Skip to main content

Posts

Showing posts from July, 2012
रसुवास्थित जस्ता तथा सिसा खानी यसैवर्षदेखि सञ्चालनमा आउँदै    उत्खनन्को जिम्मा निजी क्षेत्रलाई दिने तयारी कृष्ण रिजाल साउन ९, काठमाडौं । गणेश हिमाल क्षेत्रमा उपलब्ध उच्चस्तरीय जस्ता तथा शिशा खनिज धाउको उत्खनन तथा प्र्रशोधन यसैवर्षदेखि शुरू गरिने भएको छ । आवश्यक पूर्वाधारको विकास ६ वर्षअघिनै सम्पन्न भइसकेको सो खानी सञ्चालनको प्रक्रिया अघि बढाइएको हो । ‘अहिले खानी सञ्चालनको जिम्मा कसलाई दिने र प्रक्रिया कस्तो हुने भन्ने बारे छलफल भइरहेको छ,’ अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख खुमराज पुञ्जालीले भने, ‘आवश्यक प्रक्रिया पुरा भई यसैवर्षदेखि खानी सञ्चालनमा आउनेछ ।’ भारतको हैदरावादको विडला कम्पनीले २०२४ मा गरेको अन्वेषणाले त्यहाका दुई क्षेत्रमा खनिज रहेको देखाएको थियो । अन्वेषणले यी क्षेत्रमा ४ लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी उपलब्ध हुने देखाएको छ । यसमध्ये धाउबाट जस्ता ११ दशमलव २६ प्रतिशत, शिशा २ दशमलव ०४ प्रतिशत र चाँदी २८ ग्राम प्रतिटन प्रसोधन गर्न सकिने जानकारी दिइएको छ । नेपाल मेटल कम्पनीको साधारणसभा र सञ्चालक समितिको सिफारिसअनुसार २०६३ ...
सीजी आयुर्वेदिक औषधिको परिक्षण उत्पादन अर्को साताबाट शुरू कृष्ण रिजाल साउन ७, काठमाडौं । सीजी आयुर्वेदिक नेपाल प्रालिले आगामी साताबाट परिक्षण उत्पादन शुरू गर्ने भएको छ । सम्पूर्ण भौतिक पूर्वाधारको तयार तथा मेशनरी जडान भइसकेको जानकारी दिदै कम्पनीले आगामी साताबाट परिक्षण उत्पादन शुरू गर्ने बताएको छ । ‘अर्को साताबाट परिक्षण उत्पादन शुरू गरी दुई महीनाभित्रै उत्पादन बजारमा लाने योजना बनाएका छौं,’ कम्पनीका एक प्रतिनिधिले अभियानसँग भने । कम्पनीले चक्की, झोल र मलहम गरी विभिन्न १६ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने छ । व्यापारिक तथा औद्योगिक घरना चौधरी ग्रूपद्वार प्रवद्र्धित सीजी आयुर्वेदिकले ६ महीनाअघिदेखिनै उत्पादनको प्रक्रिया अघि बढाएको थियो । तर, औषधि व्यवस्था विभाग, उद्योग विभागलगायत विभिन्न सरकारी निकायहरूमा दर्ता प्रक्रिया ढिला भएकाले उत्पादनमा केही ढिलाइ भएको उनले बताए । कुल १० करोड लगानीमा स्थापित उद्योगले आफ्नो उत्पादनलाई शुरूको एक वर्ष स्वदेशमै विक्री गर्ने र दोस्रोवर्षदेखि तेस्रो मुलुकमा निर्यात गर्ने योजना बनाएको छ । ‘मूलत हाम्रो उत्पादन नेपाली बजारमै विक्री गर्ने छौं,’ उनले भ...
