आरती स्ट्रिप्सको सबा १ अर्ब थप लगानी
कृष्ण रिजाल
असार ९, काठमाडौं । विराटनगरमा कारखाना रहेको आरती स्ट्रिप्सले दुई महीनाभित्रै रङ्गीन जस्तापाता बजारमा ल्याउने भएको छ । यसका लागि थप १ अर्ब २० करोड रुपैयाँको लगानीमा नयाँ प्लाण्ट जडान गरिसकेको सहायक महाप्रबन्धक दिव्य सापकोटाले जानकरी दिए । ‘रङ्गीन जस्तापाता उत्पादनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसेको छ,’ उनले भने, ‘ढिलोमा दुई महीनाभित्रै नयाँ उत्पादन बजारमा आइसक्छ ।’
हाल उद्योगले वार्षिक १ लाख ९५ हजार टन सादा जस्तापाता उत्पादन गर्दै आएको छ । जडान गरिएको नयाँ प्लाण्टबाट वार्षिक ५० हजार टन रङ्गीन जस्तापाता उत्पादन गरिने सापकोटाले बताए । आरती स्ट्रिप्स नेपालबाट ठूलो परिमाणमा जस्तापाता निर्यात गर्ने एकमात्र नेपाली उद्योग हो । उद्योगले आफ्नो उत्पादनको ७० प्रतिशत जस्तापाता भारत निर्यात गर्दै आएको छ । ‘रङ्गीन जस्तापाता पनि ७० प्रतिशत भारत निर्यात गर्ने र बाकी ३० प्रतिशत नेपालमै विक्री गर्ने योजना बनाएका छौं,’ उनले भने । आरतीमा अहिले ७ अर्ब लगानी पुगिसकेको उनले बताए ।
नेपालमा अहिले आरती, हुलास, भगवती र राजेश गरी ४ ओटा जस्तापाता उद्योग सञ्चालनमा छन् । यसमध्ये हुलासले मात्रै रङ्गीन जस्तापाता उत्पादन गर्दै आएको छ । ‘हामी रङ्गीन जस्तापाता उत्पादन गर्ने दोस्रो नेपाली उद्योग हुने छौं,’ सापकोटाले भने । हाल नेपालमा रङ्गीन र सादा गरी दुई प्रकारका जस्तापाता उत्पादन हुँदै आएको छ । यसमध्ये सादा जस्तापाताको माग बढी हुने गरेको भएपनि केही वर्षदेखि रङ्गीन जस्तापाताको माग पनि बढ्दै गएको छ । ग्राहककै मागअनुसार आफ्नो उत्पादनमा विविधता ल्याउने तयारी गरेको उनले बताए ।

Comments
Post a Comment