Skip to main content

Posts

Showing posts from May, 2012
३० जिल्लामा ब्राञ्चलेस बैङ्किङ कृष्ण रिजाल जेठ १४, काठमाडौं । वित्तीय पहँुच नपुगेका क्षेत्रमा साञ्चालित ब्राञ्चलेस बैङ्किङ सेवा विस्तार हुँदै गएको छ । अहिले विभिन्न ३० जिल्लाका ५० भन्दा बढी गाविसमा ब्राञ्चलेस बैङ्किङ सेवा पुगिसकेको छ । हाल एभरेष्ट, सिद्धार्थ र मेगा बैङ्कले ब्राञ्चलेस बैङ्किङ सेवाका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिएको राष्ट्र बैङ्कका प्रवक्ता भाष्करमणी ज्ञवालीले बताए । तीन ओटा वाणिज्य बैङ्कले सञ्चालनमा ल्याएको ब्राञ्जलेस बैङ्किङ सेवाबाट वित्तीय पँहुच नपुगेका विभिन्न क्षेत्रका २० हजार बढी उपभोक्ता लाभान्वित भएका छन् । हाल नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत जनता वित्तीय पहुँच बाहीर छन् । भौगोलिक जटिलता तथा अर्थतन्त्रले सही गति लिन नसक्दा बैङ्किङ पहुँचलाई विस्तार गर्न नसकिएको सरोकारवालाहरू बताउँछन् । यस्तो अवस्थामा वित्तीय पहँुच विस्तारका लागि ब्राञ्चलेस बैङ्किङ सवैभन्दा उपयुक्त माध्यम भएको बैङ्कहरूको दाबी छ । ‘ब्राञ्चलेस बैङ्किङ खासगरी बैङ्कका शाखा पुग्न नसकेका क्षेत्रमा सञ्चालन गरिन्छ र यसको लक्षित ग्राहक पनि वित्तीय पहँुचमा नपुगेका जनतानै हुन्,’ एभरेष्ट बैङ्कका ...
यो मन त मेरो नेपाली हो................... जसो गर जे गर जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो.............. कृष्ण रिजाल जेठ १०, काठमाडौं । बुधवार दरवारमार्गमा आयोजित राष्ट्रिय सद्भाव सभामा एड्रिन प्रधानले यो गीत गाउँदा उपस्थित  हजारौं नेपालीले राष्ट्रिय झण्डासहित हात उचालेर समर्थन गरे । उनीहरूले स्वरमा स्वर थप्दै एकै स्वरमा भने ‘यो मन त मेरो नेपाली हो ।’ विभिन्न राजनीतिक दल, तीनका भातृ संस्था र जाजीय सङ्गठनहरूले राष्ट्रिय सदभाव खलबलाउने गरी राज्य पुर्नसंरचनाको माग गरिरहदा सद्भाव सभमा उपस्थित हजारौं नेपालीले राष्ट्रिय झण्डा फहराउँदै नेपाली एकताको माग राखे । उनीहरूले ‘हिमाल पहाड तराई, कोही छैन पराई’, मेचीदेखि महाकाली, हामी सबै नेपाली’, ‘नेपाली जनता के भन्छन, संविधान ले भन्छन’लगायत नारा लगाएका थिए । सभामा विभिन्न जात, धर्म, भाषा र समुदायका युवा र प्रौढको मात्र नभई बालबालीका तथा बृद्धबृद्धाको समेत उपस्थिती रहेको थियो । नेपाली विविधता भित्रको एकतालाई सभामा उपस्थितहरूले छर्लङ पारिदिएका थिए । र, राष्ट्रिय सदभाव खलबलाउने गरी राजनीति गर्ने दल र दलका नेतालाई खवरदारी गरिरहेका थिए । ‘जब ...
