एण्डेक्स मनि एक्स्पो आजदेखि
‘मनि एक्स्पो–२०११’को निरन्तरता तथा विकसितरूप भनिएको एक्स्पोमा नियामक संस्था, स्टक एक्स्चेञ्ज, कमोडिटी एक्स्चेञ्ज, बैङ्क तथा वित्तीय संस्था, रेमिट्यान्स, डिपोजिटरीज तथा क्लियरिङ हाउस, पोर्टफोलियो व्यवस्थापन कम्पनी, सहकारीलगायत विभिन्न सङ्घसंस्थाका १ सय ओटा भन्दा स्टल रहने जानकारी दिइएको छ । उनीहरूले आफ्ना सेवासुविधा तथा उत्पादनका बारेमा सम्पूर्ण जानकारी दिने छन् । एक्स्पोमा करीब ३ लाख दर्शकको उपस्थिती हुने आयोजकको अनुमान छ ।
एक्स्पोको मूख्य आकर्षनकोरूपमा काठमाडौं–हेटौंडा सुरुङमार्गको प्रारुपको प्रस्तुती समेत गरिने छ । नेपाल पूर्वाधार विकास कम्पनीले सम्पूर्ण नेपालीको लगानीमा निर्माण गर्न थालेको उक्त बृहत पूर्वाधारका सम्बन्धमा सम्पूर्ण जानकारी समेत एक्स्पोबाट लिन सकिने छ । ‘हामी दर्शकहरूलाई नमुना टनेलबाट स्वागत गर्नेछौं,’ कम्पनीका सदस्य सचिव सुवासचन्द्र ठकुरीले भने । त्यस्तै, प्रदर्शनी अवधिभर एक्स्पोमा मण्डला थिएटरले व्यापार र लगानी विषयक नाटक समेत प्रदर्शनी गर्ने छ ।
एक्स्पोको अवसरमा वित्तीय, व्यवसायिक एवम् नियमन क्षेत्रका विज्ञ, विश्लेषक तथा प्रमुख लगानीकर्ताहरूको सहभागीतामा विभिन्न किसिमका गोष्ठि तथा छलफल कार्यक्रम समेत गरिने भएको छ । त्यस्तै, कला, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्रा, व्यापार लगानी सम्बन्धी वित्तचित्रहरुलगायतको प्रदर्शनी समेत गरिने आयोजकले बताएको छ । यस एक्स्पो नेपालकै एक विशिष्ट तथा मौलिक प्रदर्शनी हुने आयोजकको दाबी छ । मनि एक्स्पोको मुख्य प्रयोजक नेपाल डेरिभेटिभ एक्स्चेञ्ज लिमिटेड (एण्डेक्स) रहेको छ भने कन्फरेन्स पार्टर केएफए विजनेश स्कुल रहेको छ ।
- तीन दिनमा ३ लाखले अवलोकन गर्ने अनुमान
- गोष्ठि, प्रदर्शनी र नाटक आकार्षण

Comments
Post a Comment