रुपन्देहीमा डेढ अर्ब लगानीमा फ्लोर मिल
कृष्ण रिजाल
साउन ३२, काठमाडौं । रुपन्देहीको पाडसरी–४ मा ‘एसआर फूड्स’ नामक फ्लोर मिल सञ्चालनमा आउने भएको छ । स्थानीय व्यवसायी सीताराम उप्रेतीले रू। १ अर्ब ५० करोड लगानीमा सो मिल स्थापनाको तयारी गरेका हुन् । मैदा, आटा, सुजी र चोकर उत्पादन गर्ने सो उद्योग १ वर्षभित्रमा सञ्चालनमा आइसक्ने सञ्चालक उप्रेतीले अभियानलाई बताए । ‘अहिले जग्गा व्यवस्थापनको कार्य भइरहेको छ,’ उनले भने, ‘दशैंपछि भौतिक पूर्वाधार निर्माण र मेशिन जडान गरी वर्ष दिनभित्रमा उत्पादन शुरू गर्ने योजना बनाएका छौं ।’ रुपन्देहीमै रहेको एसआर होटल र एसआर कम्प्लेक्समा समेत उप्रेतीको लगानी रहेको छ ।
मैदा, आटाजस्ता खाद्यपदार्थको माग बढ्दै गएकाले मिल स्थापनाको तयारी गरिएको उनले बताए । उद्योग विभागबाट उद्योग सञ्चालनको लाइसेन्स लिइसकेका उप्रेतीले मेशिन आयातको तयारी भइरहेको जानकारी दिए । ‘चीन र भारतमध्ये कुनै एक देशबाट मेशिन ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘सकेसम्म स्तरीय र आधुनिक मेशिन भित्र्याउने लक्ष्य छ ।’ कम्पनीले उद्योग सञ्चालनका लागि २ बिगाहा जमीन किनिसकेको छ । मिलले आवश्यक कच्चापदार्थ नेपालकै प्रयोग गर्ने भएको छ ।
स्थानीय किसानले उत्पादन गर्ने गहुँलाई उचित मूल्य दिएर कच्चापदार्थका रूपमा प्रयोग गर्ने उनले बताए । मिलले शुरूको वर्ष आफ्नो उत्पादन नेपाली बजारमै विक्री गर्ने बताएको छ । तर, उपभोक्ताको प्रतिक्रिया र बजारको मागअनुसार उत्पादनलाई बढाएर निर्यातसमेत गर्न सकिने उप्रेती बताउँछन् । मिल सञ्चालनमा आएपछि ६५ जनाले रोजगारी पाउनेछन् ।
एसआरको वार्षिक उत्पादन क्षमता (मेट्रिक टनमा)
मैदा २० हजार ६ सय ५०
आटा ४ हजार ५ सय ५०
सुजि १ हजार ७ सय ५०
चोकर ८ हजार ५०

Comments
Post a Comment