५ कम्पनीलाई खानी उत्खननको स्वीकृति
कृष्ण रिजाल
भदौ २३, काठमाडौं । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०६८र६९ मा ५ ओटा कम्पनीलाई विभित्र स्थानमा खानी उत्खननका लागि स्वीकृति दिएको छ । विभागले तीन ठाउँमा काइनाइट र एकरएक ठाउँमा टुर्मालिन, चुनढुङ्गा र खरीढुङ्गा उत्खननका लागि स्वीकृति दिएको हो । सबै कम्पनीले उत्खननको काम शुरू गरिसकेको विभागका सिनियर डिभिजनल माइनिङ इञ्जिनीयर रामप्रसाद घिमिरेले अभियानलाई बताए । ‘उत्खननको स्वीकृति पाउने सबै कम्पनी स्वदेशी नै रहेका छन्,’ उनले भने ।
गत आवमा विपीन एण्ड अभि खनिज उद्योग प्रालिले दुई ठाउँमा काइनाइट उत्खननको स्वीकृति पाएको छ । कम्पनीलाई कालिकोटको भर्ता र जाजरकोटको गोर्खाकोटमा काइनाइट उत्खननको जिम्मा दिइएको घिमिरेले जानकारी दिए । जाजरकोटकै अर्छानी भत्रे स्थानमा काइनाइट उत्खननका लागि जनकबहादुर शाहीलाई स्वीकृति दिइएको उनले बताए । टुर्मालिन उत्खननको जिम्मा पाएको गङ्गामला मिनरल्स प्रालिले पनि काम अघि बढाइसकेको विभागले बताएको छ । कम्पनीले जाजरकोट जिल्लाको पजारुमा टुर्मालिन उत्खनन गर्ने छ ।
त्यस्तै, उदयपुरको डुम्रेमा चुनढुङ्गा उत्खननको स्वीकृति पाएको कसमस सिमेण्ट इण्डष्ट्रिज प्रालिले पनि काम अघि बढाइसकेको घिमिरेले जानकारी दिए । कञ्चनपुरको सिल्कोटमा खरीढुङ्गा उत्खनन गर्ने स्वीकृति जितेन्द्रबहादुर कार्कीलाई दिइएको विभागले बताएको छ ।
उत्खननको जिम्मा पाएका कम्पनीलाई खानीको आकार हेरी १० देखि ३० वर्षको समयावधि दिने गरिएको घिमिरेले जानकारी दिए । खानीलाई ठूला, मझौला, साना र अति साना गरी ४ वर्गमा छुट्ट्याइएको हुन्छ । ‘कम्पनीहरूलाई खानीको क्षमताअनुसार उत्खनन गरिसक्नु पर्ने समयावधि दिइएको हुन्छ,’ घिमिरेले भने, ‘तोकिएको समयसीमा नाघिसकेपछि उनीहरूलाई उत्खनन गर्न दिइँदैन ।’ उत्खनन गरेबापत सम्बन्धित कम्पनीहरूले सरकार र सम्बद्ध जिल्लामा प्रत्येक महीना रोयल्टी बुझाउनु पर्दछ ।
खनिजको प्रकृति र त्यसको प्रचलित अन्तरराष्ट्रिय बजारभाउअनुसार प्रतिटन वा किलोग्राममा निश्चित रोयल्टी लिइने विभागले बताएको छ ।

Comments
Post a Comment