Skip to main content

चार नयाँ चिनी उद्योग थपिँदै


कृष्ण रिजाल फागुन १६, काठमाडौं । नेपालका विभित्र स्थानमा चार नयाँ चिनी उद्योग स्थापना हुने भएका छन् । सिरहामा हिमालय चिनी मिल, सर्लाहीको धनकाउलामा अत्रपूर्ण सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रालि, मोरङको दुर्वासामा पद्मा सुगर एलाइड इण्डष्ट्री र नवलपरासीमा सीता सुगर मिल स्थापना हुने भएको हो । झण्डै ७ अर्ब रुपैयाँको लगानीमा स्थापना हुने यी चिनी उद्योगले करीब १ हजार ५ सयलाई रोजगारीसमेत दिनेछन् ।

नयाँ उद्योग स्थापनाले नेपाललाई चिनीमा पूर्ण आत्मनिर्भर बनाउने नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । एसएम गू्रपको लगानीमा सिरहामा स्थापना हुने हिमालय चिनी उद्योग आगामी २ वर्षभित्र सञ्चालनमा आउने उद्योगले बताएको छ । यसअघि एसएम गू्रपले एभरेष्ट सुगर मिल सञ्चालन गर्दै आएको छ । डेढ अर्ब रुपैयाँ लगानी रहने यस उद्योगको ल्याण्ड डेभलपमेण्टको कार्य भइरहेको सञ्चालक शशिकान्त अग्रवालले बताए । ५० बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगको उखु क्रशिङ क्षमता २५ सय टन प्रतिदिन रहेको छ । ‘उद्योगमा ४ सयदेखि ५ सयले रोजगार पाउने छन्,’ अग्रवालले भने । उच्च प्रविधिजडित यस उद्योगबाट १२ मेगावाट विद्युत्समेत उत्पादन हुने उनले बताए ।

सर्लाहीको धनकाउलमा ल्याण्ड डेभलपमेण्टको कार्य भइरहेको अत्रपूर्ण सुगर एण्ड एग्रो इण्डष्ट्रिजले अर्को सिजनबाट चिनी उत्पादन थाल्ने योजना बनाएको उद्योगका सञ्चालक राकेशकुमार अग्रवालले बताए । अत्रपूर्णमा यसअघि इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्री सञ्चालन गर्दै आएका अग्रवाल र ज्ञानप्रसाद भट्टराई तथा विजयबहादुर राउतको लगानी रहेको छ । झण्डै २ अर्ब रुपैयाँ लगानी रहेको यस उद्योगले प्रतिदिन २५ सय टन उखु क्रशिङ क्षमता राख्दछ । २२ बिघामा फैलिएको उद्योगमा ५ सय जनाले सिजनेबल रोजगारी पाउने उनले जानकारी दिए ।

हाल लुम्बिनी चिनी उद्योग सञ्चालन गर्दै आएको एचपी अग्रवाल गू्रपले पनि मोरङको दुर्वासा गाविसमा चिनी उद्योग स्थापनाको तयारी गरेको छ । पद्मा सुगर एलाइड इण्डष्ट्री नामको उक्त उद्योग करीब ६५ करोड रुपैयाँ लगानीमा स्थापना हुने सञ्चालक मनीष अग्रवालले बताए । अग्रवाल नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा रोजगारदाता परिषद्का उपसभापतिसमेत हुन् । पद्मा सुगरको दर्ताप्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै सञ्चालक अग्रवालले अर्को सिजनमा उखु क्रशिङ गर्ने योजना बनाएको जानकारी दिए ।

नवलपरासीको मुजुवा गाविसमा सीता सुगर मिल सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । सीता सुगरले पनि अर्को सिजनबाट उखु क्रशिङ गर्ने तयारी गरेको जानकारी दिएको छ । सञ्चालनमा आउने तयारी गरेको चार उद्योगले उत्पादन थालेपछि नेपाल चिनीमा पूर्णरूपले आत्मनिर्भर हुने इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिज तथा अत्रपूर्णका सञ्चालक राकेशकुमार अग्रवालले बताए ।