आईईई गर्ने उद्योग दोब्बरले बढे कृष्ण रिजाल साउन ३, काठमाडौं । प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) गर्ने उद्योगको सङ्ख्या शतप्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०६८÷६९ मा ४४ ओटा उद्योगले आईईई गरेका छन् । यो अघिल्लो आवको भन्दा २३ ओटाले बढी भएको उद्योग विभागको तथ्याङ्क छ । विद्यमान कानुनी मापदण्डमा रही उद्योग सञ्चालन गर्ने उद्योगीसँगै आईईई गर्नेको सङ्ख्या पनि बढेको उद्योग विभागका निर्देशक रामशरण चिमोरियाले अभियानलाई बताए । ‘हामीले प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनको अध्ययन गरेर मात्रै उद्योग सञ्चालनको स्वीकृति दिन्छौं,’ चिमोरियाले भने, ‘यसले गर्दा बढ्दो औद्योगीकरण हुँदा पनि वातावरणमा अधिक प्रतिकुल असर नपर्ने र उद्योगको स्थायीत्व पनि बढी हुने सम्भावना हुन्छ ।’ प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) भन्नाले कुनै पनि उद्योग स्थापना गर्दा सो उद्योगले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने तथा त्यस्तो प्रभावलाई कुनै उपायद्वारा हटाउन वा कम गर्न सकिने वा नसकिने सम्बन्धमा यकीन गर्न तयार गरिने विश्लेषणात्मक अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन हो । वातावरण संरक्षण ऐन, २०५३ अनुसार कुनै...
औद्योगिक क्षेत्रको भाडा ८ सय प्रतिशतले वृद्धि गरिदै कृष्ण रिजाल साउन ४, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गा र घरको भाडा बढाउने तयारी गरेको छ । आगामी दुई महीनाभित्रैबाट लागु हुने गरी ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा बढाउने तयारी गरिएको लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले अभियानलाई बताए । ‘औद्योगिक क्षेत्रको मर्मत सम्भार र सुविधा थपका लागि लिमिटेडसँग रकम नै छैन,’ उनले भने, ‘त्यसैले सवै औद्योगिक क्षेत्रमा रहेका जग्गा तथा घरको भाडा छिट्टै लागु हुने गरी बढाउने तयारी गरेका हौं ।’ तीनवर्षअघिदेखि औद्योगिक क्षेत्रको भाडा स्थीर रहेकाले  सरकार तथा औद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालक समितिको सुझावअनुसारनै भाडा बढाउने तयारी गरिएको उनले बताए । तर, उद्योगीहरूले भने लिमिटेडले असंवैधानिक तवरले भाडा बढाउन लागेको आरोप लगाएका छन् । ‘हामीले भाडै नबढौं भनेको हैन तर, यसको पनि दायरा त हुन्छ नी,’ नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, ‘अव्यवहारिकरूपमा लिमिटेडले ७ सय देखि ९ सय प्रतिशतसम्म भाडा बढाउछ भने त्यसलाई उद्योगीहरूले स्वीका...
पाँच औद्योगिक क्षेत्र स्थापनाका लागि रू. १३ अर्ब प्रस्ताव कृष्ण रिजाल आसर २६, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पाँच ठाउमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारसँग प्रस्ताव गरेको छ । बुटवल, कञ्चनपुरको दैजी, दाङको करौती डाडा, नवपरासीको सुनवल र गोर्खामा औद्योगिक क्षेत्र स्थापनाको लागि सरकारसँग प्रस्ताव गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले अभियानलाई बताए । यसका लागि प्रस्तावित लगानी १३ अर्ब रहेको उनले बताए । ‘हामीले १ वर्षअघिनै पहिलो चरणको अध्यन पुरा गरी ती क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न सरकारलाई प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘अर्थ मन्त्रालयमार्फत पटक पटक औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गरिएको भएपनि सरकारले चासो देखाएको छैन ।’ अहिले रहेका १० ओटै औद्योगिक क्षेत्रका सम्पूर्ण जग्गा तथा भवन भाडामा गइसकेका छन् । ती क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि ठाउ छैन । तर, औद्योगिक क्षेत्रमा उद्योग स्थापनाको लागि दैनिक ५÷६ ओटा प्रस्ताव आउने गरेको लिमिटेडले जानकारी दिएको छ । ‘उद्योगीहरूले समेत औद्योगक क्षेत्र स्थपनाका लागि पटक पटक हा...
