६ महीनादेखि पेटेण्ट दर्ताको लागि निवेदन परेन
कृष्ण रिजाल
असार २१, काठमाडौं । ६ महीनायता पेटेण्ट दर्ताका लागि उद्योग विभागमा निवेदन परेको छैन । सन् २०११मा ४१ ओटा पेटेण्ट दर्ता भएको थियो । तर, यसवर्ष भने सोका लागि अहिलेसम्म निवेदन नै नपरेको उद्योग विभागले जानकारी दिएको छ । ‘दुईवर्ष पछि गतवर्ष पेटेण्ट दर्ताका लागि उल्लेखीय निवेदन परेको थियो,’ उद्योग विभागका प्रबक्ता रामशरण चिमोरियाले अभियानसँग भने, ‘तर, त्यसले निरन्तरता पाउन भने सकेन ।’ नीजि क्षेत्रले यससम्बन्धी चेतना अधिवृद्धिका लागि उल्लेखनीय पहल नगरेकै कारण पेटेण्ट दर्तामा उद्योगी व्यवसायिले चासो नदेखाएको उनको आरोप छ ।
तर, नेपाल उद्योग वाणिज्य महासङघको उद्योग समितिका अध्यक्ष दिनेश श्रेष्ठले भने पेटेण्ट दर्ताको प्रभाव कम देखिएकाले यसप्रति उद्योगी व्यवसायीले चासो नदेखाएको हुनसक्ने बताए । ‘अहिले पनि एकै प्रकारका कम्पनीहरूलाई उस्तै देखिने नाम, डिजाइन वा टे«ड मार्क दिइएको देखिन्छ,’ श्रेष्ठले भने, ‘यसो हुँदा अविष्कार गर्ने वा पहिले दर्ता गर्ने उद्योगहरू समस्यामा पर्छन जस्ले गर्दा सोको दर्ताप्रति उनीहरूको आकर्षण कम हुन्छ ।’ पेटेण्ट, डिजाइन तथा टे«डमार्क दर्ता सम्बन्धी परेका उजुरी उपर समयमै कारबाही नहुँदा तथा भएका कानुनको उचित कार्यन्वयनको अभावमा सोको दर्ताको प्रभाव कम देखिएको उनको भनाई छ । ‘वौद्धिक सम्पती अन्तर्गतको पेटेण्ट, डिजाइन तथा टे«डमार्कले उद्योग वा उत्पादनको ब्राण्डिङ समेत गर्ने हुँदा जुनसुकै उद्योगले पनि सोको दर्ता गर्न आवश्यक छ,’ श्रेष्ठले भने । उद्योग विभाग अन्तर्गत वौद्धिक सम्पती शाखालाई अझ व्यवस्थित बनाउनुपर्ने भन्दै श्रेष्ठले विभागसँग मिलेर महासङ्घले वौद्धिक सम्पती संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम गर्ने योजना बनाइरहेको बताए ।
त्यस्तै, औद्योगिक वातावरण नहँुदा मुलुकमा ठूलो परिमाणको लगानी नभित्रिएकाले पनि पेटेण्ट दर्ता नभएको हुनसक्ने विभागले बताएको छ । ‘केही कुराको अन्वेषण वा आविष्कार हुनका लागि पनि लगानीको वातावरण हुनुपर्छ,’ चिमोरियाले भने, ‘ठूला लगानीका उद्योग सञ्चालन न्यून छ भने साना उद्योगले पेटेण्ट, डिजाइन तथा टे«डमार्क दर्ताको लागि चासो देखाउँदैनन् ।’ वौद्धिक सम्पत्ती दर्ता ऐच्छिक भएकालो पनि यसमा उद्योगी व्यवसायीको आकर्षण कम भएको हो । विश्वबजारमा वौद्धिक सम्पत्ती संरक्षण तथा प्रबद्र्धनमा अधिक चासो राखिने गरेको भन्दै चिमोरियाले नेपाली उद्योगी व्यवसायिले समेत त्यसतर्फ ध्यानदिनुपर्ने बताए । उद्योग विभागले वौद्धिक सम्पत्ती सम्बन्धी चेतना अभिवृद्धिका लागि मुलुकका विभिन्न क्षेत्रमा वार्षिक पाँच ओटा कार्यक्रम गर्दै आएको जानकारी दिइएको छ । ‘यसपालि पनि हामीले धरान, कञ्चनपुरलगायत विभिन्न औद्योगिक क्षेत्रमा चेतना अभिवृद्धि कार्यक्रम ग¥यौं,’ चिमोरियाले भने । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत सङ्घसंस्थाले पनि वौद्धिक सम्पत्ती सम्बन्धी चेतना अभिवृद्धिका कार्यक्रमहरू ल्याउनुपर्ने उनको भनाई छ ।
‘पेटेण्ट’ भन्नाले कुनै पनि नयाँ सिद्धान्तद्वारा पत्ता लगाइएको उपयोगी आविष्कारमाथिको अधिकार हो । हालसम्म नेपालमा ६९ ओटा पेटेण्ट दर्ता भएका छन् । यसमध्ये ३६ ओटा विदेशी र ३३ ओटा स्वदेशी रहेका छन् । सन् २००९ र २०१० मा पेटेण्ट दर्ताका लागि कुनै निवेदन परेको देखिदैन । २०११ मा आएर केही निवेदन परेको थियो । तर, २०१२ को दोस्रो त्रैमासम्ममा पेटेण्ट दर्ताका लागि कुनै निवेदन नपरेको विभागको तथ्याङ्क छ ।
नेपालमा पेटेण्ट दर्ताको अवस्था
वर्ष सनमा् स्वदेशी विदेशी
निवेदन दर्ता निवेदन दर्ता
२००७ ११ २ ११ –
२००८ ३ ४ ३९ १
२००९ – – – –
२०१० – १ – –
२०११ ३५ २ ६ –
२०१२को जुनसम्म – – – –
स्रोत ः उद्योग विभाग

Comments
Post a Comment