अन्य केही चिनी उद्योगहरू पनि दर्ता तथा निर्माण प्रक्रियामा रहेका उनले जानकारी दिए । हाल नेपालमा करीब १० ओटा चिनी उद्योगले उखु क्रशिङ गर्दै आएका छन् । यी उद्योगमा करीब २० अर्ब रुपैयाँ लगानी रहेको तथा ४ हजारभन्दा बढीले रोजगारी पाएको उद्योगीहरू बताउँछन् ।

Comments

Popular posts from this blog

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने   थप पौने ४ सयलाई रोजगारी कृष्ण रिजाल भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ । ‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने...
‘सेज कानून साउनभित्रै’ कृष्ण रिजाल साउन २०, काठमाडौं । उद्योगमन्त्री अनिलकुमार झाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी कानून साउनको अन्तिम सातासम्ममा ल्याउने बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले अध्यादेशमार्फत सो कानून ल्याउने बताएका हुन् । ‘सेजसम्बन्धी ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा करीब २ महीनाअघि नै पठाइसकेका छौं,’ मन्त्री झाले भने, ‘कानून मन्त्रालयले मस्यौदा फिर्ता दिएलगत्तै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गराएर अध्यादेश जारी गर्नेछौं ।’ कानून मन्त्रालयले यही साता उक्त मस्यौदा उद्योग मन्त्रालयमा फिर्ता पठाउने जानकारी कानूनका प्रवक्ता राजुमानसिंह मल्लले दिए । राष्ट्रपतिले अध्यादेशमार्फत देश चलाउँदा लोकतन्त्रको उपहास हुने बताइरहेका बेला मन्त्री झाले भने सो अध्यादेश ल्याएरै छाड्ने बताएका छन् । आर्थिक मुद्दासँग जोडिएको ऐन भएकाले यसमा कुनै दलले विरोध नगर्ने उनको दाबी छ । ‘सेजसम्बन्धी कानून ल्याउने कुरामा काङ्ग्रेस र एमाले पनि सकारात्मक छन् भने माओवादी त सरकारकै नेतृत्व गरिरहेको पार्टी हो,’ उनले भने, ‘समग्र अर्थतन्त्र विकासमा सरोकार राख्ने कानून भएक...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...
नेपाल ग्यास किन्न निम्बसले ऋण जुटायो कृष्ण रिजाल भदौ ३१, काठमाडौं । नेपाल ग्यास किन्न निम्बस होल्डिङ कम्पनीले ५७ करोड रुपैयाँ ऋण जुटाएको छ । ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा प्रभु फाइनान्स, प्राइम कमर्शियल बैङ्क र एनआईसी बैङ्क निम्बसलाई ऋण दिन सहमत भएका हुन् । यसमा ग्लोबलले रू। २७ करोड, प्रभुले रू। १२ करोड र प्राइमले रू। १८ करोड ऋण लगानी गर्न सैद्धान्तिक सहमति गरिसकेका छन् । एनआईसीले भने कति ऋण दिने भन्ने टुङ्गो लागिसकेको छैन । ऋण उपलब्ध गराउन सहमति जनाउने चारैओटा वित्तीय संस्थाले ग्यास प्लाण्टको अवलोकन गरिसकेका छन् । ‘ग्यास प्लाण्टको अवलोकन गर्ने कार्य आइतवारै सकिइसकेको छ,’ ऋण उपलब्ध गराउनेमध्येको एक बैङ्कका उच्च अधिकारीले अभियानलाई भने, ‘अबको तीन÷चार दिनमै यससम्बन्धी अन्तिम सहमति हुने छ ।’ ग्यास कम्पनी कित्र निम्बसलाई बैङ्कहरूले कर्पोरेट, ओभरड्राफ्ट र टर्म गरी छुट्टाछुट्टै किसिमका ऋण उपलब्ध गराउने सहमति गरेका छन् । यसअनुसार १० दशमलव ५ प्रतिशतदेखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । निम्बसलाई ऋण उपलब्ध गराउने प्रस्ताव प्राइम बैङ्कको सञ्चालक समितिमा आइनसकेको प्राइमका सञ्चालक ...