पेट्रोलियम अन्वेषणको जिम्मा यूएबीजी र बीबीबीलाई कृष्ण रिजाल असार २९, काठमाडौं । सरकारले बाकी तीन ओटा ब्लकमा पेट्रोलियम अन्वेषणका लागि यूएईको यूएबीजी र अमेरिकाको बीबीबी च्याम्पियनलाई लाईसेन्स दिएको छ । हालै बसेको मन्त्रीपरिषदको वैठकले ब्लक नम्बर आठ जनकपुर र नौ राजविरावमा पेट्रोलियम अन्वेषण गर्न यूएबीजीलाई  र ब्लक नम्बर दश विराटनगरका लागि बीबीबीलाई स्वीकृति दिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले अभियानलाई बताए । ‘दुवै कम्पनीसँग गत साता सम्झौता गरेका हौं,’ महतोले भने, ‘उनीहरूले एक महीनाभित्रमा काम थाल्ने छन् ।’ सरकारले गत मार्चमा अन्तरराष्ट्रिय बोलपत्रमार्फत पेट्रोलियम अन्वेषणका लागि टेण्डर आव्हान गरेको थियो । सो टेण्डर उपर ईएबीजी र बीबीबी च्याम्पियनको साथमा चीनको हाइटेक क्यापिटलले पनि अन्वेषणका लागि प्रस्ताव गरेको थियो । तर, चीनीया कम्पनी हाइटेकको स्रोत साधान तथा विज्ञता कम देखिएकाले उसलाई अन्वेषणको अनुमति नदिइएको विभागले जानकारी दिएको छ । अन्वेषणको जिम्मा पाएका कम्पनीहरूलाई कार्यतालिका पेस गर्न २ महीनाको म्याद दिइएको छ । ‘दुवै कम्पनीसँग ४÷४ वर्षका लागि स...
पेट्रोलियम अन्वेषणमा अमेरीकी, यूएई र चीनीया कम्पनीको प्रस्ताव कृष्ण रिजाल असार २५, काठमाडौं । नेपालमा पेट्रोलियम अन्वेषणका लागि तीन ओटा विदेशी कम्पनीले प्रस्ताव गरेका छन् । सरकारले गत मार्चमा अन्तरराष्ट्रिय बोलपत्रमार्फत पेट्रोलियम अन्वेषणका लागि टेण्डर आव्हान गरेको थियो । सो टेण्डर उपर चीनको हाइटेक क्यापिटल, यूएईको ईएडीजी र अमेरिकाको बीबीबी च्याम्पियन कम्पनीले पेट्रोलियम अन्वेषणका लागि प्रस्ताव गरेको खानी तथा भुगर्भ विभागका महानिर्देशक सर्वोजित महतोले जानकारी दिए । ‘बोलपत्र आव्हान गरेको छोटो समयमै तीनै ओटा कम्पनीले अन्वेषणका लागि प्रस्ताव गरेका थिए,’ महानिर्देशक महतोले भने, ‘ती प्रस्तावाउपर छलफल गरी स्वीकृतिका लागि चाडै मन्त्रीपरिषदमा पठाउने तयारी गरेका छौं ।’ सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि वाँकी तीन ओटा ब्लकका लागि ६ महीनाभित्र प्रस्ताव आईसक्नुपर्ने गरी बोलपत्र आव्हान गरेको थियो  । ‘हामीले ब्लक नम्बर आठ जनकपुर, नौ राजविराव र दश विराटनगरमा अन्वेषण गर्न  बोलपत्र आव्हान गरेका थियौं,’ महतोले भने, ‘परेका प्रस्ताव गर्नेमध्येबाट दुई ओटा वा तीनै ओटा कम्पनीलाई बाकी ब्लकको...