‘वेष्टारका फ्ल्याट तोकिएको भन्दा चाडो ग्राहकले पाउँछन्’ सरकारले नीतिलाई खुकुलो गराइदिदा पनि रियलइस्टेट तथा हाउजिङ व्यवसायले गति लिन सकेको छैन ।  स्वीकृत पाएका हाउजिङकले पनि निर्माणलाई गति दिन सकेका छैनन् । अहिले कुल हाउजिङको जम्मा ३३ प्रतिशत मात्र बुकिङ भएको छ । हाउजिङ व्यवसायले अझै गति लिन नसकिरहे पनि यस वेष्टारले भने वैशाख २१ देखि वेष्टारको दोस्रो टावरका फ्ल्याटहरूको बुकिङ पनि खुल्ला गरेको थियो । गोल्यान समूहद्वारा प्रवद्र्धित वेस्टार प्रोपर्टिज प्रालिले ललितपुरको बालकुमारीमा निर्माण गरिरहेको वेष्टारको पहिलो र दोस्रो टावरको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, तेस्रो र चौथौं टावरको निर्माण पनि ६ महीनाभित्रमै सकिने वेष्टार प्रपर्टिजका अध्यक्ष पवनकुमार गोल्यान बताउँछन् । यसै सेरोफेरोमा रहेर आर्थिक अभियानका संवाददाता कृष्ण रिजालले गोल्यानसँग गरेको अन्तरवार्ताको सार ः ड्ड    सरकारले नीतिलाई खुकुलो गराइदिदा पनि रियलइस्टेट तथा हाउजिङ व्यवसायले गति लिन नसक्नुको कारण के हो ? खासमा सरकारले हाउजिङ र रियलईष्टेटलाई एकै स्थानमा राखेर हेर्ने गरेकाले पनि हाउजिङ व्यवसायले गत...
डेढ अर्ब लगानी थप्दै साल्ट टे«डिङ कृष्ण रिजाल वैशाख २०, काठमाडौं (अस) । साल्ट टे«डिङ कर्पोरेशनले विभिन्न क्षेत्रमा गरी झण्डै डेढ अर्ब लगानी थप्ने तयारी गरेको छ । पेट्रोल पम्प तथा शपिङ कम्प्लेक्स स्थापना, ग्यास तथा सिड प्लाण्टको क्षमता विस्तार र मोरङ सुगर मिल्सको पुनः सञ्चालनका लागि लगानी थप्ने तयारी गरेको  कर्पोरेशनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले जानकारी दिइन् । कर्पोरेशनले काठमाडौं लगायत मुख्य–मुख्य शहरहरूमा पेट्रोल पम्प र थप ग्या“स प्लाण्टहरू सञ्चालन गर्न अध्ययन प्रारम्भ गरेको छ । यसमध्ये विर्तामोड र सिमरामा एक वर्षभित्रमा सञ्चालनमा ल्याउने गरी पम्म स्थापनाको तयारी गरेको श्रेष्ठले जानकारी दिइन् । ‘हाम्रो माष्टर प्लान त नेपालभर गरी झण्डै १ सय ओटा पेट्रोल पम्प स्थापना गर्ने हो,’ कर्पोरेशनका डिभिजनल म्यानेजर पंकज जोशीले भने,  ‘शुरूमा दुई÷तीन ओटा पम्प सञ्चालनमा ल्याउने र थप पम्म स्थापनालाई निरन्तरता दिने योजना कर्पोरेशनले बनाएको छ ।’ त्यस्तै, कर्पोरेशनले विर्तामोडमै सुविधा सम्पन्न शपिङ कम्प्लेक्स स्थापनाको तयारी समेत गरेको छ । दुई पेट्रोल पम्प  र सपिङ कम्प्लेक्स स्थापना...
सेण्ट्रल पार्क अपार्टमेण्ट हस्तान्तरण भदौंमा कृष्ण रिजाल वैशाख ३०, काठमाडौं । सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्टको पहिलो चरण अन्तर्गतका फ्ल्याटहरू (युनिटहरू) चार महीनाभित्र ग्राहकलाई हस्तान्तरण गरिने भएको छ । काठमाडौंको विशालनगरमा निर्माणाधिन सो अपार्टमेण्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माणपक्षले जानकारी दिएको छ । जम्मा तीन ओटा टावरमा कुल १ सय ८९ युनिट निर्माण गरिने सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्टको पहिलो चरण अन्तर्गतको एउटा टावरको ९० प्रतिशत काम सकिएको अपार्टमेण्टका फाइनान्स म्यानेजर मनोज बस्नेतले अभियानलाई बताए । ‘जतिसक्दो चाडो फिनिशिङ गरेर ग्राहकलाई अपार्टमेण्ट हस्तान्तरण गर्ने योजना बनाएका छौं,’ उनले भने । अन्य दुईओटा टावरको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै बस्नेतले दोस्रो चरणअन्तर्गतका अपार्टमेण्ट आगामी सात महीनाभित्रमा हस्तान्तरण गरिने बताए । क्लिन डेभलपर्स प्रालिले विशालनगर–४  स्थित करीब १८ रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको सेण्ट्रल पार्क प्रिमियम अपार्टमेण्ट विशेषगरी मध्यम तथा उच्चवर्ग लक्षित भएको कम्पनीले बताएको छ । हालसम्म अपार्टमेण्टको ...
