Skip to main content

Posts

Showing posts from March, 2012

संयुक्त आवास निर्माण स्वीकृती बढ्यो

हाउजिङ व्यवसाय पुनः उकालोतर्फ लागेको सङ्केत कृष्ण रिजाल चैत ७, काठमाडौं । चालु आर्थिक वर्षमा संयुक्त आवास निर्माणको लागि स्वीकृति लिने कम्पनीको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०६७÷६८ मा ३ ओटा कम्पनीले उपत्यकामा कुल ४ सय ८७ युनिटको संयुक्त आवास निर्माणका लागि स्वीकृति लिएका थिए । तर, चालु आवको चैतको पहिलो सातासम्म उपत्यकामा २ हजार ९२ युनिटको संयुक्त आवास निर्माणका लागि ८ कम्पनीले स्वीकृत लिइसकेको सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं डिभिजन कार्यालयको तथ्याङक छ ।  ‘निर्माण कार्यले गति लिन सकेको देखिएको छैन तर, स्वीकृति लिने कम्पनीको सङ्ख्या भने बढेको छ,’ डिभिजन कार्यालयका शाखा अधिकृत रोशन कुमार कठायतले अभियानसँग भने । व्यवसायीहरूले भने संयुक्त आवास निर्माण स्वीकृति बढ्नुलाई हाउजिङ व्यवसाय पुनः उकालो लागेको सङ्केतकोरूपमा लिएका छन् । आवास तथा घरजग्गा व्यवसायिले चलाएको ‘भ्यालु एड प्रोजेक्ट’का कारण हाउजिङ निर्माण स्वीकृति लिनेको सङ्ख्या बढेको आवास तथा घरजग्गा व्यवसायि सङ्घका महासचिव मिनमान श्रेष्ठले बताए । ‘आफ्ना कतिपय नबिकेका जग्गाहरू त्यसै राख्नु भन्दा च...

वैकल्पिक बजारको खोजीमा जस्तापाता उद्योग

.भुटान, बङ्गलादेशलगायत दक्षिण एशीयाली मुलुकमा समेत निर्यातको सम्भावना .सरकारले सहयोग गरे अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने कृष्ण रिजाल चैत ४, काठमाडौं । नेपालका जस्तापाता उद्योगले वैकल्पिक बजारको खोजी गरेका छन् । जस्तापता उद्योगहरूले उत्पादन वृद्धि, कच्चा पदार्थ (कोल्डरोल सिट)को उत्पादन तथा उत्पादनलाई विविधीकरण गर्ने कार्यको विस्तारसँगै वैकल्पिक बजारको लागि समेत सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । ‘अहिलेको उत्पादनले नेपाली बजारको मागलाई पुरा गरेको छ,’ राजेश मेटल क्राफ्टका  प्रबन्ध निर्देशक राजेश अग्रवालले अभियानसँग भने ‘तसर्थ उत्पादनको वृद्धि पश्चात हामीलाई वैकल्पिक बजारको खाचो पर्दछ ।’ भएका उद्योगले आफ्नो क्षमताको आधाभन्दा कम उत्पादन   गर्दा पनि नेपाल जस्तापातामा आत्मनिर्भर छ । हाल नेपालमा जस्तापाताको खपत वार्षिक करीब ६० हजार मेट्रिक टन रहेको छ । तर नेपालमा सञ्चालनरत  राजेश, हुलास, आरती र भगवती स्टिलको गरी वार्षिक करीब २ लाख मेट्रिक टन जस्तापाता उत्पादन गर्ने क्षमता छ । ‘सञ्चालनरत उद्योगले आफ्नो पूर्ण क्षमतामा उत्पादन थाल्ने हो भने बजार अभावको सम...

