कृष्ण रिजाल
चैत १७, काठमाडौं । विगत केही वर्षदेखि नेपालको चिकित्सा क्षेत्रपनि डिजिटलमय बन्दै गएको छ । नेपाली चिकित्सा क्षेत्रमा एनालगको सट्टामा डिजिटल चिकित्सा सामग्रीको प्रयोग बढ्दै गएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘नेपालमा अहिले वार्षिक करीब २० प्रतिशतले डिजिटल चिकित्सा सामग्रीको प्रयोग बढीरहेको छ’ केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन नेपाल (केमशन) का अध्यक्ष धिरज थपलियाले भने । अहिले नेपालमा वर्षिक ८० करोड रुपैयाँ भन्दा बढीको डिजिटल चिकित्सा सामग्रीहरुको खपत हुने गरेको उनले बताए ।
नेपालमा थर्ममिटर, रेडियोग्राफी, बिपि मेसिन, एक्सरे मेसिन, एनालाइजर, इलाइजा प्रोसेसर, रक्तचाप मनिटर्सलगायतका सानाठूला डिजिटल चिकित्सा सामग्रीको प्रयोग हुदैँ आएको छ । स्वस्थकर तथा वातावरणमैत्री भएकोले केमशनले पनि यस्ता सामग्रीको प्रयोगलाई जोड दिदै आएको छ । ‘डिजिटल सामग्रीको प्रयोग गर्दा रेडियसन र ओजोन इफेक्ट तथा वातावरणीय असर कम हुने भएकाले पनि यसको प्रयोगलाई बढवा दिन जरुरत छ’ अध्यक्ष थपलियाले भने । नायँ प्रविधिलाई आत्मासाथ गर्दै सरकारले पनि यस्ता सामग्रीको प्रयोगमा जोड दिनु पर्ने उनको विचार छ ।
छिटो तथा सरल हुने भएकोले डिजिटल चिकित्सा सामग्रीको प्रयोग बढ्दै गएको हो । ‘यसको प्रयोग गर्नको लागि मानिस दक्षनै हुनुपर्छ भन्ने छैन, सामान्यताया साधारण मानिसले पनि यस्ता सामग्री सञ्चालन गर्न सक्छन्’ सर्जिटेक प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक थापाले भनेले भने । एक्सरे, सिटि स्क्यानलगायतका ठूला चिकित्सा सामग्री अस्पताल तथा स्वस्थ्य सस्थाहरुमा खपत भइकरेको छ । तर, थर्ममिटर, बिपि मेसिन, रक्तचाप मेसिनलगायतका साना चिकित्सा सामग्रीको खपत भने व्यक्तिगत प्रयोजनको लागि बढी भइरहेको उनले बताए । त्रिपुरेश्वर स्थित सर्जिटेक प्रालिले नेपाली बजारमा सानाठूला सबैप्रकारका चिकित्सा सामग्रीको विक्री गर्दै आएको छ । अहिले एनालग प्रविधिमा आधारित चिकित्सा सामग्रीको माग कम हुदैँ गएको सर्जिटेकले बताएको छ ।
नयाँप्रविधिलाई आत्मासाथ गर्दै नेपालमा पनि डिजिटल चिकित्सा सामग्रीको प्रयोग बढ्दै गएको हो । ‘नेपालमा अहिले परिक्षण, उपचार तथा अप्रेसनमा प्रयोग हुने पूर्ण स्वचालित चिकित्सा सामग्रीको खपत बढीरहेको छ’ भण्डारी सर्जिकल हाउसका प्रबन्धक आर एस भण्डारीले भने । भण्डारी सर्जिकलले फुल अटोमेटिक एनालाइजा, इलाइजा प्रोसेसरलगायतका ल्यावमा प्रयोग हुने सामग्रीको विक्री गर्दै आएको छ । जनशक्ति तथा रनिङ कष्ट कम लाग्ने भएकोले पनि यस्ता सामग्रीको खपत बढ्दै गएको भण्डारी सर्जिकलले बताएको छ । कम्पनीले वार्षिक करीब डेढ करोड रुपैयाँका डिजिटल चिकित्सा सामग्रीको विक्री गर्दै आएको छ ।
बजारमा तीन रुपैया“देखि २५ करोड रुपैया“सम्ममा डिजिटल चिकित्सा समाग्री सजिलै उपलब्ध हुने केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन, नेपालले जानकारी दिएको छ । तर, एनालगको भन्दा डिजिटल चिकित्सा सामग्रीको मुल्य १० गुणसम्म बढी हुने गरेको छ । नेपालमा खपत हुने ७५ प्रतिशत चिकित्सा सामग्री चीन र भारतबाट आयात हुने गरेको छ । तर, ठूलाठूला सामग्रीमा भने तेस्रो देशका उत्पादनले बढी बजार लिएको बताइन्छ । स्वास्थ्य संस्था थपिँदै गएको र प्रविभिमोह बढ्दै गएकोले पनि डिजिटल चिकित्सा सामग्रीका व्यवासाय फस्टाउदै गएको भण्डारी सर्जिकलका प्रबन्धक भण्डारी बताउँछन् । नयाँ नयाँ चिकित्सा भित्राउँदा महङ्गो रकम लगानी थप्नु पर्ने भएकोले कतिपय अस्पतालले अझै एनालग प्रविधिमा आधारित पूराना चिकित्सा सामग्री प्रयोग गर्दै आएको केमशनले बताएको छ ।
Comments
Post a Comment