Skip to main content
यो मन त मेरो नेपाली हो...................
जसो गर जे गर जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो..............
कृष्ण रिजाल
जेठ १०, काठमाडौं । बुधवार दरवारमार्गमा आयोजित राष्ट्रिय सद्भाव सभामा एड्रिन प्रधानले यो गीत गाउँदा उपस्थित  हजारौं नेपालीले राष्ट्रिय झण्डासहित हात उचालेर समर्थन गरे । उनीहरूले स्वरमा स्वर थप्दै एकै स्वरमा भने ‘यो मन त मेरो नेपाली हो ।’
विभिन्न राजनीतिक दल, तीनका भातृ संस्था र जाजीय सङ्गठनहरूले राष्ट्रिय सदभाव खलबलाउने गरी राज्य पुर्नसंरचनाको माग गरिरहदा सद्भाव सभमा उपस्थित हजारौं नेपालीले राष्ट्रिय झण्डा फहराउँदै नेपाली एकताको माग राखे । उनीहरूले ‘हिमाल पहाड तराई, कोही छैन पराई’, मेचीदेखि महाकाली, हामी सबै नेपाली’, ‘नेपाली जनता के भन्छन, संविधान ले भन्छन’लगायत नारा लगाएका थिए । सभामा विभिन्न जात, धर्म, भाषा र समुदायका युवा र प्रौढको मात्र नभई बालबालीका तथा बृद्धबृद्धाको समेत उपस्थिती रहेको थियो । नेपाली विविधता भित्रको एकतालाई सभामा उपस्थितहरूले छर्लङ पारिदिएका थिए । र, राष्ट्रिय सदभाव खलबलाउने गरी राजनीति गर्ने दल र दलका नेतालाई खवरदारी गरिरहेका थिए । ‘जब जब राष्ट्रियताको प्रस्न उठ्छ तब तब सबै नेपालीले आफ्नो जात, धर्म र समुदायभन्दा माथि उठेर राष्ट्रियताको कदर गर्छन,’ आफुलाई प्याब्सनका प्रतिनिधि बताउने एक सहभागीले भने ।
सेतो सर्ट÷टिर्सट लगाएर राष्ट्रिय झण्ड फहराउँदै दरबारमार्ग आइपुगेका नेपालीहरूले सद्भाव र एकताको गीत मात्रै गाएनन् शान्ति, संविधान र संबृद्ध नेपालको कामना गर्दै मैन प्रज्वलन पनि गरे । मैन बालेर राष्ट्रिय झण्डको चित्र कोरे । हजारौंको भिडमा बालिएको हजारौं मैन बत्तिले कसैलाई पनि पोलेन, कसैको पनि लुगा डढेन । यसले साच्चै नेपाली सहिष्णुतालाई उजागर गरेको थियो ।
गायकद्वय स्वरुपराज आचर्य र सत्यराज आचर्यले ‘जहा छन बुद्धका आखा....,’ ‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ....’ र ‘यो देश नेपाल मेरो हो....’ बोलको गित गाउँदा  हजारौं सहभागी भावविहवल भए । र, तालि मात्र पिटेटन् मुहारमा एकता र भाइचाराको चमकता देखाई आफुलाई नेपाली हुनुमा गर्भ रहेको भावाना छताछुल्ल पारे ।
नाफा र घाटाको जोड घटाउलाई विर्सिएर हजारौं  उद्योगी व्यवासायिले एकता र सदभावको नारा लगाए । उनीहरूले ‘नेपाल बन्द सधैका लागि बन्द गरौं’, ‘गरी खान देउ’, ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ,’लगायत नारा लगाए । सभामा चिकित्सक, शिक्षक, पत्रकार, विद्यार्थी, अभिभावक, गृहीणी, कलाकार, कानुनकर्मी, मजदुर, कर्मचारी, उद्योगी व्यवसायिलगायत सवै क्षेत्रका  व्यक्तिहरूको उपस्थिती रहेको थियो । उनीहरूले नेपाली एकता र राष्ट्रिय सद्भाव कायम राख्न, नेपाल बन्दलाई सधैका लागि बन्द गर्न, समयमै संविधान  बनाउन र समृद्ध नेपालको निर्माण गर्न सवैपक्षसँग आग्रह गरेका थिए ।
photo : hari regmi\Rukesh shrestha

