रूपन्देहीमा निजीक्षेत्रको लगानीमा औद्योगिक क्षेत्र
कृष्ण रिजाल
१ सय उद्योग स्थापनाको सम्भावना,१० हजारलाई रोजगारी
भदौ २, काठमाडौं । निजीक्षेत्र आफैले औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । रूपन्देही उद्योग सङ्घको अगुवाइमा स्थानीय उद्यमीले रूपन्देहीमा आफैनै लगानीको औद्योगिक क्षेत्र स्थापनाको तयारी गरेका हुन् । उनीहरूले केही समयअघि ‘नवीनतम औद्योगिक विकास सहकारी संस्था’ स्थापना गरी औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अघि बढाएका छन् । नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न २५ वर्षअघिदेखि गरिएको आग्रहलाई सरकारले पूरा नगरेपछि निजीक्षेत्र आफैले यसको पहल थालेको उद्यमीहरूले बताएका छन् । ‘अहिले औद्योगिक क्षेत्रका लागि जग्गा खोज्ने कार्य भइरहेको छ,’ औद्योगिक क्षेत्र उद्योग महासङ्घका उपाध्यक्ष तथा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष तिलप्रसाद भट्टराईले अभियानसँग भने, ‘जग्गाको टुङ्गो लाग्ने बित्तिकै पूर्वाधार विकासको काम अघि बढाउँछौं ।’
संस्थाले औद्योगिक क्षेत्र स्थापनाका लागि रकम जम्मा गर्ने कार्य थालेको छ । संस्थाका शेयर सदस्यबाट अहिलेसम्म करीब रू। २ करोड २५ लाख जम्मा भइसकेको भट्टराईले जानकारी दिए । २ सय २९ जना शेयर सदस्य रहेको सो संस्थाले प्रत्येक सदस्यबाट प्रति महीना २५ हजार रुपैयाँ रकम उठाउने गरेको छ । औद्योगिक क्षेत्र न्यूनतम रू। १० करोड लगानीमा स्थापना गरिनेछ । स्थापना गरिने औद्योगिक क्षेत्रमा सहकारीमा आबद्ध सदस्यहरूले उद्योग स्थापना गर्न पाउने जानकारी भट्टराईले दिए ।
औद्योगिक क्षेत्रको अभावमा लगानीकर्ताले उद्योग छाडेर व्यापारमा लगानी गर्न शुरू गरेपछि यस्तो पहल थालेको रूपन्देही उद्योग सङ्घका अध्यक्ष तेजकुमार पाठकले बताए । पाठकले भने, ‘उद्योगतर्फको लगानी प्रवद्र्धन गरी उत्पादन बढाउने उद्देश्यले निजीक्षेत्र आफैले औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।’ औद्योगिक क्षेत्र स्थापनाका लागि केन्द्रीयस्तरमा नेपाल उद्योग परिसङ्घले पहल गरिरहेको उनले बताए ।
औद्योगिक क्षेत्रका लागि अहिले संस्थाले ६० बिगाह जग्गा खोजिरहेको छ । जग्गा नपाएकै कारण कामले गति लिन नसकेको पाठकले बताए । यसका लागि अहिले रूपन्देहीका साथै छिमेकी जिल्ला नवलपरासीमा समेत जग्गा खोजिरहेको उनले जानकारी दिए । ‘मिलेसम्म रूपन्देहीमै औद्योगिक क्षेत्र स्थापना गर्ने छौं,’ उनले भने, ‘त्यसो हुन नसकेको खण्डमा नवलपरासीमा समेत औद्योगिक क्षेत्र स्थापना हुनसक्छ । ’ यसअघि सङ्घले बुटवल नगरपालिकास्थित नयाँगाउँ भैरवस्थानमा रहेको ५४ विगाह जमीनमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको थियो ।
सरकारले अधिग्रहण गरेर निजीक्षेत्रलाई सो जग्गा दिने विषयमा छलफल पनि चलेको थियो । तर, बुटवल नगरपालिकाले त्यसलाई महत्व नदिँदा प्रक्रिया अघि बढेन । अहिले पनि सो जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न सकिने पाठक बताउँछन् । ‘सरकारले जग्गा अधिग्रहण गरेर उद्योगी व्यवसायीलाई लिजमा दिए त्यहाँ उद्योग सञ्चालन गर्न उपयुक्त हुन्छ,’ पाठकले भने ।
जग्गा खरीद गरिसकेपछि सो क्षेत्रमा विद्युत्, पानी, सडकलगायत पूर्वाधार विकासमा सहयोग गर्न सरकारसँग आग्रह गरिने पाठकले बताए । सरकारले सहयोग गरेमा काम शुरू गरेको १ वर्षभित्रै औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याइसक्ने संस्थाले बतााएको छ ।

Comments
Post a Comment