Skip to main content

Posts

Showing posts from June, 2012
पुनरुत्थान कुर्दै नेपाली ब्याट्री उद्योग १० उद्योगमध्ये २ ओटा मात्र सञ्चालनमा उद्योगलाई अनुदान दिन र स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्न उद्योगीहरूको माग कृष्ण रिजाल फागुन १४, काठमाडौं । बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली ब्याट्री उद्योग समस्यामा परेका छन् । पाँच वर्षअघिसम्म झण्डै १० ओटा त्यस्ता उद्योग भएकामा अहिले दुई ओटामात्र सञ्चालनमा रहेका छन् । ‘आयातीत कच्चा पदार्थ र लोडशेडिङका कारण उत्पादन लागत बढ्न गई बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको छ,’ सञ्चालनमा रहेका दुईमध्येका एक भगवती कार्बाइड इण्डष्ट्रिजका प्रबन्ध निर्देशक गौरब अग्रवालले अभियानसँग भने । उद्योगलाई सरकारले अनुदान दिने र नेपाली उत्पादनलाई नै प्रयोग गर्ने नीति ल्याएमा मात्र ब्याट्री उद्योगको पुनरुत्थान हुनसक्ने उनको भनाइ छ । भगवती कार्बाइडबाहेक सञ्चालन रहेका अर्को उद्योग कुलायन ब्याट्री इण्डष्ट्रिज हो । यी दुई उद्योगले सोलार ब्याष्ट्रि र ड्राइसेल ब्याट्री मात्र उत्पादन गर्दैआएका छन् । न्यून बिजकीकरण भई नेपाल भित्रिने विदेशी उत्पादनसँगको प्रतिस्पर्धाले सञ्चालनरत उद...
२० हजार टन चिनी आयातको निर्णय गुञ्ज\कृष्ण असार ७, काठमाडौं । सरकारले दशैंतिहारजस्ता चाडपर्वमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल ट्रेडिङ लिमिटेडलाई २० हजार टन चिनी आयात गर्न दिने निर्णय गरेको छ । सरकारको अर्धस्वामित्वमा रहेका यी दुई संस्थालाई उक्त परिमाणको चिनी असोज मसान्तभित्रै ल्याउन निर्देशन आएको साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । ‘सरकारले १ प्रतिशत भन्सार महशुल सुविधामा उक्त चिनी आयात गर्न दिने निर्णय गरेको हो,’ उनले भनिन्, ‘सामान्य रूपमा चिनी आयात गर्न अहिले १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।’ मन्त्रिपरिषद्को जेठ ११ गते बसेको बैठकले यी दुई संस्थालाई सहुलियत दरमा चिनी ल्याउन दिने निर्णय गरेको थियो । सोहीअनुसार यी दुवै संस्थालाई पत्र आएको नेशनल ट्रेडिङका आयात विभागका निमित्त महाशाखा प्रमुख श्यामकुमार श्रेष्ठले बताए । सरकारको निर्णयअनुसार साल्ट ट्रेडिङले १५ हजार टन र नेशनल ट्रेडिङले ५ हजार टन चिनी आयात गर्ने भएका छन् । दशैंतिहारजस्ता ठूला चाडपर्वमा हुन सक्ने सम्भावित अभावलाई ध्यानमा राखेर सरकारले चिनी आयात गर्न दिने निर्णय गरेक...
घरेलु तथा साना उद्योग सञ्चालन प्रस्ताव सङ्ख्या घट्यो, लगानी उस्तै कृष्ण रिजाल असार ४, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम आठ महीनामा घरेलु तथा साना उद्योग विभाग अन्तर्गतका २७ जिल्लामा कुल ७ हजार ५० ओटा उद्योग सञ्चालनको प्रस्ताव आएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब १४ प्रतिशत कमी हो । समिक्षा अवधिमा अघिल्लो आवको भन्दा करीब रू. २ करोड कम अर्थात कुल ९ अर्ब ६१ करोड रुपैयाँ लगानी रहेका उद्योग सञ्चालनको प्रस्ताव आएको हो । खासगरी औद्योगिक वातावरण विग्रदै जाँदा घरेलु तथा साना उद्योगमा लगानी घटेको नेपाल घरेलु तथा सना उद्योग महासङ्घकी अध्यक्ष लता प्याकुरेलको भनाई छ । ‘राजनैतिक अस्थितरता तथा उर्जा र जनशक्ति अभावले भएका उद्योग नै बन्द हुँदै गएका छन, यस्तो अवस्थामा नयाँ उद्योग आउने सम्भावना कम हुन्छ,’ उनले भनिन् । समिक्षा अवधिमा सञ्चालनको लागि प्रस्तावित उद्योगमध्ये ५ हजार ९ सय ८२ ओटा प्राइभेट फर्म, ६ सय ८९ ओटा प्रालि र ३ सय ७९ ओटा साझेदारीका भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष प्रालि, साझेदारी र प्राइभेट फर्म  गरी तीनै प्रकारका उद्योग सञ्चालनको प्रस्ताव घटेको छ । विभागले तर...
