२० हजार टन चिनी आयातको निर्णय
गुञ्ज\कृष्ण
असार ७, काठमाडौं । सरकारले दशैंतिहारजस्ता चाडपर्वमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल ट्रेडिङ लिमिटेडलाई २० हजार टन चिनी आयात गर्न दिने निर्णय गरेको छ । सरकारको अर्धस्वामित्वमा रहेका यी दुई संस्थालाई उक्त परिमाणको चिनी असोज मसान्तभित्रै ल्याउन निर्देशन आएको साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् ।
‘सरकारले
१ प्रतिशत भन्सार महशुल सुविधामा उक्त चिनी आयात गर्न दिने निर्णय गरेको
हो,’ उनले भनिन्, ‘सामान्य रूपमा चिनी आयात गर्न अहिले १५ प्रतिशत भन्सार
शुल्क लाग्छ ।’ मन्त्रिपरिषद्को जेठ ११ गते बसेको बैठकले यी दुई संस्थालाई
सहुलियत दरमा चिनी ल्याउन दिने निर्णय गरेको थियो । सोहीअनुसार यी दुवै
संस्थालाई पत्र आएको नेशनल ट्रेडिङका आयात विभागका निमित्त महाशाखा प्रमुख
श्यामकुमार श्रेष्ठले बताए । सरकारको निर्णयअनुसार साल्ट ट्रेडिङले १५ हजार
टन र नेशनल ट्रेडिङले ५ हजार टन चिनी आयात गर्ने भएका छन् ।
दशैंतिहारजस्ता ठूला चाडपर्वमा हुन सक्ने सम्भावित अभावलाई ध्यानमा राखेर
सरकारले चिनी आयात गर्न दिने निर्णय गरेको श्रेष्ठको भनाइ छ । आयात गरिएको
चिनी दशैंतिहारको बेला खुद्रा मूल्यमा विभिन्न सहकारी पसल तथा घुम्ती
सेवामार्पmत विक्री गरिने साल्ट टे«डिङका महाप्रबन्धक श्रेष्ठले बताइन् ।
दुवै संस्थाले चिनी भारतबाट ल्याउने भएका छन् । खुला सिमाना र कम ढुवानी खर्चजस्ता कारणले भारतबाट आयात गर्न प्राथमिकता दिइएको महाप्रबन्धक श्रेष्ठको भनाइ छ । उनका अनुसार भारत सरकारले स्थानीय उद्योगलाई चिनी निर्यात गर्न निश्चित परिमाणमा कोटा छुट्ट्याइदिएको हुन्छ । सोहीअनुसार कोटा बाँकी रहेका जुनसुकै भारतीय उद्योगबाट पनि आवश्यक चिनी आयात गर्न सकिने उनले बताइन् । तर, स्वदेशी उद्योगले नै आवश्यक चिनी उपलब्ध गराउन सकेमा सो विकल्पमा समेत सोच्न सकिने उनको भनाइ छ । साल्ट ट्रेडिङले अहिले पनि कतिपय स्वदेशी उद्योगबाट चिनी खरीद गरी विक्री गर्दै आएको छ ।
स्वदेशी उद्योगहरूले मागअनुसार आपूर्ति गर्न नसक्ने हुँदा विभिन्न देशबाट निश्चित परिमाणमा चिनी आयात गर्ने सरकारको निर्णय उचित भएको नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । तर, त्यसरी आयात गरिएको चिनीलाई तिहारसम्म विक्री गरिसक्नु पर्ने उनको भनाइ छ । हाल नेपालमा चिनीको कुल माग वार्षिक १ लाख ६५ हजार मेट्रिक टन छ । नेपालमा यो वर्ष करीब १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।
