Skip to main content

मोनालिसामा १० भन्दा बढी ब्राण्डका कपडा

वैशाख ११, काठमाडौं (अस) । मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्समा १० भन्दा बढी ब्राण्डका कपडाहरू उपलब्ध छन् । कम्पनीले डोरमियल, लाइनेन, ओसियन, विन चिल, हुगो, भर्सा, जोन फोष्टर, जिग्नालगायत ब्राण्डका कपडाहरू विक्री गर्दै आएको छ । मोनालिसमा उपलब्ध त्यस्ता ब्राण्डेड कपडाका सुट, सर्टपाइण्ट, ओभरकोट, दौरा सुरुवाललगायतका पोशाक सिलाउने सेवासमेत उपलब्ध भएको यसका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम जोगाईले बताए ।

कम्पनीमा उपलब्ध यस्ता कपडाहरू कोरिया, भारत, हङकङ, सिङ्गापुर, थाइल्याण्डलगायतका मुलुकबाट आयात हुने उनको भनाइ छ । ग्राहकको मागअनुसार कम्पनीले यूरोप तथा अमेरिकाबाट पनि कपडाहरू आयात गर्ने गरेको छ । मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्सले ग्राहकको मागअनुसार जस्तोसुकै डिजाइनका पोशाक पनि तयार गर्न सक्ने बताएको छ । 'हामीसँग ५ हजारभन्दा बढी प्रकारका कपडाका डिजाइन भएको क्याटलग छ, ग्राहकले जस्तो भन्छन् त्यस्तै मगाउन सक्छौं’ जोगाईले भने । कम्पनीले उपलब्ध गराउने त्यस्ता कपडाको मूल्य ५ सयदेखि ४ हजार रुपैयाँ प्रतिमिटरसम्म रहेको छ ।

मोनालिसामा दक्ष तथा अनुभवी कालीगढ रहेकाले ग्राहकलाई स्तरीय डिजाइन र फिनिसिङ उपलब्ध गराउन सक्ने प्रमुख कार्यकारी अधिकृत जोगाईको भनाइ छ । जोगाईका अनुसार मोनालिसामा भारतबाट ल्याइएका डिजाइनर तथा कालीगढ छन् । उनीहरूले जस्तोसुकै डिजाइनका पोशाक तयार पार्न सक्ने उनको दाबी छ । मोनालिसामा विशेषगरी पुरुषले लगाउने सबै किसिमका पोशाकहरू तयार परिन्छ । यहाँ महिलाका लागि भने मागअनुसार मात्र पोशाक तयार गरिन्छ । मोनालिसा विशेषगरी सुटका लागि चर्चित छ । यहाँ सिलाइएका सुटहरू जस्तोसुकै शरीरका लागि पनि सुहाउने कम्पनीले बताएको छ ।

मोनालिसाले ग्राहकलाई विशेष छूटमा पनि कपडा तथा तयारी पोशाक उपलब्ध गराउने गरेको छ । यहाँ 'परिवार' र 'विद्यार्थी' गरी दुई प्रकारका छूटको व्यवस्था गरिएको छ । यसअर्न्तगत परिवारका सदस्यसहित कपडा खरीद तथा पोशाक सिलाइका लागि आएमा १० देखि २० प्रतिशत छूटको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीका लागि पनि करीब २० प्रतिशत छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ । मोनालिसामा विद्यार्थी, कर्मचारी, कलाकार, राजनीतिज्ञ, कूटनीतिज्ञलगायत सबैखाले ग्राहक आउने गरेको जोगाईले बताए । आफूले ग्राहकलाई सुपथ मूल्यमा उचित सेवासुविधा उपलब्ध गराउँदै आएकाले मोनलिसाका नियमित ग्राहक भएको उनको दाबी छ ।

मुख्य शोरूम त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेण्टरमा रहको मोनालिसाका हाल दईओटा शाखा छन् । ती शाखा टङ्गाल र महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा रहेको कम्पनीले बताएको छ । दुवै शाखामा सिलाइ तथा शर्टिङ सुटिङसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको जोगाईले बताए । हाल मोनालिसाका तीनै शोरूममा गरेर ५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