विदेशीलाई उद्योग सञ्चालन स्वीकृति ५ दिनमै कृष्ण रिजाल जेठ ३२, काठमाडौं । विदेशी लगानी कर्ताहरूले नेपालमा उद्योग सञ्चालनको लागि उद्योग विभागबाट ५ दिनमै स्वीकृति पाउने भएका छन् । यसअघि उनीहरूले स्वीकृतिका लागि एक महीनासम्म कुर्नुपर्ने बाध्यता थियो । लगानीकर्तालाई एउटा शाखाबाट अर्को शाखामा गइरहनुपर्ने झण्झटबाट मुक्त गराउँन तथा कर्मचारी भष्टचार रोक्न स्वीकृती दिने समयअवधिलाई घटाएको विभागका निर्देशक विपिन राजभण्डारीले बताए । ‘उद्योग सञ्चालन स्वीकृतिका लागि पहिले उद्योगिहरूले २२ तह पार गर्नुपथ्र्यो अहिले त्यसलाई घटाएर १४ तहमा झारेका छौं,’ उनले भने । आवश्यक कागजपत्र तथा पक्रिया पु¥याएका लगानीकर्तालाई उद्योग सञ्चालन स्वीकृती ढिलोमा १० दिन भित्रमा दिइने उनले बताए । यसअघि विश्व बैङ्कले गरेको अध्यनअनुसार विभागले  उद्योग सञ्चालनको स्वीकृति दिन महीनादिन भन्दा बढी लगाउने गरेको देखाएको थियो । सरोकारवालाहरूले विभागको कामलाई चुस्त बनाई विदेशी लगानीकर्तालाई चाडो र सरल सेवा दिन सुझाव दिदै आएका थिए । उद्योग सञ्चालन स्वीकृतिको लागि कुर्दाकुर्दा दिक्क लागेर विदेशी लगानीकर्ताहरू अन्य देशमै लगानी गर्न जा...
बीओए–एनआईसी मर्जर प्रक्रिया शुरू कृष्ण रिजाल जेठ २४, काठमाडौं । बैङ्क अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैङ्क लिमिटेडबीच मर्जरको प्रक्रिया शुरू भएको छ । राष्ट्र बैङ्कले करीब दुई महीना अघि दुवै बैङ्कका सञ्चालकलाई बोलाएर मर्जरमा जान सुझाव दिएपछि बैङ्कहरूले मर्जर प्रक्रिया अगाडि बढाएका हुन् । एउटै परिवार, फर्म वा व्यापारिक घरनाको लगानी रहेको वित्तीय संस्था गाभिनु पर्ने राष्ट्र बैङ्कको नीतिअनुसार एनआईसी र बीओएले मर्जर प्रक्रिया शुरू गरेको एनआईसी स्रोतले बताएको छ ।  दुबै बैङ्कमा विशला ग्रूपको ठूलो शेयर हिस्सा रहेको छ । एउटै व्यापारिक घरणाको बढी लगानी रहेकाले पनि एनआईसी र बीओए मर्ज हुने निश्चितप्रायः भएको बीओए स्रोतले बताएको छ । अहिले दुवै बैङ्कले छुट्टाछुट्टै उपसमिति बनाएर आपसमा मर्ज हुने सम्भवानको बारे अध्यन गरिरहेको बताएका छन् । बीओएले एनआईसीसँग मर्ज हुन इच्छुक रहेको जानकारी दिदै एनआइसीमा पत्र समेत पठाएको छ । ‘हामीले हालसालै बीओएले पठाएको पत्र प्राप्त गरेका छौं,’ एनआईसीका सञ्चालक राजेन्द्र अर्यालले अभियानसँग भने । यसअघिनै सम्पन्न एनआईसीको साधारण सभाले उपयुक्त बैङ्क वा वत्तिय संस्थासँग...