विज्ञहरूको अनुमान छ । अहिले अन्तरराष्ट्रिय बजारमा फलामको मूल्य प्रतिटन १० हजार रुपैयाँसम्म रहेको एनएनसी मिनरल्सका सञ्चालक वाङ्चु शेर्पाले बताए । यसबाट पनि त्यहाँ सय खर्बभन्दा बढी रुपैयाँबराबरको फलाम रहेको देखिन्छ । रामेछापका चुचुरे, रस्नालु, बेताली, गुप्तेश्वर, प्रीति र कुभुकाँस्थलीमा समेत फलामखानी रहेको बताइन्छ । सरकारले सहयोग गरेमा २ वर्षभित्र खानी सञ्चालनमा आउने कम्पनीको भनाइ छ ।
‘हामीले चिनियाँ विज्ञहरूलाई लिएर ४ वर्षसम्म ठोसे फलामखानीका बारेमा गहन अध्ययन गर्यौं,’ शेर्पाले भने, ‘अध्ययनबाट त्यहाँ प्रशस्त फलाम रहेको देखिएको छ ।’ कम्पनीले उत्खननका लागि स्वीकृति पाएलगत्तै त्यहाँ कारखाना स्थापना गर्ने बताएको छ । फलामको धाउ उत्खनन तथा प्रशोधनका लागि १० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने उनले बताए । ‘सो रकम लगानी गर्न तयार छौं,’ उनले भने, ‘तर सरकारले त्यहाँ बिजुली, सडक तथा पानीलगायतका पूर्वाधार निर्माण गरिदिनुपर्छ ।’ सो फलामखानीबाट शुरूमा अर्धप्रशोधित फलाम उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
अहिले भारतबाट फलाम आयात गरी स्टील कारखाना सञ्चालन गरिरहेका उद्योगले खानी सञ्चालनपछि स्वदेशी फलाम नै प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको शेर्पा बताउँछन् । ‘सबैको कुराले साथ दिएमा भारतीय स्तरको फलाम उत्पादन गर्ने योजना छ,’ उनले भने । खानी सञ्चालन आएपछि १ हजारभन्दा बढीले रोजगारी पाउनुका साथै भारतबाट हुने फलाम आयात कम्तीमा ५० प्रतिशत कम गर्न सकिने कम्पनीको दाबी छ ।
ठोसेमा १९२१ सालमै फलामखानी सञ्चालनमा आएको थियो । तर, त्यसबेला व्यावसायिक रूपमा फलामको उत्खनन हुन सकेको थिएन । राणाहरूले समेत सो खानीबाट फलाम उत्खनन गरी दैनिक ९ सयओटा गोली बनाउन प्रयोग गरेको विभागका कर्मचारीहरू बताउँछन् । तर, उचित प्रविधि र लगानी अभावमा त्यसले निरन्तरता पाउन सकेन । खानी सञ्चालनमा ल्याउन सकिएमा भारतसँगको व्यापार घाटा कम गर्न सक्नुका साथै पूर्वाधार विकास र रोजगारी सृजनामा समेत टेवा पुग्ने बताइन्छ ।

Comments
Post a Comment