Skip to main content

ठूला कागज उद्योग बन्द हुने अवस्थामा

. यस्ता कागज उद्योगमा ४ अर्बको लगानी, १० हजार परिवा आश्रित
. झुरा कागजको निर्यात प्रतिवन्ध तथा भ्याट फिर्ता गर्नुपर्ने उद्योगीको भनाई

कृष्ण रिजाल
माघ २८, काठमाडौं । कच्चा पदार्थको अभाव, लोडसेडिङ, अस्वभाविक कर तथा चोरी पैठारीबाटा आएका कागजसँग  प्रतिस्पर्धा गर्नुपर्नेलगायत समस्याका कारण नेपालका कागज उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन् । ‘उल्लेखित समस्या झेल्न नसकेकर हामीले भृकुटी कागज कारखाना बन्द गरेका हौ,’ एक वर्षअघि बन्द भएको भृकुटी कागज कारखानका सञ्चालक दिवाकर गोल्छाले भने । यस्ता समस्याको समयमै सम्बोधन गर्न सकिएन भने भएका उद्योग पनि बन्द हुन सक्ने उनको धारण छ ।
हाल नेपालमा एभरेष्ट, रिलायन्स, बाबा, अरविन्द पल्प एण्ड पेपर,  एमकेलगायत ५ ठूला कागज उद्योग सञ्चालनमा छन् ।  करीब ४ अर्बको लगानी रहेको यी कागज उद्योगमा १० हजार परिवार आश्रित रहेको उद्योगीहरू बताउँछन् । यति ठूलो लगानी रहेका स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुग्दा पनि सरकार मुखदर्शक मात्र हुदै आएको एभरेष्ट पेपर मिल प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सराफले बताए । ‘स्वदेशी पेपर मिलहरू लामो समयदेखि घाटामा सञ्चालनरत छन्,’ उनले भने ‘विद्यमान समस्याको सामधानतर्फ सरकारले ध्यान नदिए उद्योग बन्द गर्नुको विकल्प हुँदैन ।’ तर,  सवै प्रकारका उद्योग संरक्षणका लागि उद्योग मन्त्रालय लागिपरेको बताँउदै मन्त्रालयकी प्रबक्ता याम कुमारी खतिवडाले भने कागज उद्योगीको समस्या सामधानका लागि पहल गर्ने बताइन् । त्यस्तै, उद्योग मन्त्रालयले अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी कागजको अवैधानिक निकासी तथा पैठारी रोक्ने प्रयासमा लागेको उनले जानकारी दिइन् ।
लेख्न तथा छाप्न सकिने कागज (प्रिण्टिङ एण्ड राइटिङ पेपर)को  कच्चा पदार्थकोरूपमा प्रयोग हुदै आएको झुरा कागजको भारततर्फ निकासी बढेको छ । त्यस्तै, अवैधानिक बाटो हुँदै नेपाल भित्रने तयारी कागजको मात्रामा पनि बढ्दै गएकाले स्वदेशी उद्योगहरू समस्यामा परेका हुन् । ‘स्वदेशी उद्योग संरक्षणको लागि सरकारले तत्कालै झुरा कागजको निर्यातमा प्रतिबन्ध लगाउनुका साथै भन्सार छलेर नेपाल भित्रने तयारी कागजलाई रोक्न तर्फ लाग्नुपर्छ,’ एमके पेपर मिल्सका कार्यकारी निर्देक तथा कागज कोठीका प्रमुख कार्यकारी अधिकृत  मनोहर दास मूलले भने ।
कागज उद्योगसँग सरकारले लगाउदै आएको १३ प्रतिशत भ्याट पनि अस्वभाविक भएको सम्बन्धीत उद्योगीहरूको भनाई छ । भारतलगायत विश्वका अधिकांश मुलुकमा कागज उद्योगलाई  भ्याट लगाइदैन । नेपाल सरकारले पनि पुस्तकको आयातमा भने भन्सार छुट गराएको छ । त्यस्तैले स्वदेशी पुस्तक प्रकाशकहरूले पनि भारतमा गएर पुस्तक छपाउने गरेको उद्योगीहरूले बताए । भारतमा पुस्तक छपाएर नेपाल ल्याउदा नेपालको भन्दा २० देखि ३० प्रतिशतसम्म लागत कम पर्ने भएकोले स्वदेशी पुस्तक प्रकाशकहरूले यस्तो बाटो अपनाउने गरेको एमके पेपरका कार्यकारी निर्देक मूलले बताए । यसले गर्दा नेपालको प्रिण्टिङ इण्डष्ट्रिज समेत समस्यामा पर्दै गएको उनको भनाई छ । सरकारले कागज उद्योगमा लगाउने भ्याट रिफण्ट गरिदिएमा लागत कम पर्ने हुँदा प्रकाशकहरूले नेपालकै कागज प्रयोग गर्ने उनको विश्वास छ । यसले समग्र नेपाली कागज तथा प्रिण्टिङ उद्योगलाईनै राहत दिलाउने उद्योगीहरू बताउँछन् ।
नेपालमा वार्षिक ६० हजार टन लेख्ने तथा छाप्ने कागज खपत हुने गरेको छ । यसमध्ये ३० हजार टन मात्र स्वदेशी उद्योगबाट  उत्पादन हुँदै आएको छ । बाकी ३० हजार टन मध्ये ८० प्रतिशत कागज भारतबाट अवैधरूपमा नेपाल भित्रने गरेको उद्योगीहरू बताउँछन् । त्यस्तै, भन्सार कार्यलयले कम मूल्याङ्कन गरेर बढी मूल्य बराबरका कागज नेपाल पास गराइरहेको उद्योगीहरूको आरोप छ । कम मूल्याङ्कन भई सामग्री पास भएको गुणासो बेलाबखत आउने गरेकोले भन्सार विभागले मूल्याङकन शाखा स्थापना गरी त्यसको न्यूनिकरणतर्फ लागेको बताएको छ । यसरी कम मूल्याङ्कन भई सामग्री पास भएको पाइएमा शाखाले सामग्री भित्र्याउनलेलाई उक्त मूल्यको २ सय प्रतिशत जरीवाना र कर्मचारीलाई विभागीय कार्वाही गर्ने गरेको विभागका निर्देशक स्याम प्रसाद दाहालले बताए ।

