सीजी आयुर्वेदिक औषधिको परिक्षण उत्पादन अर्को साताबाट शुरू
कृष्ण रिजाल
साउन ७, काठमाडौं । सीजी आयुर्वेदिक नेपाल प्रालिले आगामी साताबाट परिक्षण उत्पादन शुरू गर्ने भएको छ । सम्पूर्ण भौतिक पूर्वाधारको तयार तथा मेशनरी जडान भइसकेको जानकारी दिदै कम्पनीले आगामी साताबाट परिक्षण उत्पादन शुरू गर्ने बताएको छ । ‘अर्को साताबाट परिक्षण उत्पादन शुरू गरी दुई महीनाभित्रै उत्पादन बजारमा लाने योजना बनाएका छौं,’ कम्पनीका एक प्रतिनिधिले अभियानसँग भने । कम्पनीले चक्की, झोल र मलहम गरी विभिन्न १६ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने छ ।
व्यापारिक तथा औद्योगिक घरना चौधरी ग्रूपद्वार प्रवद्र्धित सीजी आयुर्वेदिकले ६ महीनाअघिदेखिनै उत्पादनको प्रक्रिया अघि बढाएको थियो । तर, औषधि व्यवस्था विभाग, उद्योग विभागलगायत विभिन्न सरकारी निकायहरूमा दर्ता प्रक्रिया ढिला भएकाले उत्पादनमा केही ढिलाइ भएको उनले बताए । कुल १० करोड लगानीमा स्थापित उद्योगले आफ्नो उत्पादनलाई शुरूको एक वर्ष स्वदेशमै विक्री गर्ने र दोस्रोवर्षदेखि तेस्रो मुलुकमा निर्यात गर्ने योजना बनाएको छ । ‘मूलत हाम्रो उत्पादन नेपाली बजारमै विक्री गर्ने छौं,’ उनले भने, ‘तर, उत्पादनलाई बढाएर दोस्रोवर्षदेखि तेस्रो बजारमा समेत पु¥याउने छौं ।’ उद्योगको स्थितर लगानी ४ करोड तथा चालु लगानी ५ करोड रहेको छ । नवलपरासीको दिव्यश्वरी–७ मा स्थापित उद्योगमा १ जना विदेशी विशेषज्ञसहित ५८ जनाले रोजगारी पाउनेछन् । उद्योगले ६० प्रतिशत नेपलकै र बाँकी ४० प्रतिशत आयातित कच्चा पदार्थ प्रयोग गर्ने भएको छ ।
चाउचाउ, स्न्याक्स, खाद्यन्न, जुस, वियर, इलेक्ट्रोनिक्स, विउलगायत उत्पादनमा अग्रणी चौद्यारी ग्रूपले अब आयुर्वेदिक औषधिमा हात हालेको छ । नेपाली बजारमा आयुर्वेदिक औषधिको माग अत्याधिक रहेकाले सीजीले यस क्षेत्रमा हात हालेको उनले बताए । ‘केहीवर्षभित्रै आयुर्वेदिक औषधिको बजारमा आफुलाई स्थापित गराई आयात समेत विस्थापन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने । ग्राहकको माग र बजारको प्रतिक्रियाअनुसार लगानी तथा उत्पादनलाई बढाउँदै लैजाने उनले जानकारी दिए ।

Comments
Post a Comment