अर्थमन्त्रीलेनै सोधे ः बजेट आउछ कि आउदैन ?
असार २४, काठमाडौं । आइतवार मल्ल होटलमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन स्वयमले एक व्यक्तिलाई प्रश्न गरे ‘समयमै बजेट आउला त ?’ अर्थमन्त्री स्वयम्को उक्त प्रश्न भुइममा खस्न नपाउँदै कार्यक्रममा उपस्थित सवै गलल्ल्ल हासे । कार्यक्रममा उपस्थित एक व्यक्तिले आफु भविष्यवाणी गर्न सक्ने भएको परिचय दिएपछि मन्त्रीले उनलाई बजेट आउने सम्भावनाका बारेमा प्रश्न गरेका थिए । ती व्यक्तिले समयमै बजेट आउने सम्भावना ८० प्रतिशत कम रहेको भविष्यवाणी गरेपछि मन्त्री पुन फिस्स हासे । तत्काल उनले कुनै प्रतिक्रिया दिएनन् । कार्यक्रमको अन्तमा भने उनले दलीय सहमतीमा समयमै पूर्ण बजेट ल्याउने प्रयासमा आफु रहेको बताए ।
बजेटमा महीलाका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सो कार्यक्रममा अर्थमन्त्रीले ती व्यक्तिलाई गरेको उक्त प्रश्नले बजेटमा महिला सशक्तिकरणको मुद्दलाई सम्बोधन गरिनेमा मात्रै होइन समयमै पूर्ण बजेट आउने सम्भावना माथि अर्को प्रश्न चिन्ह खडा गरिदियो । तर, मन्त्री पुनले भने आगमी बजेटमा १९ प्रतिशत भन्दा बढी कार्यक्रम महीला लक्षित हुने बताए ।
पूर्ण बजेट नआए शान्ति प्रक्रिया र सेना समायोजनका साथै निर्वाचन समेत प्रभावित हुने उनले बताए ।

Comments
Post a Comment