अघिल्लो आवमा ५८ हजार मेट्रिक टन मात्र चिनी उत्पादन भएको सङ्घको तथ्याङ्क छ । त्यस्तै, आउने सिजनबाट उखु क्रसिङ गर्ने गरी थप चारओटा नयाँ चिनी उद्योग आउने तयारीमा छन् । हाल नेपालमा आठओटा चिनी उद्योग छन् । उनीहरूको कुल क्षमता वार्षिक २ लाख मेटन रहेको छ । तर, उनीहरूले क्षमताअनुसार पूरा उत्पादन गर्न भने सकेका छैनन् । अहिले सञ्चालनमा रहेका उद्योगहरूले पनि क्षमता विस्तार गरिरहेकाले अर्को वर्षदेखि नेपाल चिनीमा आत्मनिर्भर बन्ने अग्रवालले बताए । हाल स्वदेशी उद्योगको ७० प्रतिशत उत्पादन घरायसी प्रयोजन र ३० प्रतिशत चिनी खाद्य उत्पादनमा प्रयोग भइरहेको छ ।
गुञ्ज\कृष्ण
असार ७, काठमाडौं । सरकारले दशैंतिहारजस्ता चाडपर्वमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल ट्रेडिङ लिमिटेडलाई २० हजार टन चिनी आयात गर्न दिने निर्णय गरेको छ । सरकारको अर्धस्वामित्वमा रहेका यी दुई संस्थालाई उक्त परिमाणको चिनी असोज मसान्तभित्रै ल्याउन निर्देशन आएको साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् ।
दुवै संस्थाले चिनी भारतबाट ल्याउने भएका छन् । खुला सिमाना र कम ढुवानी खर्चजस्ता कारणले भारतबाट आयात गर्न प्राथमिकता दिइएको महाप्रबन्धक श्रेष्ठको भनाइ छ । उनका अनुसार भारत सरकारले स्थानीय उद्योगलाई चिनी निर्यात गर्न निश्चित परिमाणमा कोटा छुट्ट्याइदिएको हुन्छ । सोहीअनुसार कोटा बाँकी रहेका जुनसुकै भारतीय उद्योगबाट पनि आवश्यक चिनी आयात गर्न सकिने उनले बताइन् । तर, स्वदेशी उद्योगले नै आवश्यक चिनी उपलब्ध गराउन सकेमा सो विकल्पमा समेत सोच्न सकिने उनको भनाइ छ । साल्ट ट्रेडिङले अहिले पनि कतिपय स्वदेशी उद्योगबाट चिनी खरीद गरी विक्री गर्दै आएको छ ।
स्वदेशी उद्योगहरूले मागअनुसार आपूर्ति गर्न नसक्ने हुँदा विभिन्न देशबाट निश्चित परिमाणमा चिनी आयात गर्ने सरकारको निर्णय उचित भएको नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । तर, त्यसरी आयात गरिएको चिनीलाई तिहारसम्म विक्री गरिसक्नु पर्ने उनको भनाइ छ । हाल नेपालमा चिनीको कुल माग वार्षिक १ लाख ६५ हजार मेट्रिक टन छ । नेपालमा यो वर्ष करीब १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।
अघिल्लो आवमा ५८ हजार मेट्रिक टन मात्र चिनी उत्पादन भएको सङ्घको तथ्याङ्क छ । त्यस्तै, आउने सिजनबाट उखु क्रसिङ गर्ने गरी थप चारओटा नयाँ चिनी उद्योग आउने तयारीमा छन् । हाल नेपालमा आठओटा चिनी उद्योग छन् । उनीहरूको कुल क्षमता वार्षिक २ लाख मेटन रहेको छ । तर, उनीहरूले क्षमताअनुसार पूरा उत्पादन गर्न भने सकेका छैनन् । अहिले सञ्चालनमा रहेका उद्योगहरूले पनि क्षमता विस्तार गरिरहेकाले अर्को वर्षदेखि नेपाल चिनीमा आत्मनिर्भर बन्ने अग्रवालले बताए । हाल स्वदेशी उद्योगको ७० प्रतिशत उत्पादन घरायसी प्रयोजन र ३० प्रतिशत चिनी खाद्य उत्पादनमा प्रयोग भइरहेको छ ।
Comments
Post a Comment