मार्बल व्यवसाय ६०% ले घट्यो

कृष्ण रिजाल चैत १, काठमाडौं । पछिल्लो समय निर्माणकार्यमा कमी आएपछि मार्बल व्यवसाय प्रभावित भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा अपार्टमेण्ट तथा संयुक्त आवास निर्माण करीब ५० प्रतिशतले घटेको व्यवसायीहरू बताउँछन् । त्यसैले यस वर्ष गत आवको तुलनामा मार्बल व्यवसाय ६० प्रतिशतले घटेको नेपाल मार्बल एशोसिएशनका अध्यक्ष सञ्जय अग्रवालले अभियानलाई बताए । व्यक्तिगत घर, भवन, हाउजिङ, अपार्टमेण्टलगायतको फ्लोरिङमा मार्बल प्रयोग गर्ने चलन बढे पनि मार्बल प्रयोग बढी हुने अपार्टमेण्ट तथा संयुक्त आवास निर्माण भने केही समययता सुस्ताएको छ । ‘अघिल्लो आवसम्ममा मार्बल व्यवसाय वार्षिक ३० प्रतिशतसम्मले बढेको थियो तर, यस वर्ष अपत्यारिलो ढङ्गले घटेको छ,’ अध्यक्ष अग्रवालले भने । मार्बलको ठाउँमा ग्रेनाइड तथा टायल प्रयोग बढ्दै गएकाले पनि यसको व्यवसाय घटेको नेपाल मार्बल एण्ड स्यानिटरी प्रालिका प्रबन्ध निर्देशक रीतेश शर्मा बताउँछन् । ‘घर तथा भवनको लागतमूल्य कम गराउन कतिपय उपभोक्ता मार्बल छाडी टायलमा आकर्षित भएका छन्,’ उनले भने, ‘त्यस्तै उच्चवर्गीय उपभोक्ताले मा...

हार्डडिस्क अभाव हट्यो, मूल्य पनि घट्दै

कृष्ण रिजाल , फागुन ३०, काठमाडौं । केही महीना अघिदेखि नेपाली बजारले झेल्दै आएको हार्डडिस्क अभावको समस्या अहिले लगभग मत्थर भएको छ । अहिले नेपाली उपभोक्ताले बजारमा सजिलै हार्डडिस्क पाउन थालेका छन् । करीब ४ महीनाअघि थाइल्याण्डमा आएको बाढीले त्यहाँ भएका लाखौं थान हार्डडिस्क नष्ट गरेपछि त्यसको प्रभाव नेपालमा पनि परेको थियो । बाढीले हार्डडिस्क उत्पादन गर्ने उद्योगहरूमा समेत क्षति गरेको थियो । अहिले थाइल्याण्डमा हार्डडिस्क उत्पादन शुरू भइसकेको र नेपालमा पनि क्रमिकरूपमा आयात बढ्दै गएकाले हार्डडिस्क अभाव कम हुँदै गएको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)का महासचिव नारायण न्यौपानेले अभियानलाई बताए । अभाव हटे पनि अभावसँगै बढेको हार्डडिस्को मूल्य भने घटेको छैन । ‘त्यसबेला हार्डडिस्कको मूल्य शतप्रतिशतले बढेको थियो, अहिले बजारमा बढेको मूल्यमै किनबेच भइरहेको छ,’ न्यूरोडका एक कम्प्युटर विक्रेताले अभियानसँग भने । तर, अहिले बढेको मूल्य भन्दा १० देखि १५ प्रतिशत कम मूल्यमा हार्डडिस्कको किनबेच भइरहेको क्यान महासचिव न्यौपानेले बताए । ‘डलरको भाउ उतारचढावले गर्दा हार्डडिस्कको भाउ पहिलेकै स्थित...

मोफसलतिर विस्तार हुँदै हाउजिङ

कृष्ण रिजाल,चैत २, काठमाडौं । काठमाडौं केन्द्रित हाउजिङ व्यवसाय मोफसलमा समेत विस्तार हुँदै गएको छ । अहिले पोखरा, चितवन, भैरहवा–बुटवल, वीरगञ्ज, हेटौंडा, विराटनगर, इटहरीलगायत शहरमा हाउजिङ व्यवसाय विस्तार हुँदै गएको सम्बन्धित व्यवसायीहरू बताउँछन् । ‘हाउजिङ व्यवसाय उपभोक्ताको मागअनुसार चल्दछ,’ नेपाल जग्गा तथा आवास विकास सङ्घका उपाध्यक्ष इच्छाबहादुर वाग्लेले अभियानसँग भने, ‘अहिले मोफसलमा समेत यसको माग बढेका कारण व्यवसाय त्यतातिर विस्तार हुँदै गएको हो ।’ काठमाडौं उपत्यकामा गरिएको लगानीको व्यवस्थापनपछि अधिकांश व्यवसायी मोफसल तर्फ लाग्ने उनले बताए । मोफसलमा सञ्चालित हाउजिङको कुल युनिट ८ सयभन्दा बढी पुगिसकेको व्यवसायीहरू बताउँछन् । मोफसलमा हाउजिङ व्यवसायको सम्भावना अथाह भए पनि मूल्य निर्धारणमा भने समस्या भएको उपाध्यक्ष वाग्लेले बताए । ‘मोफसलमा ३० लाखभन्दा बढी मूल्यबराबरको घरको माग कम हुने भएकाले त्यहाँ हाउजिङ ‘कष्ट इपेक्टिभ’ बनाउन समस्या परेको छ,’ उनले भने । व्यवस्थित शहरीकरणका लागि हाउजिङ अपरिहार्य भएकाले हाउजिङ व्यवसायलाई मोफसलमा समेत विस्तार गर्दै जानु पर्ने ग्रीन हिल सिटी...

