विदेशीलाई उद्योग सञ्चालन स्वीकृति ५ दिनमै
कृष्ण रिजाल
जेठ ३२, काठमाडौं । विदेशी लगानी कर्ताहरूले नेपालमा उद्योग सञ्चालनको लागि उद्योग विभागबाट ५ दिनमै स्वीकृति पाउने भएका छन् । यसअघि उनीहरूले स्वीकृतिका लागि एक महीनासम्म कुर्नुपर्ने बाध्यता थियो । लगानीकर्तालाई एउटा शाखाबाट अर्को शाखामा गइरहनुपर्ने झण्झटबाट मुक्त गराउँन तथा कर्मचारी भष्टचार रोक्न स्वीकृती दिने समयअवधिलाई घटाएको विभागका निर्देशक विपिन राजभण्डारीले बताए । ‘उद्योग सञ्चालन स्वीकृतिका लागि पहिले उद्योगिहरूले २२ तह पार गर्नुपथ्र्यो अहिले त्यसलाई घटाएर १४ तहमा झारेका छौं,’ उनले भने । आवश्यक कागजपत्र तथा पक्रिया पु¥याएका लगानीकर्तालाई उद्योग सञ्चालन स्वीकृती ढिलोमा १० दिन भित्रमा दिइने उनले बताए ।
यसअघि विश्व बैङ्कले गरेको अध्यनअनुसार विभागले उद्योग सञ्चालनको स्वीकृति दिन महीनादिन भन्दा बढी लगाउने गरेको देखाएको थियो । सरोकारवालाहरूले विभागको कामलाई चुस्त बनाई विदेशी लगानीकर्तालाई चाडो र सरल सेवा दिन सुझाव दिदै आएका थिए । उद्योग सञ्चालन स्वीकृतिको लागि कुर्दाकुर्दा दिक्क लागेर विदेशी लगानीकर्ताहरू अन्य देशमै लगानी गर्न जान सक्ने सम्भावनालाई रोक्न विभागले आफ्नो सेवालाई चुस्त र पारदर्शी बनाउँदै गएको निर्देशक राजभण्डारीले बताए । ‘उद्योग सञ्चालन स्वीकृतिको लागि आवश्यक कागजपत्र र पु¥याउनुपर्ने प्रक्रियाका बारेमा उद्योगी व्यवसायिलाई अग्रिम जानकारी दिन ब्रोसर समेत तयारी गर्दै छौं,’ उनले भने ।
उता उद्योग दर्ता सहजकर्ताहरूले भने विभागले सञ्चालन स्वीकृति दिने समयावधि घटाएको प्रचारवाजी मात्र भएको बताएका छन् । ‘अहिले उद्योग दर्ता तथा सञ्चालन स्वीकृतिको लागि १४ होइन १ सय १४ तह पार गर्नुपर्ने अबस्था छ,’ एक सहजकर्ताले भने । सवै कागजपत्र तथा प्रक्रिया पु¥याएपनि टेबल मुनिबाट रकम नबुझाई कुनैपनि उद्योग सञ्चालनको स्वीकृति पाउन नसकिने उनी बताउँछन् । विभागको ढिलासुस्ती तथा घुसखोरीले विदेशी लगानीकर्तालाई समेत हतोत्साहित गरेको उनको भनाई छ । उनी भन्सन्, ‘तर, पछिल्ला दिनमा विभागले शुरू गरेका कार्यहरू भने तारिफयोग्य छन् ।’
आर्थिक वर्ष २०६४÷६५ देखि चालुआवको वैशाख मसान्तसम्ममा नेपालमा विदेशी लगानीकर्ताले २ हजार २ सय ७४ उद्योग सञ्चालनको स्वीकृति लिएका छन् । यसअवधिमा भारतीयले ५ सय २३, चीनीयाले ४ सय ६२, जापानीले १ सय ६४, दक्षिण कोरियालीले १ सय ६४, अमेरिकीले १ सय ८६, र बेलायती लगानीकर्ताले १ सय ८ उद्योग सञ्चालनको स्वीकृति लिएका छन् ।

Comments
Post a Comment