Skip to main content

Posts

Showing posts from August, 2012
एण्डेक्स मनि एक्स्पो आजदेखि तीन दिनमा ३ लाखले अवलोकन गर्ने अनुमान गोष्ठि, प्रदर्शनी र नाटक आकार्षण भदौ १४, काठमाडौं । आर्थिक अभियान दैनिकको प्रस्तुति रहेको ‘एण्डेक्स मनि एक्स्पो–२०१२’ शुक्रवारदेखि शुरू हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसवर्षकै सवैभन्दा ठूलो वित्तीय तथा लगानी मेला भनिएको एक्स्पोलाई आर्थिक अभियान दैनिक तथा ज्याम्ब टेक्नोलजिज प्रालिले माइण्डस् नेपाल प्रालि र मर्निङस्टार इन्भेष्टमेण्ट प्रालिको सहयोगमा आयोजना गरेका हुन् । एक्स्पोले लगानीका अवसरहरूको पहिचान, प्रबद्र्धन तथा सम्पत्ती सुरक्षाका रणनीतिहरू अवलम्वन गर्न लगानीकर्ताहरूलाई अद्धितीय अवसर दिने आयोजको दाबी छ । एक्स्पो तीन दिनसम्म सञ्चालन हुने छ । ‘मनि एक्स्पो–२०११’को निरन्तरता तथा विकसितरूप भनिएको एक्स्पोमा नियामक संस्था, स्टक एक्स्चेञ्ज, कमोडिटी एक्स्चेञ्ज, बैङ्क तथा वित्तीय संस्था, रेमिट्यान्स, डिपोजिटरीज तथा क्लियरिङ हाउस, पोर्टफोलियो व्यवस्थापन कम्पनी, सहकारीलगायत विभिन्न सङ्घसंस्थाका १ सय ओटा भन्दा स्टल रहने जानकारी ...
घरेलु तथा साना उद्योगमा साढे ११ अर्ब लगानीको प्रस्ताव कृष्ण रिजाल भदौ १३, काठमाडौं । आर्थिक वर्ष २०६८र६९ मा नेपालमा घरेलु तथा साना उद्योगमा प्रस्तावित लगानी करीब रू। ११ अर्ब ४३ करोड ३० लाख भएको छ । घरेलु तथा साना उद्योग विभाग तथा घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योगले उक्त परिमाणमा लगानीको प्रस्ताव गरेका हुन् । यो लगानी प्रस्ताव अघिल्लो आवको भन्दा करीब ३ अर्ब रुपैयाँले कम हो । उचित औद्योगिक वातावरणको अभावले उद्योग दर्ता तथा लगानीको प्रस्तावमा कमी आएको घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष सुरेश प्रधान बताउँछन् । ‘सुरक्षा, विद्युत्, पूँजी तथा जनशक्ति अभावका कारण औद्योगिक वातावरण खुम्चिँदै गएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा औद्योगिक क्षेत्रमा उल्लेखनीय लगानी आउने सम्भावना न्यून हुन्छ ।’ समीक्षा वर्षमा विभाग र समितिमा गरी कुल १४ हजार ४ सय ६६ ओटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यो सङ्ख्या पनि अघिल्लो आवको भन्दा १ सय ५२ ओटाले कम हो । युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै जाँदा घरेलु तथा साना उद्योगमा लगानी घटेको महासङ्घको भनाइ छ । ‘एकातिर लाखौं युवा वि...