Comments

Popular posts from this blog

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने   थप पौने ४ सयलाई रोजगारी कृष्ण रिजाल भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ । ‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने...
‘सेज कानून साउनभित्रै’ कृष्ण रिजाल साउन २०, काठमाडौं । उद्योगमन्त्री अनिलकुमार झाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी कानून साउनको अन्तिम सातासम्ममा ल्याउने बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले अध्यादेशमार्फत सो कानून ल्याउने बताएका हुन् । ‘सेजसम्बन्धी ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा करीब २ महीनाअघि नै पठाइसकेका छौं,’ मन्त्री झाले भने, ‘कानून मन्त्रालयले मस्यौदा फिर्ता दिएलगत्तै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गराएर अध्यादेश जारी गर्नेछौं ।’ कानून मन्त्रालयले यही साता उक्त मस्यौदा उद्योग मन्त्रालयमा फिर्ता पठाउने जानकारी कानूनका प्रवक्ता राजुमानसिंह मल्लले दिए । राष्ट्रपतिले अध्यादेशमार्फत देश चलाउँदा लोकतन्त्रको उपहास हुने बताइरहेका बेला मन्त्री झाले भने सो अध्यादेश ल्याएरै छाड्ने बताएका छन् । आर्थिक मुद्दासँग जोडिएको ऐन भएकाले यसमा कुनै दलले विरोध नगर्ने उनको दाबी छ । ‘सेजसम्बन्धी कानून ल्याउने कुरामा काङ्ग्रेस र एमाले पनि सकारात्मक छन् भने माओवादी त सरकारकै नेतृत्व गरिरहेको पार्टी हो,’ उनले भने, ‘समग्र अर्थतन्त्र विकासमा सरोकार राख्ने कानून भएक...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...
नेपाल ग्यास किन्न निम्बसले ऋण जुटायो कृष्ण रिजाल भदौ ३१, काठमाडौं । नेपाल ग्यास किन्न निम्बस होल्डिङ कम्पनीले ५७ करोड रुपैयाँ ऋण जुटाएको छ । ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा प्रभु फाइनान्स, प्राइम कमर्शियल बैङ्क र एनआईसी बैङ्क निम्बसलाई ऋण दिन सहमत भएका हुन् । यसमा ग्लोबलले रू। २७ करोड, प्रभुले रू। १२ करोड र प्राइमले रू। १८ करोड ऋण लगानी गर्न सैद्धान्तिक सहमति गरिसकेका छन् । एनआईसीले भने कति ऋण दिने भन्ने टुङ्गो लागिसकेको छैन । ऋण उपलब्ध गराउन सहमति जनाउने चारैओटा वित्तीय संस्थाले ग्यास प्लाण्टको अवलोकन गरिसकेका छन् । ‘ग्यास प्लाण्टको अवलोकन गर्ने कार्य आइतवारै सकिइसकेको छ,’ ऋण उपलब्ध गराउनेमध्येको एक बैङ्कका उच्च अधिकारीले अभियानलाई भने, ‘अबको तीन÷चार दिनमै यससम्बन्धी अन्तिम सहमति हुने छ ।’ ग्यास कम्पनी कित्र निम्बसलाई बैङ्कहरूले कर्पोरेट, ओभरड्राफ्ट र टर्म गरी छुट्टाछुट्टै किसिमका ऋण उपलब्ध गराउने सहमति गरेका छन् । यसअनुसार १० दशमलव ५ प्रतिशतदेखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । निम्बसलाई ऋण उपलब्ध गराउने प्रस्ताव प्राइम बैङ्कको सञ्चालक समितिमा आइनसकेको प्राइमका सञ्चालक ...