पेट्रोलियम अन्वेषणको जिम्मा यूएबीजी र बीबीबीलाई
कृष्ण रिजाल
असार २९, काठमाडौं । सरकारले बाकी तीन ओटा ब्लकमा पेट्रोलियम अन्वेषणका लागि यूएईको यूएबीजी र अमेरिकाको बीबीबी च्याम्पियनलाई लाईसेन्स दिएको छ । हालै बसेको मन्त्रीपरिषदको वैठकले ब्लक नम्बर आठ जनकपुर र नौ राजविरावमा पेट्रोलियम अन्वेषण गर्न यूएबीजीलाई र ब्लक नम्बर दश विराटनगरका लागि बीबीबीलाई स्वीकृति दिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले अभियानलाई बताए । ‘दुवै कम्पनीसँग गत साता सम्झौता गरेका हौं,’ महतोले भने, ‘उनीहरूले एक महीनाभित्रमा काम थाल्ने छन् ।’
सरकारले गत मार्चमा अन्तरराष्ट्रिय बोलपत्रमार्फत पेट्रोलियम अन्वेषणका लागि टेण्डर आव्हान गरेको थियो । सो टेण्डर उपर ईएबीजी र बीबीबी च्याम्पियनको साथमा चीनको हाइटेक क्यापिटलले पनि अन्वेषणका लागि प्रस्ताव गरेको थियो । तर, चीनीया कम्पनी हाइटेकको स्रोत साधान तथा विज्ञता कम देखिएकाले उसलाई अन्वेषणको अनुमति नदिइएको विभागले जानकारी दिएको छ । अन्वेषणको जिम्मा पाएका कम्पनीहरूलाई कार्यतालिका पेस गर्न २ महीनाको म्याद दिइएको छ । ‘दुवै कम्पनीसँग ४÷४ वर्षका लागि सम्झौता भएको छ,’ महतोले भने, ‘उनीहरूले राम्रो काम गरेमा थप दुईपटक २÷२ वर्ष समय थपिदिएर अन्वेषणका लागि कुल ८÷८ वर्षको समयावधि दिनेछौं ।’
सरकारले बोलपत्र आव्हान गरेको छोटो समयमै तीनै ओटा कम्पनीले अन्वेषणका लागि प्रस्ताव गरेका थिए । विभागले ती प्रस्तावाउपर अध्यन गरी कानुन र अर्थमन्त्रालयसँग छलफल गरी स्वीकृतिका लागि गत साता मन्त्रीपरिषदमा पठाएको थियो । ‘हामीले नै गरेको प्रस्तावअनुसार मन्त्रीपरिषदले बीबीए र इएबीजीलाई अन्वेषणको जिम्मा दिएको हो,’ उनले भने । भौगोलिक बनावटको आधारमा नेपालमा पेट्रोलियम खानीको सम्भावना रहेको भन्दै ती कम्पनीले अन्वेषणका लागि इच्छा देखाएको विभागका परियोजना प्रमुख राजेन्द्र प्रसाद खनालले बताए ।
‘अन्य मुलुकका कम्पनीहरूले समेत अन्वेषणका लागि इच्छा देखाएका थिए,’ उनले भने, ‘तर टेण्डर अवधि सकिइसकेकाले उनीहरूलाई सहभागी गराएनौं ।’ बीबीबी र यूएबीजीले कर्यातालिका पेश गरेपछि विभागले पनि अनुगमण तयार हुन उनले बताए ।
यसअघि सातओटा ब्लकको अन्वेषणको जिम्मा पाएका दुई विदेशी कम्पनीले भने लाईसेन्स लिएको एक दशकभन्दा पनि बढी समय पुगीसक्दा समेत काम अघि बढाएका छैनन् । बेलायती कम्पनी केयर्न इनर्जीले ब्लक नम्बर एक धनगढी, दुई कर्णाली, चार लुम्बिनी, छ विरगञ्ज र सात मलङ्गवा गरी पाँच ओटा ब्लकमा अन्वेषण गर्न सन् २००४ मै स्वीकृति लिएको थियो । त्यस्तै, अमेरिकी कम्पनी टेक्साना रिसोर्सेजले ब्लक नम्बर तीन नेपालगञ्ज तथा पाँच चितवनमा अन्वेषणका लागि सन् १९९८ मा स्वीकृति लिएको थियो । तर, केर्नले सन् २००५ देखि टेक्सानाले २००३ देखि काबु वाहिरको परिस्थिति भनी अन्वेषणको काम गरेको छैनन् । काम नथालेकै भएपनि अन्वेषणका लागि टेक्सानाको १३ महीना र केयर्नको ७ महीना अवधि रहेको छ । ‘परिस्थती सहज भयो भनेर काम शुरू नगरुञ्जेलसम्म ती कम्पनीको काम सकिसक्नुपर्ने अवधि १३ र ७ महीनाबाट नघट्ने सम्झौता छ,’ विभागका परियोजना प्रमुख राजेन्द्र प्रसाद खनालले भने, ‘त्यसैले उनीहरूको लाइसेन्स खारेजी गर्ने वा नगर्नेमा विभागनै अन्योलनमा परेको छ ।’

Comments
Post a Comment