Skip to main content
सेण्ट्रल पार्क अपार्टमेण्ट हस्तान्तरण भदौंमा
कृष्ण रिजाल
वैशाख ३०, काठमाडौं । सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्टको पहिलो चरण अन्तर्गतका फ्ल्याटहरू (युनिटहरू) चार महीनाभित्र ग्राहकलाई हस्तान्तरण गरिने भएको छ । काठमाडौंको विशालनगरमा निर्माणाधिन सो अपार्टमेण्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माणपक्षले जानकारी दिएको छ । जम्मा तीन ओटा टावरमा कुल १ सय ८९ युनिट निर्माण गरिने सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्टको पहिलो चरण अन्तर्गतको एउटा टावरको ९० प्रतिशत काम सकिएको अपार्टमेण्टका फाइनान्स म्यानेजर मनोज बस्नेतले अभियानलाई बताए । ‘जतिसक्दो चाडो फिनिशिङ गरेर ग्राहकलाई अपार्टमेण्ट हस्तान्तरण गर्ने योजना बनाएका छौं,’ उनले भने । अन्य दुईओटा टावरको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै बस्नेतले दोस्रो चरणअन्तर्गतका अपार्टमेण्ट आगामी सात महीनाभित्रमा हस्तान्तरण गरिने बताए ।
क्लिन डेभलपर्स प्रालिले विशालनगर–४  स्थित करीब १८ रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्ट विशेषगरी मध्यम तथा उच्चवर्ग लक्षित भएको कम्पनीले बताएको छ । हालसम्म अपार्टमेण्टको ९० प्रतिशत फ्ल्याट (युनिट) बुकिङ  भइसकेका छन् ।  बुकिङ गर्नेहरूमा बढीजसो व्यवसायी, चिकित्सक तथा बैङ्करहरू रहेको बस्नेतले जानकारी दिए । अपार्टमेण्ट काठमाडौंको चक्रपथभित्र निर्माण भएकोले ग्राकहकले यसलाई रुचाएको बस्नेतको भनाइ छ । निर्माणधीन तीनै ओटा अपार्टमेण्ट १४÷१४ तलाका रहेका छन् ।
तीनवर्ष अघिदेखि शुरू भएको यस योजनामा कुल रू. ३ अर्ब लगानी पुग्ने निर्माणपक्षको अनुमान छ ।  २ देखि ५ बेडरूम भएका फ्ल्याटको मूल्य सुविधा तथा ठाँउका हिसाबले उचित रहेको दाबी गरिएको छ । ‘सामन्यतः अधिकांश अपार्टमेण्टहरू सुरक्षित तथा सुविधा सम्पन्न हुन्छ,’ उनले भने, ‘तर, सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्टमा हामीले अन्य अपार्टमेण्टको भन्दा थप सुविधाहरू उपलब्ध गराउने कोशिस  गरेका छौं’ । अपार्टमेण्ट परिसरमा एमपी थिएटर, इण्डोर एण्ड आउटडोर स्वीमिङ पुल, हेल्थ क्लब, स्टिम, साउना,  ब्याङ्क्वेट हल, शपिङ स्टोर, फार्मेसी, व्युटी पार्लरलगायत सुविधा रहने छन् । त्यस्तै, खेल मैदान, बगैचा,  पार्किङ, २४ सै घण्टा पानी तथा विजुली आपूर्ती, सीसी टीभी, टेलिफोन,  सोलारलगायत सुविधा पनि  सेण्ट्रल पार्क प्रिमियर अपार्टमेण्ट रहेको उनले जानकारी दिए ।
सेण्ट्रल पार्कमा भइरहेका कामको रेखदेख क्लिन डेभलपर्सका साथै विभिन्न तीन अन्तरराष्ट्रिय संस्थाले गरिरहेका छन् । यसका आर्किटेकमा भारतीय कम्पनी एआरसीओपी एशोसियट्स छ  भने ल्याण्डस्केपको काम अमेरिकाको एम पउल फ्रिडबर्ग एण्ड पार्टनर्सले गरेको छ । त्यस्तै, नेदरल्याण्डको ट्रिओडोस बैङकले  वातावरणीय दिगोपना तथा ऊर्जा सोलुसनको सम्बन्धी काम हरेको छ ।
सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्ट खरीदका लागि शुरूमा १० प्रतिशत मूल्य अग्रिम भुक्तानी गर्नुपर्ने र बाकी १४ किस्तामा तिर्न सकिने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकलाई अपार्टमेण्ट खरीद गर्न ऋण दिलाउन  १० ओटा वाणिज्य बैङ्कसँग सहकार्य गरेको बताएको छ । सिद्धार्थ, प्राइम, नेपाल बैङ्क, माछापुच्छ«ेलगायत बैङ्कसँग यस्तो सहकार्य गरेको बस्नेतले बताए ।