धारासायी हुँदै नेपाली कपडा उद्योग

. कपडा उद्योगमा २५ अर्ब लगानी, १ लाख बढी आश्रित . दर्ता भएका १ सय ३९ मध्ये ३९ उद्योग मात्र सञ्चलनमा . यस्तै स्थिती रहेमा १ वर्षभित्र सम्पूर्ण उद्योग बन्द हुने . पुनः उत्थानको लागि पहल गर्न सरकारसँग माग कृष्ण रिजाल फागुन ३, काठमाडौं । पुनःउत्थानको पर्खाइमा रहेका नेपाली कपडा उद्योग लगभग बन्द हुने अवस्थामा पुगेका छन् । मूल्य तथा तौलमा न्यूनबीजिकरण भइ आयात हुने बस्तुसँगको प्रतिस्पर्धा, लोडसेडिङ, स्वदेशी कच्चा पदार्थमा लगाइएको भ्याट, चोरी पैठारीलगायत समस्याका कारण कपडा उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल कपडा उद्योग सङ्घका अध्यक्ष गोपाल प्रसाद क्षेत्रीले अभियानलाई बताए । सरकारले उल्लेखित समस्याको समाधानका लागि पहल नगरेमा १ वर्षको अवधिभित्र साना तथा ठूला लगानीका सम्पूर्ण कपडा उद्योग बन्द हुने उनले बताए । ‘यही स्थिती रही रहने हो भने नेपालमा पनि कपडा उद्योग थियो रे भन्ने दिन आउछ,’ उनले भने । न्यूनबिजिकरण र चोरी पैठारी भई नेपाल भित्रने चीन तथा भारतका उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यतानै मुख्य समस्या भएको उद्योगीहरू बताउँछन् । यसरी भित्रने कपडा भन्दा नेपाली उत्पादन तुलनात्मकरू...

ठूला कागज उद्योग बन्द हुने अवस्थामा

. यस्ता कागज उद्योगमा ४ अर्बको लगानी, १० हजार परिवा आश्रित . झुरा कागजको निर्यात प्रतिवन्ध तथा भ्याट फिर्ता गर्नुपर्ने उद्योगीको भनाई कृष्ण रिजाल माघ २८, काठमाडौं । कच्चा पदार्थको अभाव, लोडसेडिङ, अस्वभाविक कर तथा चोरी पैठारीबाटा आएका कागजसँग  प्रतिस्पर्धा गर्नुपर्नेलगायत समस्याका कारण नेपालका कागज उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन् । ‘उल्लेखित समस्या झेल्न नसकेकर हामीले भृकुटी कागज कारखाना बन्द गरेका हौ,’ एक वर्षअघि बन्द भएको भृकुटी कागज कारखानका सञ्चालक दिवाकर गोल्छाले भने । यस्ता समस्याको समयमै सम्बोधन गर्न सकिएन भने भएका उद्योग पनि बन्द हुन सक्ने उनको धारण छ । हाल नेपालमा एभरेष्ट, रिलायन्स, बाबा, अरविन्द पल्प एण्ड पेपर,  एमकेलगायत ५ ठूला कागज उद्योग सञ्चालनमा छन् ।  करीब ४ अर्बको लगानी रहेको यी कागज उद्योगमा १० हजार परिवार आश्रित रहेको उद्योगीहरू बताउँछन् । यति ठूलो लगानी रहेका स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुग्दा पनि सरकार मुखदर्शक मात्र हुदै आएको एभरेष्ट पेपर मिल प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सराफले बताए । ‘स्वदेशी पेपर मिल...

राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी लघु तथा घरेलु उद्योग प्रबद्र्धनमा समर्पित