इञ्जेक्टिभ औषधि उत्पादन गर्दै लोमस कृष्ण रिजाल वैशाख २१, काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिले इञ्जेक्टिभ मेडिसिन (इञ्जेक्सन मार्फत प्रयोग गरिने औषधि) उत्पादनको तयारी गरेको छ । झोल, ट्याब्लेट, मलहमलगायत गरी झण्डै २ सय ७५ थरीका औषधि उत्पादन गर्दै आएको लोमसले करीब २५ प्रकारका इञ्जेक्टिभ औषधि उत्पादनको तयारी गरेको हो । ‘इञ्जेक्टिभ मेडिसिनका लागि आवश्यक भौतिक पूर्वाधारदेखि ल्याब, मेशिन, कच्चा पदार्थलगायत सवै सामग्री उपलब्ध छन्,’ लोमसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदिपजङ्ग पाण्डेले भने, ‘पाँच महीनाभित्र उत्पादन गरीसक्ने योजना बनाएका छौं ।’ काठमाडौंको गोठाटारमा रहेको लोमस फर्मास्युटिकल्सले अहिले सरकारको लागि सेटोफेन ट्याब्लेट समेत उत्पादन गर्दै आएको छ । सरकारले गरेको प्यारासिटामोल उत्पादनको टेण्डर आव्हानमा लोमसको प्रस्ताव स्वीकृत भएको थियो । सोहीअनुसार लोमसले सरकारलाई तीनवर्षसम्म वार्षिक ८ करोड ३६ लाख ट्याबलेट उपलब्ध गराउने छ । सेटोफेन ब्राण्डको उक्त ट्याब्लेट प्रति गोटा ३४ पैसामा सरकारलाई उपलब्ध गराउने सम्झौता भएको जानकारी दिइएको छ । सरकारले उक्त ट्याबलेट सर्वसाधारण जनतालाई विभिन्न स...
ग्राण्डी हस् पिटल अगष्टदेखि सञ्चालनमा आउदै कृष्ण रिजाल वैशाख १७, काठमाडौं । सीई कन्ष्ट्रक्सनले काठमाडौंको टोखामा निर्माण गरिरहेको ग्राण्डी हस्पिटल सन् २०१२को अगष्टदेखि सञ्चालनमा आउने भएको छ । करीब रू. २ अर्ब ६५ करोड कुल लागनी रहेको हस्पीटलको भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको सीई कन्ष्ट्रक्सनका प्रबन्ध निर्देशक विजय राजभण्डारीले अभियालाई बताए । ‘भौतिक पूर्वाधार निर्माणका साथै आवश्यक अन्य तयारी गरिरहेका छौं,’ उनले भने, ‘आगामी अगष्टमा ‘सफ्ट ओपनिङ’ गर्नेछौं ।’ २ सय शैयाको ग्राण्डी हस्पिटलमा १२ ओटा आईसीयू बेड, ६ ओटा डाइलेक्सेस र ८ ओटा शल्यक्रिय कक्ष रहने छन् ।  जम्मा १४ तलाको उक्त हस्पिटलमा ९ ओटा लिफ्ट, ३ ओटा भ¥याङ र ८ ओटा मोडुलर ओटी रहेको छ । झण्डै ३ लाख वर्गफिट क्षेत्रफलमा बनिरहेको हस्पिटल भौतिक पूर्वाधार, स्वस्थ्य सुविधा तथा हस्पिट्यालिटिमा अन्तरराष्टियस्तरको भएको राजभण्डारीको दाबी छ । त्यस्तै, हस्पिटलमा बैङ्किङ सुविधा, इण्टरनेट, क्याफेलगायत अन्य सुविधा पनि रहने जानकारी दिइएको छ । भुकम्प प्रतिरोधात्मक भनिएको यस हस्पिटलको  संरचना अपाङ्गमैत्री समेत रहेको छ । बाल...