वैशाख र जेठको उद्योगमा लगानी प्रस्ताव
विदेशी भन्दा स्वदेशी बढी
कृष्ण रिजाल
असार २०, काठमाडौं । यसवर्षको वैशाख र जेठ महीनामा मात्रै उद्योग क्षेत्रमा झण्डै ८ अर्ब ८० करोड रुपैयाँ बराबरको लागनी प्रस्ताव आएको छ । यसमध्ये ७ अर्ब ८० करोड रुपैयाँ बराबरको स्वदेशी लगानी र ९० करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । समिक्षा अवधिमा विदेशी भन्दा झण्डै ७ अर्ब रुपैयाँ बढी स्वदेशी लगानीको प्रस्ताव आएको उद्योग विभागका प्रबक्ता रामशरण तिमोरियाले अभियानलाई बताए । ‘स्वदेशी लगानी बढी हुनुमा कुनै विशेष कारण छैन,’ चिमोरियाले भने, ‘समिक्षा अवधिमा सेवामूलक उद्योगमा विदेशी लगानीको प्रस्ताव बढी आएकोले तुलनात्मकरूपमा लगानीको मात्रा स्वदेशीको बढी भएको हो ।’
तर, वैशाख र जेठमा स्वीकृत दिइएको उद्योगको सङ्ख्या भने विदेशी लगानीकै बढी रहेको छ । यसअवधिमा झण्डै ६३ ओटा उद्योगले सञ्चालनको स्वीकृति पाएका छन् । त्यसमध्ये ३९ ओटा विदेशी, २० ओटा स्वदेशी र ४ ओटा संयुक्त लगानीका रहेको विभागले बताएको छ । मुलुकमा अनुकुल औद्योगिक वातावरण बनाउन सकिएमा वैदेशिक लगानीका उद्योग अझ बढ्ने उनी बताउँछन् । सो अवधिमा सञ्चालनको स्वीकृति पाएकामध्ये ४२ ओटा सेवामूलक र २१ ओटा उत्पादनमूलक उद्योग भएको विभागको तथ्याङ्कमा उल्लेख छ । समिक्षा अवधिमा दर्ता भएका .मध्ये होटल तथा रेष्टुराँ र सफ्टवेयर डेभलपमेण्ट उद्योग बढी रहेका छन् । यसअवधिमा झण्डै १३ ओटा होटल तथा रेष्टुराँ र ८ ओटा सफ्टवेयर डेभलपमेण्ट उद्योगले सञ्चालनको स्वीकृति पाएका छन् । त्यस्तै, भाषा, कम्प्युटरलगायत विभिन्न तालिम प्रदायक सञ्चालनको लागि ११ ओटा सेवामूलक उद्योगले स्वीकृति पाएको विभागको तथ्याङ्क छ ।
चालुआवको जेठ र वैशाखमा दर्ता भएका उद्योग र लगानी
उद्योग सङ्ख्या लगानी (रू.मा)
स्वेदेशी २० ७ अर्ब ८० करोड
विदेशी ३९ ९० करोड
संयुक्त ४ १० करोड
स्रोत ः उद्योग विभाग

Comments
Post a Comment