Comments

Popular posts from this blog

विदेशमा लगानी खुला गर्ने पक्षमा सरकार, परिसंघ भन्छ कानुन चाहियो

काठमाडौं, २२ असार अर्थमन्त्री रामशरण महतले सरकार विदेशमा लगानी खुला गर्ने पक्षमा रहेको बताएका छन् । नेपालीले कानुनअनुसार आर्जन गरेको पूँजी एवम् प्रविधि विदेशमा लगानी गर्न पाउनुपर्ने पक्षमा सरकार रहेको उनले बताए । नेपाल उद्योग परिसंघले अर्थ मन्त्रालयमा मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०७२÷७३ को पूर्व वजेट छलफल कार्यक्रममा अर्थमन्त्री नेपालीलाई विदेशमा लगानी गर्न दिने विषयमा सरकार सकारात्मक भएको बताए । ‘कुनै पनि नेपालीले कानुन अनुसार आफूले आर्जन गरेको पूँजी एवं आफ्नो शिप, प्रतिभा र प्रविधि विदेशमा लगानी गर्दछ र सम्पत्ति आर्जन गर्छ भने सरकारले त्यसमा रोक लगाउन पर्ने कारण आउँदैन’ उनले भने, ‘तर, यसका छुट्टै कानुन चाहिन्छ ।’ राष्ट्र बैंक वा सरोकारावाला निकायबाट नीति नियम बनेपछि नेपालीले विदेशमा लगानी गर्न सक्ने उनले बताए । यसअघि परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रको बजेट अपेक्षा प्रस्तुत गर्दै विदेशमा लगानी खुला गर्न आग्रह गरेको थिए । उनले नेपालीले विदेशमा लगानी गर्न पाउनुपर्ने माग राखेका थिए । ‘नेपालीले  पनि अमेरिका तथा युरोपमा लगानी विस्तार गर्न पाउनुपर्छ’ उनले भने...

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
बीओए–एनआईसी मर्जर प्रक्रिया शुरू कृष्ण रिजाल जेठ २४, काठमाडौं । बैङ्क अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैङ्क लिमिटेडबीच मर्जरको प्रक्रिया शुरू भएको छ । राष्ट्र बैङ्कले करीब दुई महीना अघि दुवै बैङ्कका सञ्चालकलाई बोलाएर मर्जरमा जान सुझाव दिएपछि बैङ्कहरूले मर्जर प्रक्रिया अगाडि बढाएका हुन् । एउटै परिवार, फर्म वा व्यापारिक घरनाको लगानी रहेको वित्तीय संस्था गाभिनु पर्ने राष्ट्र बैङ्कको नीतिअनुसार एनआईसी र बीओएले मर्जर प्रक्रिया शुरू गरेको एनआईसी स्रोतले बताएको छ ।  दुबै बैङ्कमा विशला ग्रूपको ठूलो शेयर हिस्सा रहेको छ । एउटै व्यापारिक घरणाको बढी लगानी रहेकाले पनि एनआईसी र बीओए मर्ज हुने निश्चितप्रायः भएको बीओए स्रोतले बताएको छ । अहिले दुवै बैङ्कले छुट्टाछुट्टै उपसमिति बनाएर आपसमा मर्ज हुने सम्भवानको बारे अध्यन गरिरहेको बताएका छन् । बीओएले एनआईसीसँग मर्ज हुन इच्छुक रहेको जानकारी दिदै एनआइसीमा पत्र समेत पठाएको छ । ‘हामीले हालसालै बीओएले पठाएको पत्र प्राप्त गरेका छौं,’ एनआईसीका सञ्चालक राजेन्द्र अर्यालले अभियानसँग भने । यसअघिनै सम्पन्न एनआईसीको साधारण सभाले उपयुक्त बैङ्क वा वत्तिय संस्थासँग...
३० जिल्लामा ब्राञ्चलेस बैङ्किङ कृष्ण रिजाल जेठ १४, काठमाडौं । वित्तीय पहँुच नपुगेका क्षेत्रमा साञ्चालित ब्राञ्चलेस बैङ्किङ सेवा विस्तार हुँदै गएको छ । अहिले विभिन्न ३० जिल्लाका ५० भन्दा बढी गाविसमा ब्राञ्चलेस बैङ्किङ सेवा पुगिसकेको छ । हाल एभरेष्ट, सिद्धार्थ र मेगा बैङ्कले ब्राञ्चलेस बैङ्किङ सेवाका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिएको राष्ट्र बैङ्कका प्रवक्ता भाष्करमणी ज्ञवालीले बताए । तीन ओटा वाणिज्य बैङ्कले सञ्चालनमा ल्याएको ब्राञ्जलेस बैङ्किङ सेवाबाट वित्तीय पँहुच नपुगेका विभिन्न क्षेत्रका २० हजार बढी उपभोक्ता लाभान्वित भएका छन् । हाल नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत जनता वित्तीय पहुँच बाहीर छन् । भौगोलिक जटिलता तथा अर्थतन्त्रले सही गति लिन नसक्दा बैङ्किङ पहुँचलाई विस्तार गर्न नसकिएको सरोकारवालाहरू बताउँछन् । यस्तो अवस्थामा वित्तीय पहँुच विस्तारका लागि ब्राञ्चलेस बैङ्किङ सवैभन्दा उपयुक्त माध्यम भएको बैङ्कहरूको दाबी छ । ‘ब्राञ्चलेस बैङ्किङ खासगरी बैङ्कका शाखा पुग्न नसकेका क्षेत्रमा सञ्चालन गरिन्छ र यसको लक्षित ग्राहक पनि वित्तीय पहँुचमा नपुगेका जनतानै हुन्,’ एभरेष्ट बैङ्कका ...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...