पुनरुत्थान कुर्दै नेपाली ब्याट्री उद्योग
१० उद्योगमध्ये २ ओटा मात्र सञ्चालनमा
उद्योगलाई अनुदान दिन र स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्न उद्योगीहरूको माग
कृष्ण रिजाल
फागुन १४, काठमाडौं । बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली ब्याट्री उद्योग समस्यामा परेका छन् । पाँच वर्षअघिसम्म झण्डै १० ओटा त्यस्ता उद्योग भएकामा अहिले दुई ओटामात्र सञ्चालनमा रहेका छन् । ‘आयातीत कच्चा पदार्थ र लोडशेडिङका कारण उत्पादन लागत बढ्न गई बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको छ,’ सञ्चालनमा रहेका दुईमध्येका एक भगवती कार्बाइड इण्डष्ट्रिजका प्रबन्ध निर्देशक गौरब अग्रवालले अभियानसँग भने । उद्योगलाई सरकारले अनुदान दिने र नेपाली उत्पादनलाई नै प्रयोग गर्ने नीति ल्याएमा मात्र ब्याट्री उद्योगको पुनरुत्थान हुनसक्ने उनको भनाइ छ । भगवती कार्बाइडबाहेक सञ्चालन रहेका अर्को उद्योग कुलायन ब्याट्री इण्डष्ट्रिज हो । यी दुई उद्योगले सोलार ब्याष्ट्रि र ड्राइसेल ब्याट्री मात्र उत्पादन गर्दैआएका छन् ।
न्यून बिजकीकरण भई नेपाल भित्रिने विदेशी उत्पादनसँगको प्रतिस्पर्धाले सञ्चालनरत उद्योग पनि समस्यामा परेको प्रबन्ध निर्देशक अग्रवालले बताए । ‘यस्तै विविध समस्या झेल्न नसकेर नेपालमा चलेका बाबा, एभरेष्ट, अशोकालगायत ब्याट्री उद्योगहरू बन्द भएका हुन्,’ उनले भने । त्यस्तै, नेपालकै ठूला मानिने व्यापारिक घराना केएल दुगड र विशाल ग्रूपले पनि ब्याट्री उद्योगबाट हात झिकिसकेको उनले जानकारी दिए । सरकारले लगानीको वातावरणका साथै नेपाली उत्पादनको अनिवार्य प्रयोग गर्ने नीति बनाउन सकेमा बन्द भएका उद्योग पुनः सञ्चालनमा आउन सक्ने उद्योगीहरू बताउँछन् ।
सोलार ब्याट्रि उत्पादन गर्दै आएको कुलायनले रू. २ करोडभन्दा बढी लगानी थपेर मोटरसाइकल ब्याट्रीको उत्पादन थाल्ने तयारीसमेत गरेको छ । तर, लगानीको वातावरण राम्रो नभएको तथा ब्याट्री उद्योगको पुनरुत्थानमा सरकारले चासो नदेखाएका कारण त्यस्तो ब्याट्रीको उत्पादन थाल्न ढिलाइ भइरहेको उद्योगले बताएको छ । रू. १५ करोडभन्दा बढी लगानी भइसकेको कुलायनमा २ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।
त्यस्तै, भगवती कार्बाइडले लायन, वेब्रा, स्पार्को, ड्रागनलगायत विभिन्न ब्राण्डका ड्राइसेल ब्याट्री उत्पादन गर्दैआएको छ । न्यून बिजकीकरण भएर नेपाल भित्रिने विदेशी उत्पादनसँगको प्रतिस्पर्धा तथा ड्राइसेल ब्याट्रीको घट्दो खपतका कारण उद्योग समस्यामा परेको अग्रवालले बताए । विदेशी उत्पादनलाई पूर्ण रूपमा विस्थापन गर्न कम्पनीले ‘आरओथ्री’ नामको ब्याट्री उत्पादन गर्ने तयारी गरे पनि रिचार्जेबल टर्च, सोलार लाइटलगायतले ड्राइसेलको खपत घटाएको तथा न्यून बिजकीकरण भई नेपाल भित्रिने विदेशी उत्पादनको मात्रा बढेकाले नयाँ उत्पादनको तयारी बन्द गरेको उनको भनाइ छ । रू. २५ करोडको लगानी भएको भगवती कार्बाइडमा २ सयले रोजगारी पाएका छन् ।
नेपाली बजारमा ब्याट्रीको कारोबार वार्षिक करीब साढे ४ अर्ब रुपैयाँबराबरको हुने गरेको व्यवसायिहरू बताउँछन् । यसमध्ये ९० प्रतिशतभन्दा बढी समग्र नेपाली बजार भारतीय ब्याट्रीले ओगटेको छ । बाँकी १० प्रतिशतमा चीन, जापान, मलेसिया, बङ्गलादेश र नेपाली उत्पादन छन् । नेपाली ड्राइसेल ब्याट्रिको बजारमा भने ५० प्रतिशत हिस्सा भगवती कार्बाइडको भएको कम्पनीले बताएको छ । त्यस्तै, नेपालमा खपत हुने सोलार ब्याट्रीको ६० प्रतिशत बजार हिस्सा कुलायनको सुनेराले ओगटेको उद्योगले दाबी गरेको छ ।

Comments
Post a Comment