Skip to main content
औद्योगिक नीतिको अक्षरस कार्यान्वयन गर्न माग
कृष्ण रिजाल
असार ६, काठमाडौं । औद्योगिक व्यवासय ऐन ल्याएर ‘औद्योगिक नीति–२०६७’को अक्षरस कार्यान्वयन गर्न उद्योगी व्यवसायिले माग गरेका छन् । उद्योग मन्त्रालयले नीतिमा भएका कतिपय व्यवस्था तथा सुविधाहरूलाई समेत कटौति गरेर ऐनको मस्यौंदा तयार पारिरहेको आरोप लगाउँदै उनीहरूले नीतिको अक्षरस कार्यान्वयन गर्न माग गरेका हुन् । ‘विश्वका कुनैपनि मुलुकमा सरकारले आफैले बनाएको नीतिसँग बाझिने गरी ऐन ल्याउने चलन छैन,’ नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी अध्यक्ष हरिभक्त शर्माले अभियानसँग भने । नेपाल सरकारले ‘औद्योगिक नीति–२०६७’लाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने गरी ऐन ल्याउने अपेक्षा निजि क्षेत्रको रहेको उनले बताए ।
सरकारले औद्योगिक व्यवासय ऐनलाई कुनै पनि ऐनले काट्न नसक्ने बनाउनु पर्ने शर्माको भनाई छ । औद्योगिक वातावरण झन्झन् विग्रदै गएको सुनाँउदै शर्माले मुलुकलाई उत्पादनमुखी बनाउन लगानी आकर्षण गर्न सक्ने ऐन ल्याउनुपर्ने उनको भनाई छ ।
सरकारले औद्योगिक व्यवसाय ऐनमा उद्योगको नभई मजदुरका अनावश्यक अधिकारलाई बढी प्रसय दिन खोजेको उद्योगीहरूको आरोप छ । त्यस्तै, ऐनको मस्यौंदामा ‘नो वर्क नो पे’लाई अङ्गिकार नगर्ने व्यवस्था गरिएको, निर्यातमूलक तथा रुग्न उद्योगलाई दिइने भनिएको सहुलियत तथा सुविधा समेत कटौती गर्न खोजिएको उनीहरूको आरोप छ । यसले मुलुकको औद्योगिक वातावारणलाई झन सङ्कटतर्फ लाने भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग समितिका उपसंयोजक शङ्कर श्रेष्ठले उद्योग व्यवसायिले दिएको  सुझावलाई सम्बोधन गर्ने किसिमको ऐन ल्याउनुपर्ने बताए । ‘उद्योग व्यवासय प्रबद्र्धनको लागि ‘नो वर्क नो पे’लाई अङ्गिकार गर्नुको विकल्प छैन,’ श्रेष्ठले भने । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड उद्योग भएकोले यसको संरक्षण तथा संवद्र्धन गर्नको लागि सरकारले सहुलियत तथा सुविधा दिन अन्कनाउन नहुने उनको भनाई छ ।
उता उद्योग विभागका निर्देशक रामशरण चिमोरियाले भने नीतिलाई समयसापेक्ष परिमार्जन गरी ऐनको मस्यौंदा तयार पारिएको बताए । उनले भने, ‘समय सापेक्ष नीतिलाई परिवर्तन गर्नै पर्छ तर, उद्योग व्यवसाय प्रबद्र्धनमा असर पर्ने गरी भने कुनै सुधिवा कटौती गरिएको छैन ।’
औद्योगिक वातावरण विग्रदै गएको अवस्थामा पनि ‘औद्योगि व्यवसाय ऐन’ ल्याउन ढिलो गरेर सरकारले मुलुकको  विकासलाई झन पर सारिरहेको नेपाल घरेलु तथा सना उद्योग महासङ्घकी अध्यक्ष लता प्याकुरेलको भनाई छ । पछिल्लो ५ वर्षमा झण्डै १ लाख १० हजार भन्दा बढी घरेलु तथा साना उद्योग बन्द भएको अवगत गराँउदै अध्यक्ष प्याकुरेलले सरकारले औद्योगिक व्यवासय ऐन चाडै ल्याउर औद्योगिक वातावरणको सिर्जना गर्नुपर्ने बताइन् । ‘औद्योगिक नीति–२०६७’ले दिएका सम्पूर्ण सुविधाहरूको अक्षरस कार्यान्वयन हुने गरी ऐन ल्याएमा नेपालको उद्योग क्षेत्रमा ठूलो लगानी बढ्ने उनको भनाई छ ।
सरकारले औद्योगिक व्यवसाय ऐन यही चालु आर्थिक वर्षभित्रै ल्याउने तयारी गरिएको छ । ‘औद्योगिक नीति २०६७’लाई कार्यन्वयन गर्न ल्याइने औद्योगिक व्यवसाय ऐनको ड्राफ्ट तयार भइसकेको उद्योग मन्त्रालयले जानकारी दिएको छ । ‘सवैपक्षसँग आवश्यक छलफल तथा अन्तरक्रिया गरी यसको ड्राफ्ट बनाइसकेका छौं,’ मन्त्रालयकी प्रबक्ता यामकुमारी खतिवडाले भनिन् । ड्राफ्टलाई अन्तिमरूप दिएर यही असारभित्रै मन्त्रीपरिषदमा पठाउने मन्त्रालयले तयारी गरेको उनले बताइन् । मुलुकका विभिन्न औद्योगिक क्षेत्र तथा सङ्घसंस्थाबाट सुझाव सङ्कलन गरी मस्यौंदा तयार पारिएको जानकारी दिदै खतिवडाले ऐन उद्योगमैत्री हुने दाबी गरिन् ।