६ महीनादेखि पेटेण्ट दर्ताको लागि निवेदन परेन कृष्ण रिजाल असार २१, काठमाडौं । ६ महीनायता पेटेण्ट दर्ताका लागि उद्योग विभागमा निवेदन परेको छैन । सन् २०११मा ४१ ओटा पेटेण्ट दर्ता भएको थियो । तर, यसवर्ष भने सोका लागि अहिलेसम्म निवेदन नै  नपरेको उद्योग विभागले जानकारी दिएको छ । ‘दुईवर्ष पछि गतवर्ष पेटेण्ट दर्ताका लागि उल्लेखीय निवेदन परेको थियो,’ उद्योग विभागका प्रबक्ता रामशरण चिमोरियाले अभियानसँग भने, ‘तर, त्यसले निरन्तरता पाउन भने सकेन ।’ नीजि क्षेत्रले यससम्बन्धी चेतना अधिवृद्धिका लागि उल्लेखनीय पहल नगरेकै कारण पेटेण्ट दर्तामा उद्योगी व्यवसायिले चासो नदेखाएको उनको आरोप छ । तर, नेपाल उद्योग वाणिज्य महासङघको उद्योग समितिका अध्यक्ष दिनेश श्रेष्ठले भने पेटेण्ट दर्ताको प्रभाव कम देखिएकाले यसप्रति उद्योगी व्यवसायीले चासो नदेखाएको हुनसक्ने बताए ।  ‘अहिले पनि एकै प्रकारका कम्पनीहरूलाई उस्तै देखिने नाम, डिजाइन वा टे«ड मार्क दिइएको देखिन्छ,’ श्रेष्ठले भने, ‘यसो हुँदा अविष्कार गर्ने वा पहिले दर्ता गर्ने उद्योगहरू समस्यामा पर्छन जस्ले गर्दा सोको दर्ताप्रति उनीहरूको आकर्षण कम हुन्छ ।’ पेटेण्...
अर्थमन्त्रीलेनै सोधे ः बजेट आउछ कि आउदैन ? असार २४, काठमाडौं । आइतवार मल्ल होटलमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन स्वयमले एक व्यक्तिलाई प्रश्न गरे ‘समयमै बजेट आउला त ?’ अर्थमन्त्री स्वयम्को उक्त प्रश्न भुइममा खस्न नपाउँदै कार्यक्रममा उपस्थित सवै गलल्ल्ल हासे । कार्यक्रममा उपस्थित एक व्यक्तिले आफु भविष्यवाणी गर्न सक्ने भएको परिचय दिएपछि मन्त्रीले उनलाई बजेट आउने सम्भावनाका बारेमा प्रश्न गरेका थिए । ती व्यक्तिले समयमै बजेट आउने सम्भावना ८० प्रतिशत कम रहेको भविष्यवाणी गरेपछि मन्त्री पुन फिस्स हासे ।  तत्काल उनले कुनै प्रतिक्रिया दिएनन् । कार्यक्रमको अन्तमा भने उनले दलीय सहमतीमा समयमै पूर्ण बजेट ल्याउने प्रयासमा आफु रहेको बताए । बजेटमा महीलाका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सो कार्यक्रममा अर्थमन्त्रीले ती व्यक्तिलाई गरेको उक्त प्रश्नले बजेटमा महिला सशक्तिकरणको मुद्दलाई सम्बोधन गरिनेमा मात्रै होइन समयमै पूर्ण बजेट आउने सम्भावना माथि अर्को प्रश्न चिन्ह खडा गरिदियो ।  तर, मन्त्री पुनले भने आगमी बजेटमा १९ प्रतिशत भन्दा बढी कार...
