ग्राण्डी हस्पिटल अगष्टदेखि सञ्चालनमा आउदै
कृष्ण रिजाल
वैशाख १७, काठमाडौं । सीई कन्ष्ट्रक्सनले काठमाडौंको टोखामा निर्माण गरिरहेको ग्राण्डी हस्पिटल सन् २०१२को अगष्टदेखि सञ्चालनमा आउने भएको छ । करीब रू. २ अर्ब ६५ करोड कुल लागनी रहेको हस्पीटलको भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको सीई कन्ष्ट्रक्सनका प्रबन्ध निर्देशक विजय राजभण्डारीले अभियालाई बताए । ‘भौतिक पूर्वाधार निर्माणका साथै आवश्यक अन्य तयारी गरिरहेका छौं,’ उनले भने, ‘आगामी अगष्टमा ‘सफ्ट ओपनिङ’ गर्नेछौं ।’
२ सय शैयाको ग्राण्डी हस्पिटलमा १२ ओटा आईसीयू बेड, ६ ओटा डाइलेक्सेस र ८ ओटा शल्यक्रिय कक्ष रहने छन् । जम्मा १४ तलाको उक्त हस्पिटलमा ९ ओटा लिफ्ट, ३ ओटा भ¥याङ र ८ ओटा मोडुलर ओटी रहेको छ । झण्डै ३ लाख वर्गफिट क्षेत्रफलमा बनिरहेको हस्पिटल भौतिक पूर्वाधार, स्वस्थ्य सुविधा तथा हस्पिट्यालिटिमा अन्तरराष्टियस्तरको भएको राजभण्डारीको दाबी छ । त्यस्तै, हस्पिटलमा बैङ्किङ सुविधा, इण्टरनेट, क्याफेलगायत अन्य सुविधा पनि रहने जानकारी दिइएको छ । भुकम्प प्रतिरोधात्मक भनिएको यस हस्पिटलको संरचना अपाङ्गमैत्री समेत रहेको छ ।
बालरोग, मुटुरोग, स्त्रिरोग, दन्तरोगलगायत सम्पूर्ण चिकित्सा सेवा उपलब्ध हुने ग्राण्डीको आकस्मिक सेवा अझ उत्कृष्ट हुने राजभण्डारी बताउँछन् । ‘हाम्रो हस्पिटल कुनै एउटा रोगसँग मात्र नभई बहुविशिष्टकृत हुने छ,’ उनले भने । ग्राण्डीमा नेपालका नाम चलेका चिकित्सक तथा विशेषज्ञहरूसहित ६ सय भन्दा बढीले रोजगारी पाउने उनले जानकारी दिए ।
हस्पिटलमा सिई कन्ष्ट्रक्सनलगायत ५० जनाको शेयर रहेको छ । सञ्चालमा आइपुग्ने समयसम्ममा हस्पिटलको शेयर सदस्य सङ्ख्या ६० पु¥याउने योजना रहेको राजभण्डारीले जानकारी दिए । त्यस्तै, थाइल्याण्डको समितिभेज हस्पिटलले पनि ग्राण्डीमा लगानी गर्ने भएको छ । तर, उसले कति शेयर लिने भन्ने बारे भने अझै निर्णय भइनसेको उनले बताए । यसअघि ग्राण्डी र समितिभेजबीच अस्पतालको सेवा व्यवस्थापनका सम्बन्धमा सम्झौता भएको थियो । उक्त सम्झौतामा ग्राण्डी इण्टरनेशल हस्पिटलका अध्यक्ष डा. रुप ज्योति र समितिभेजका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रेमण्ड चोङले हस्ताक्षर गरेका थिए ।

Comments
Post a Comment