घरेलु तथा साना उद्योग महासङ्घमा अधिकांश निर्विरोध
कृष्ण रिजाल
भदौ २७, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आठौं कार्यसमितिका लागि अध्यक्षमा सुरेश प्रधानसहित अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । बुधवार सम्पन्न महासङ्घको २०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित नौ जनालाई निर्विरोध निर्वाचित गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद गिरि तथा उपाध्यक्षमा पूर्णबहादुर भण्डारी, उमेश सिंह, अञ्जना ताम्राकार र चन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा विष्णुबहादुर लुइँटेल, कोषाध्यक्षमा सूर्यबहादुर कँडेल र सहकोषाध्यक्षमा सत्यन्द्रनारायण प्रजापति निर्विरोध निर्वाचित भएका हुन् ।
महासङ्घको महिला आरक्षणअन्तर्गत पाँच जना कार्यकारी सदस्य पनि निर्विरोध निर्वाचित भएको महासङ्घले जानकारी दिएको छ । महिला आरक्षणअन्तर्गत निर्विरोध निर्वाचित हुनेमा कार्यकारी सदस्यहरूमा सरस्वती गिरि, कल्याणी मिश्र, प्रमिला बस्नेत, मनिषा सुब्बा र शरणा श्रेष्ठ रहेका छन् । महासङ्घको सचिव र २३ जना कार्यकारी सदस्यका लागि भने मतदान भएको छ । सचिव पदका लागि डम्बर रेग्मी र ओमप्रसाद राणाको उम्मेदवारी परेको थियो । त्यस्तै, २३ जना कार्यकारी सदस्यका लागि ३८ जनाको उम्मेदवारी परेको थियो ।
यसैबीच, नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २०औं राष्ट्रिय महाधिवेशन तथा १८औं राष्ट्रिय महिला उद्यमी सम्मेलनले केन्द्रीय महिला उद्यमी समितिको सातौं कार्यसमितिको पदाधिकारीसमेत चयन गरेको छ । सम्मेलनले सभापतिमा शोभा गुरुङसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ । समितिको उपसभापतिमा उर्मिला श्रेष्ठ, सचिवमा सिभा उपध्याय, सहसचिवमा रोशनी उपाध्याय, कोषाध्यक्षमा भगवती श्रेष्ठ र सहकोषाध्यक्षमा इता अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित हुने सदस्यहरूमा तारादेवी काफ्ले, रुकमणी देवकोटा, शान्ता बास्कोटा, सीता भुसाल, विमला श्रेष्ठ, जानुका कोइराला, पुनम शाही, मीनाकुमारी पराजुली, यशोधादेवी श्रेष्ठ, राधाकुमारी शर्मा, िवमला अर्याल, कुञ्जना मिश्र, पल्पसा श्रेष्ठ, पुष्पा रेग्मी र राधिका सापकोटा रहेका छन् ।

Comments
Post a Comment