जीडीपीमा औद्योगिक उत्पादनको योगदान वृद्धिदर घट्ने उत्पादन वृद्धिका लागि कोष र ऐन ल्याउन सुझाव कृष्ण रिजाल असार २३, काठमाडौं । चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा औद्योगिक उत्पादन क्षेत्रको योगदान वृद्धिदर घट्ने देखिएको छ । चालुवर्षको जीडीपीमा उत्पादनको योगदान १ दशमलव २८ प्रीतशतले मात्रै वृद्धि भई १५ दशमलव १९ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपन गरेको छ । आर्थिक वर्ष २०६७÷६८को जीडीपीमा औद्योगिक उत्पादनको योगदान १५ प्रतिशत रहेको थियो । यो अघिल्लो आवको तुलनामा २ दशमलव २९ प्रतिशतले बढी भएको विभागको तथ्याङ्क छ । औद्योगिक उत्पादन सूचकाङ्क अनुसार फेब्रीक, लेदर, सिन्थेटिक आदिबाट बनेका पहिरनहरू र प्लाइउड, कपडा तथा डेरी आदिको उत्पादनमा आएको ह्रासले यस क्षेत्रको बृद्धिदर न्यून देखिएको विभागका निर्देशक जिस्नुमोहन भट्टराईले बताए । ‘पछिल्लो सात महिनाको सुचाङ्कमा आधारित भई हामीले यो प्रक्षेपन गरेका हौं,’ उनले भने, ‘तर, जीडीपीमा उद्योगतर्फको उत्पादनको योगदान अझ बढ्न पनि सक्छ ।’ जीडीपीमा औद्योगिक उत्पादनको योगदान वृद्धिदर घट्ने विभागको प्रक्ष्येपनसँग सहमती राख्दै उद्योगी...
आरती स्ट्रिप्सको सबा १ अर्ब थप लगानी  कृष्ण रिजाल असार ९, काठमाडौं । विराटनगरमा कारखाना रहेको आरती स्ट्रिप्सले दुई महीनाभित्रै रङ्गीन जस्तापाता बजारमा ल्याउने भएको छ । यसका लागि थप १ अर्ब २० करोड रुपैयाँको लगानीमा नयाँ प्लाण्ट जडान गरिसकेको  सहायक महाप्रबन्धक दिव्य सापकोटाले जानकरी दिए । ‘रङ्गीन जस्तापाता उत्पादनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसेको छ,’ उनले भने, ‘ढिलोमा दुई महीनाभित्रै नयाँ उत्पादन बजारमा आइसक्छ ।’ हाल उद्योगले वार्षिक १ लाख ९५ हजार टन सादा जस्तापाता उत्पादन गर्दै आएको छ । जडान गरिएको नयाँ प्लाण्टबाट वार्षिक ५० हजार टन रङ्गीन जस्तापाता उत्पादन गरिने सापकोटाले बताए । आरती स्ट्रिप्स नेपालबाट ठूलो परिमाणमा जस्तापाता निर्यात गर्ने  एकमात्र नेपाली उद्योग हो । उद्योगले आफ्नो उत्पादनको ७० प्रतिशत जस्तापाता भारत निर्यात गर्दै आएको छ । ‘रङ्गीन जस्तापाता पनि ७० प्रतिशत भारत निर्यात गर्ने र बाकी ३० प्रतिशत नेपालमै विक्री गर्ने योजना बनाएका छौं,’ उनले भने । आरतीमा अहिले ७ अर्ब लगानी पुगिसकेको उनले बताए । नेपालमा अहिले आरती, हुलास, भगवती र राजेश गरी ४ ओटा जस्ता...
वैशाख र जेठको उद्योगमा लगानी प्रस्ताव विदेशी भन्दा स्वदेशी बढी कृष्ण रिजाल असार २०, काठमाडौं । यसवर्षको वैशाख र जेठ महीनामा मात्रै उद्योग क्षेत्रमा झण्डै ८ अर्ब ८० करोड रुपैयाँ बराबरको लागनी प्रस्ताव आएको छ । यसमध्ये  ७ अर्ब ८० करोड रुपैयाँ बराबरको स्वदेशी लगानी र ९० करोड रुपैयाँ बराबरको  विदेशी लगानीको प्रस्ताव आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । समिक्षा अवधिमा विदेशी भन्दा झण्डै ७ अर्ब रुपैयाँ बढी स्वदेशी लगानीको प्रस्ताव आएको उद्योग विभागका प्रबक्ता रामशरण तिमोरियाले अभियानलाई बताए । ‘स्वदेशी लगानी बढी हुनुमा कुनै विशेष कारण छैन,’ चिमोरियाले भने, ‘समिक्षा अवधिमा सेवामूलक उद्योगमा विदेशी लगानीको प्रस्ताव बढी आएकोले तुलनात्मकरूपमा लगानीको मात्रा स्वदेशीको बढी भएको हो ।’ तर, वैशाख र जेठमा स्वीकृत दिइएको उद्योगको सङ्ख्या भने विदेशी लगानीकै बढी रहेको छ । यसअवधिमा झण्डै ६३ ओटा उद्योगले सञ्चालनको स्वीकृति पाएका छन् । त्यसमध्ये ३९ ओटा विदेशी, २० ओटा स्वदेशी र ४ ओटा संयुक्त लगानीका रहेको विभागले बताएको छ । मुलुकमा अनुकुल औद्योगिक वातावरण बनाउन सकिएमा वैदेशिक लगानीका उद्योग अझ...