Comments

Popular posts from this blog

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने   थप पौने ४ सयलाई रोजगारी कृष्ण रिजाल भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ । ‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने...
‘सेज कानून साउनभित्रै’ कृष्ण रिजाल साउन २०, काठमाडौं । उद्योगमन्त्री अनिलकुमार झाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी कानून साउनको अन्तिम सातासम्ममा ल्याउने बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले अध्यादेशमार्फत सो कानून ल्याउने बताएका हुन् । ‘सेजसम्बन्धी ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा करीब २ महीनाअघि नै पठाइसकेका छौं,’ मन्त्री झाले भने, ‘कानून मन्त्रालयले मस्यौदा फिर्ता दिएलगत्तै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गराएर अध्यादेश जारी गर्नेछौं ।’ कानून मन्त्रालयले यही साता उक्त मस्यौदा उद्योग मन्त्रालयमा फिर्ता पठाउने जानकारी कानूनका प्रवक्ता राजुमानसिंह मल्लले दिए । राष्ट्रपतिले अध्यादेशमार्फत देश चलाउँदा लोकतन्त्रको उपहास हुने बताइरहेका बेला मन्त्री झाले भने सो अध्यादेश ल्याएरै छाड्ने बताएका छन् । आर्थिक मुद्दासँग जोडिएको ऐन भएकाले यसमा कुनै दलले विरोध नगर्ने उनको दाबी छ । ‘सेजसम्बन्धी कानून ल्याउने कुरामा काङ्ग्रेस र एमाले पनि सकारात्मक छन् भने माओवादी त सरकारकै नेतृत्व गरिरहेको पार्टी हो,’ उनले भने, ‘समग्र अर्थतन्त्र विकासमा सरोकार राख्ने कानून भएक...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...
नेपाल ग्यास किन्न निम्बसले ऋण जुटायो कृष्ण रिजाल भदौ ३१, काठमाडौं । नेपाल ग्यास किन्न निम्बस होल्डिङ कम्पनीले ५७ करोड रुपैयाँ ऋण जुटाएको छ । ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा प्रभु फाइनान्स, प्राइम कमर्शियल बैङ्क र एनआईसी बैङ्क निम्बसलाई ऋण दिन सहमत भएका हुन् । यसमा ग्लोबलले रू। २७ करोड, प्रभुले रू। १२ करोड र प्राइमले रू। १८ करोड ऋण लगानी गर्न सैद्धान्तिक सहमति गरिसकेका छन् । एनआईसीले भने कति ऋण दिने भन्ने टुङ्गो लागिसकेको छैन । ऋण उपलब्ध गराउन सहमति जनाउने चारैओटा वित्तीय संस्थाले ग्यास प्लाण्टको अवलोकन गरिसकेका छन् । ‘ग्यास प्लाण्टको अवलोकन गर्ने कार्य आइतवारै सकिइसकेको छ,’ ऋण उपलब्ध गराउनेमध्येको एक बैङ्कका उच्च अधिकारीले अभियानलाई भने, ‘अबको तीन÷चार दिनमै यससम्बन्धी अन्तिम सहमति हुने छ ।’ ग्यास कम्पनी कित्र निम्बसलाई बैङ्कहरूले कर्पोरेट, ओभरड्राफ्ट र टर्म गरी छुट्टाछुट्टै किसिमका ऋण उपलब्ध गराउने सहमति गरेका छन् । यसअनुसार १० दशमलव ५ प्रतिशतदेखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । निम्बसलाई ऋण उपलब्ध गराउने प्रस्ताव प्राइम बैङ्कको सञ्चालक समितिमा आइनसकेको प्राइमका सञ्चालक ...