कृष्ण रिजाल काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज शुक्रवारदेखि राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी आयोजना हुँदै छ । छाला जुत्ता तथा वस्तु उत्पादन गर्दै आएका लघु तथा घरेलु उद्योगको प्रबद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिने भएको आयोजक नेपाल छाला जुत्ता उत्पादक सङ्घले बताएको छ । ‘हाम्रो परम्परागत शीपको प्रबद्र्धन तथा प्रदर्शन गर्ने उद्देश्यले मेलाको आयोजना गरेका हौ,’ सङ्घका अध्यक्ष रामहरी तोलाङले भने । फागुन १० गतेसम्म आयोजना हुने प्रदर्शनीले छाला जुत्ता तथा बस्तुमा नेपाललाई आत्मनिर्भर बनाउन थप टेवा पु¥याउने अध्यक्ष तोलाङको विश्वास छ । मेलाले नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनप्रति आकर्षित गराई छाला जुत्ताको आयात न्यूनीकरण गर्न समेत सहयोग पु¥याउने मेला संयोजक तथा सङ्घका उपाध्यक्ष जीवन नेपालीले बताए । ५२ ओटा स्टल राखिने मेलामा स्वदेशी ब्राण्डका छाला जुत्ता, चप्पल, झोला, किरिङ, पर्सलगायत वस्तुहरूको प्रदर्शनी तथा विक्री गरिने छ । मेलामा थप आकर्षणकोरूपमा अपाङ्गमैत्री  जुत्ता तथा चप्पल प्रदर्शनीको लागि राखिएको छ । अपाङ्गमैत्री जुत्ता तथा चप्पल  प्रदर्शनीमा राखिएक...

फार्मेसी व्यवसायमा ८ अर्ब लगानी

·     em08} !) xhf/ kmfd]{;L lagf btf{sf ·     cf}iflw Joj:yf ljefu k|efjsf/L ePg ·     pkef]Qmfx¿ 7uLPsf] u'gf;f] s[i0f l/hfn kmfu'g !&, sf7df8f}+ . g]kfndf jflif{s s/La ¿= !^ ca{ a/fa/sf] cf}iflw vkt x'g] u/]sf] 5 . o:tf cf}iflwx¿ ljleGg kmfd]{;L dfkm{t ljqmL x'Fb} cfPsf] 5 .  t/, tL kmfd]{;Lx¿sf] lgoldt cg'udg tyf plrt lgodg x'g g;Sbf pkef]Qmfx¿ 7lub} cfPsf] clwsf/sdL{x¿ atfpF5g\ . …xfdLn] u/]sf] cg'ud0f tyf cWogdf !) k|ltzt kmfd]{;L dfq pkef]Qmf lxtcg';f/ ;~rfng/t ePsf] kfPsf 5f},Ú /fli6«o pkef]Qmf d~rsf cWoIf k|]dnfn dxh{gn] cleof;Fu eg] . w]/} h;f] kmd]{;Ldf plrt cf}iflw :6f]/ tyf ef}lts k"jf{wf/sf] cefj ePsf], nfO;]G; k|fKt kmfd]{l;i6sf] pkl:ytL kof{Kt gePsf] tyf  sltko kmfd]{;L bftf{ ;d]t geO{ ;~rfndf cfPsf] pgn] atfP . cf}iflw Joj:yf ljefusf] cg'ud0f tyf lgodg k|efjsf/L x'g g;Sbf pkef]Qmfx¿ 7uLO/x]sf] pgsf] egfO{ 5 . g]kfn cf}iflw Joj:yf ljefudf rfn' cfly{s jif{sf] k'; d;fGt;Dddf s/La !& xhf/ kmfd]{;L btf{ ePsf 5g\...

चार नयाँ चिनी उद्योग थपिँदै

कृष्ण रिजाल फागुन १६, काठमाडौं । नेपालका विभित्र स्थानमा चार नयाँ चिनी उद्योग स्थापना हुने भएका छन् । सिरहामा हिमालय चिनी मिल, सर्लाहीको धनकाउलामा अत्रपूर्ण सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रालि, मोरङको दुर्वासामा पद्मा सुगर एलाइड इण्डष्ट्री र नवलपरासीमा सीता सुगर मिल स्थापना हुने भएको हो । झण्डै ७ अर्ब रुपैयाँको लगानीमा स्थापना हुने यी चिनी उद्योगले करीब १ हजार ५ सयलाई रोजगारीसमेत दिनेछन् । नयाँ उद्योग स्थापनाले नेपाललाई चिनीमा पूर्ण आत्मनिर्भर बनाउने नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । एसएम गू्रपको लगानीमा सिरहामा स्थापना हुने हिमालय चिनी उद्योग आगामी २ वर्षभित्र सञ्चालनमा आउने उद्योगले बताएको छ । यसअघि एसएम गू्रपले एभरेष्ट सुगर मिल सञ्चालन गर्दै आएको छ । डेढ अर्ब रुपैयाँ लगानी रहने यस उद्योगको ल्याण्ड डेभलपमेण्टको कार्य भइरहेको सञ्चालक शशिकान्त अग्रवालले बताए । ५० बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगको उखु क्रशिङ क्षमता २५ सय टन प्रतिदिन रहेको छ । ‘उद्योगमा ४ सयदेखि ५ सयले रोजगार पाउने छन्,’ अग्रवालले भने । उच्च प्रविधिजडित यस उद्योगबाट १२ मेगावाट विद्युत्समेत उ...