औद्योगिक क्षेत्रका सम्पूर्ण घर तथा भवन विक्री गरिँदै कृष्ण रिजाल असार १८, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो मातहतका सम्पूर्ण घर तथा भवनहरू विक्री गर्ने भएको छ । नेपाल भर रहेका १० ओटा औद्योगिक क्षेत्रका १ सय ९५ ओटै घर तथा भवनहरू उद्योगी व्यवसायिहरूलाई विक्री गर्ने तयारी गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले बताए । ‘औद्योगिक क्षेत्रभित्र रहेका अधिकांश घर तथा भवनहरू जिर्ण भइसकेका छन्,’ उनले भने, ‘यसको मर्मत सम्भारका लागि लिमिटेडसँग रकम नभएका कारण विक्री गर्ने तयारी गरेका हौं ।’ घर तथा भवन विक्रीको स्वीकृतिका लागि ओद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालक समितिमार्फत सरकारलाई चाडै प्रस्ताव गरिने उनले जानकारी दिए । लिमिटेडले औद्यागिक क्षेत्रमा रहेका घर तथा भवन हाल भाडामा लिएर सञ्चालन गरिरहेका उद्योगी व्यवसायिलाई नै विक्री गर्ने योजना बनाएको छ । तर, जग्गा चाही विक्री नगरिने भएको जानकारी दिइएको छ । ‘अहिले घर तथा जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायिलाई जग्गा चाही भाडामा दिने र घर चाही विक्री गर्ने हाम्रो योजना हो,’ महाप...
औद्योगिक नीतिको अक्षरस कार्यान्वयन गर्न माग कृष्ण रिजाल असार ६, काठमाडौं । औद्योगिक व्यवासय ऐन ल्याएर ‘औद्योगिक नीति–२०६७’को अक्षरस कार्यान्वयन गर्न उद्योगी व्यवसायिले माग गरेका छन् । उद्योग मन्त्रालयले नीतिमा भएका कतिपय व्यवस्था तथा सुविधाहरूलाई समेत कटौति गरेर ऐनको मस्यौंदा तयार पारिरहेको आरोप लगाउँदै उनीहरूले नीतिको अक्षरस कार्यान्वयन गर्न माग गरेका हुन् । ‘विश्वका कुनैपनि मुलुकमा सरकारले आफैले बनाएको नीतिसँग बाझिने गरी ऐन ल्याउने चलन छैन,’ नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी अध्यक्ष हरिभक्त शर्माले अभियानसँग भने । नेपाल सरकारले ‘औद्योगिक नीति–२०६७’लाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने गरी ऐन ल्याउने अपेक्षा निजि क्षेत्रको रहेको उनले बताए । सरकारले औद्योगिक व्यवासय ऐनलाई कुनै पनि ऐनले काट्न नसक्ने बनाउनु पर्ने शर्माको भनाई छ । औद्योगिक वातावरण झन्झन् विग्रदै गएको सुनाँउदै शर्माले मुलुकलाई उत्पादनमुखी बनाउन लगानी आकर्षण गर्न सक्ने ऐन ल्याउनुपर्ने उनको भनाई छ । सरकारले औद्योगिक व्यवसाय ऐनमा उद्योगको नभई मजदुरका अनावश्यक अधिकारलाई बढी प्रसय दिन...