Comments

Popular posts from this blog

यसकारण भयो दूरसञ्चार प्राधिकरणमा अध्यक्ष झाःको पुननियुक्ती

दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगाम्बर झाको पुनः नियुक्ती किन भयो ? जान्नुस उनले गरेका कामहरु र उनका क्षमताहरु ः एनसेल र नेपालका टेलिकमको डुओपोली अन्त गर्छु भन्दै कुर्लिए तर, सकेनन् । गुणस्तर सुधार त परै जाओस अनुगमन पनि गरेनन् । कर्मचारी विनियमावलीमा विमति राख्दै कर्मचारीहरु महिनौं अनुगमनमा गएनन् । उनी मौन बसे । एकातिर टेलिफोन कम्पनीको मर्जर गर्ने भन्ने अनि अर्कातिर नयाँ ब्रोडब्याण्ड कम्पनी भित्र्याउने नीति बनाए । नेपाल–भारतबीचको टेलिफोन महसुल घटाउन सकेनन् । सेवा प्रादयको बिलिङमा व्यापक सुधार ल्याउछु भने तर केहि गर्न सकेनन् । ब्रोडब्याण्ड नीति र आईसीटी नीति कार्यान्वयनमा पूर्ण असफल । १. उनले संसदको निर्देशन विपरित एनसेललाई फोरजी दिए । २. संसदको निर्देशन र उद्योग विभागको सहमती विनानै एसनेललाई लाभांश लैजान दिए । ३. रोयल्टी र फ्रिक्वेन्सी शुल्क नतिरेको सीजी कम्युनिकेशन (एसटीएम)लाई दूरसञ्चार सेवाको एकीकृत अनुमति (युनिफाईड लाईसेन्स) दिए । ४. टेलिफोन सेवा नै सञ्चालन र विस्तार गर्न नसकेको यूटीएललाई मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछयाउन आरटीडीएफको करोडौं रुपैयाँ खर्च गर्न दिए । ५.प्लस ...
रिलायन्स स्पिनिङ मिल्समा डेढ अर्ब लगानी थप धनलक्ष्मीलाई पनि रिलायन्समै गाभिने   थप पौने ४ सयलाई रोजगारी कृष्ण रिजाल भदौ ९, काठमाडौं । नेपालकै ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्समा रू। १ अर्ब ४५ करोड ३४ लाख लगानी थपिने भएको छ । रिलायन्सको शाखा कारखाना स्थापना गर्न सो लगानी थप गरिने भएको हो । कारखानाले करीब दुई साताअघि उद्योग विभागमा सो रकम बराबरको लगानी रहने रिलायन्स स्पिनिङ मिल्सको शाखा ९युनिट टू ० दर्ता गराएको छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा गोल्यान ग्रूप र एमएस ग्रूपलगायतको संयुक्त लगानी रहेको छ । करीब ८० करोडको लगानीमा स्थापित रिलायन्समा अहिलेसम्म ३ अर्बजति लगानी पुगिसकेको एमएस ग्रूपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । कम्पनीले धनलक्ष्मी सेन्थेटिक लिमिटेडलाई समेत रिलायन्समै गाभेर रिलायन्सको शाखा कारखानाका रूपमा सञ्चालन गर्ने भएको छ । धनलक्ष्मी सेन्थेटिक लिमिटेडमा पनि एमएस र गोल्यान समूहकै लगानी रहेको छ । ‘प्रशासनिक खर्च कम गर्न हामीले धनलक्ष्मीलाई रिलायन्समै गाभ्ने भएका हौं,’ अग्रवालले भने, ‘कारखानाको उत्पादन क्षमता र प्रविधिमा भने...
‘सेज कानून साउनभित्रै’ कृष्ण रिजाल साउन २०, काठमाडौं । उद्योगमन्त्री अनिलकुमार झाले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी कानून साउनको अन्तिम सातासम्ममा ल्याउने बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले अध्यादेशमार्फत सो कानून ल्याउने बताएका हुन् । ‘सेजसम्बन्धी ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा करीब २ महीनाअघि नै पठाइसकेका छौं,’ मन्त्री झाले भने, ‘कानून मन्त्रालयले मस्यौदा फिर्ता दिएलगत्तै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गराएर अध्यादेश जारी गर्नेछौं ।’ कानून मन्त्रालयले यही साता उक्त मस्यौदा उद्योग मन्त्रालयमा फिर्ता पठाउने जानकारी कानूनका प्रवक्ता राजुमानसिंह मल्लले दिए । राष्ट्रपतिले अध्यादेशमार्फत देश चलाउँदा लोकतन्त्रको उपहास हुने बताइरहेका बेला मन्त्री झाले भने सो अध्यादेश ल्याएरै छाड्ने बताएका छन् । आर्थिक मुद्दासँग जोडिएको ऐन भएकाले यसमा कुनै दलले विरोध नगर्ने उनको दाबी छ । ‘सेजसम्बन्धी कानून ल्याउने कुरामा काङ्ग्रेस र एमाले पनि सकारात्मक छन् भने माओवादी त सरकारकै नेतृत्व गरिरहेको पार्टी हो,’ उनले भने, ‘समग्र अर्थतन्त्र विकासमा सरोकार राख्ने कानून भएक...
यूटीएलको अनुमति नबिकरण हुँदै, युनिफाइड लाइसेन्स पनि पाउने सरकारको निर्णय कानुनसम्मत भएन ः प्राधिकरण कृष्ण रिजाल असोज १५, काठमाडौं । युनाईटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमतिपत्र नबिकरण हुने भएको छ । यूटीएलले रोयल्टी बापतको तिर्न बाकी करीब डेढ अर्ब राजस्व किस्तामा तिर्न सहमती जनाएपछि उसको अनुमतिपत्र नबिकरण हुने भएको हो । मन्त्रीपरिषदको बिहीवारको निर्णयअनुसार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताको रकम लिएर यूटीएलको अनुमतिपत्र नविकरण गर्न तथा एकीकृत दुरसञ्चार सेवाको लाइसेन्स दिन निर्देशन दिएको थियो । ‘यूटीएलले पहिलो किस्ता वापतको २० करोड १२ लाख रुपैयाँ सोमवार बुझाएको छ,’ प्राधिकरणका प्रबक्ता कैलाश न्यौपानले भने, ‘अब उसको अनुमति  नबिकरण गर्ने वा नगर्ने सम्बन्धमा प्राधिकरणले मङ्गलवार निर्णय गर्ने छ ।’ तर, प्राधिकरण स्रोतका अनुसार सरकारले दिएको निर्देशनकै आधारमा यूटीएलको अनुमति नविकरण गर्ने तथा नयाँ अनुमति दिने सैद्दान्तिक निर्णय भइसकेको छ । लामो समयदेखि रोयल्टी नतिरेर विवाद निम्त्याएको यूटीएलको म्याद यही असोज १७ गते सकिदै छ । उसले अनुमति नविकरणको लागि लाग्ने शुल...
नेपाल ग्यास किन्न निम्बसले ऋण जुटायो कृष्ण रिजाल भदौ ३१, काठमाडौं । नेपाल ग्यास किन्न निम्बस होल्डिङ कम्पनीले ५७ करोड रुपैयाँ ऋण जुटाएको छ । ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा प्रभु फाइनान्स, प्राइम कमर्शियल बैङ्क र एनआईसी बैङ्क निम्बसलाई ऋण दिन सहमत भएका हुन् । यसमा ग्लोबलले रू। २७ करोड, प्रभुले रू। १२ करोड र प्राइमले रू। १८ करोड ऋण लगानी गर्न सैद्धान्तिक सहमति गरिसकेका छन् । एनआईसीले भने कति ऋण दिने भन्ने टुङ्गो लागिसकेको छैन । ऋण उपलब्ध गराउन सहमति जनाउने चारैओटा वित्तीय संस्थाले ग्यास प्लाण्टको अवलोकन गरिसकेका छन् । ‘ग्यास प्लाण्टको अवलोकन गर्ने कार्य आइतवारै सकिइसकेको छ,’ ऋण उपलब्ध गराउनेमध्येको एक बैङ्कका उच्च अधिकारीले अभियानलाई भने, ‘अबको तीन÷चार दिनमै यससम्बन्धी अन्तिम सहमति हुने छ ।’ ग्यास कम्पनी कित्र निम्बसलाई बैङ्कहरूले कर्पोरेट, ओभरड्राफ्ट र टर्म गरी छुट्टाछुट्टै किसिमका ऋण उपलब्ध गराउने सहमति गरेका छन् । यसअनुसार १० दशमलव ५ प्रतिशतदेखि १३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । निम्बसलाई ऋण उपलब्ध गराउने प्रस्ताव प्राइम बैङ्कको सञ्चालक समितिमा आइनसकेको प्राइमका सञ्चालक ...