Comments

Popular posts from this blog

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने   थप पौने ४ सयलाई रोजगारी कृष्ण रिजाल भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ । ‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने...
‘सेज कानून साउनभित्रै’ कृष्ण रिजाल साउन २०, काठमाडौं । उद्योगमन्त्री अनिलकुमार झाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी कानून साउनको अन्तिम सातासम्ममा ल्याउने बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले अध्यादेशमार्फत सो कानून ल्याउने बताएका हुन् । ‘सेजसम्बन्धी ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा करीब २ महीनाअघि नै पठाइसकेका छौं,’ मन्त्री झाले भने, ‘कानून मन्त्रालयले मस्यौदा फिर्ता दिएलगत्तै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गराएर अध्यादेश जारी गर्नेछौं ।’ कानून मन्त्रालयले यही साता उक्त मस्यौदा उद्योग मन्त्रालयमा फिर्ता पठाउने जानकारी कानूनका प्रवक्ता राजुमानसिंह मल्लले दिए । राष्ट्रपतिले अध्यादेशमार्फत देश चलाउँदा लोकतन्त्रको उपहास हुने बताइरहेका बेला मन्त्री झाले भने सो अध्यादेश ल्याएरै छाड्ने बताएका छन् । आर्थिक मुद्दासँग जोडिएको ऐन भएकाले यसमा कुनै दलले विरोध नगर्ने उनको दाबी छ । ‘सेजसम्बन्धी कानून ल्याउने कुरामा काङ्ग्रेस र एमाले पनि सकारात्मक छन् भने माओवादी त सरकारकै नेतृत्व गरिरहेको पार्टी हो,’ उनले भने, ‘समग्र अर्थतन्त्र विकासमा सरोकार राख्ने कानून भएक...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...
नेपाल ग्यास किन्न निम्बसले ऋण जुटायो कृष्ण रिजाल भदौ ३१, काठमाडौं । नेपाल ग्यास किन्न निम्बस होल्डिङ कम्पनीले ५७ करोड रुपैयाँ ऋण जुटाएको छ । ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा प्रभु फाइनान्स, प्राइम कमर्शियल बैङ्क र एनआईसी बैङ्क निम्बसलाई ऋण दिन सहमत भएका हुन् । यसमा ग्लोबलले रू। २७ करोड, प्रभुले रू। १२ करोड र प्राइमले रू। १८ करोड ऋण लगानी गर्न सैद्धान्तिक सहमति गरिसकेका छन् । एनआईसीले भने कति ऋण दिने भन्ने टुङ्गो लागिसकेको छैन । ऋण उपलब्ध गराउन सहमति जनाउने चारैओटा वित्तीय संस्थाले ग्यास प्लाण्टको अवलोकन गरिसकेका छन् । ‘ग्यास प्लाण्टको अवलोकन गर्ने कार्य आइतवारै सकिइसकेको छ,’ ऋण उपलब्ध गराउनेमध्येको एक बैङ्कका उच्च अधिकारीले अभियानलाई भने, ‘अबको तीन÷चार दिनमै यससम्बन्धी अन्तिम सहमति हुने छ ।’ ग्यास कम्पनी कित्र निम्बसलाई बैङ्कहरूले कर्पोरेट, ओभरड्राफ्ट र टर्म गरी छुट्टाछुट्टै किसिमका ऋण उपलब्ध गराउने सहमति गरेका छन् । यसअनुसार १० दशमलव ५ प्रतिशतदेखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । निम्बसलाई ऋण उपलब्ध गराउने प्रस्ताव प्राइम बैङ्कको सञ्चालक समितिमा आइनसकेको प्राइमका सञ्चालक ...