Skip to main content

Posts

Showing posts from 2011

एनालग विस्थापन गर्दै डिजिटल चिकित्सा सामग्री

कृष्ण रिजाल चैत १७, काठमाडौं । विगत केही वर्षदेखि नेपालको चिकित्सा क्षेत्रपनि डिजिटलमय बन्दै गएको छ । नेपाली चिकित्सा क्षेत्रमा एनालगको सट्टामा डिजिटल चिकित्सा सामग्रीको प्रयोग बढ्दै गएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘नेपालमा अहिले वार्षिक करीब २० प्रतिशतले डिजिटल चिकित्सा  सामग्रीको प्रयोग बढीरहेको छ’ केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन नेपाल (केमशन) का अध्यक्ष धिरज थपलियाले भने । अहिले नेपालमा वर्षिक ८० करोड रुपैयाँ भन्दा बढीको डिजिटल चिकित्सा सामग्रीहरुको खपत हुने गरेको उनले बताए । नेपालमा थर्ममिटर, रेडियोग्राफी, बिपि मेसिन, एक्सरे मेसिन, एनालाइजर, इलाइजा प्रोसेसर, रक्तचाप मनिटर्सलगायतका सानाठूला डिजिटल चिकित्सा सामग्रीको प्रयोग हुदैँ आएको छ । स्वस्थकर तथा वातावरणमैत्री भएकोले केमशनले पनि यस्ता सामग्रीको प्रयोगलाई जोड दिदै आएको छ । ‘डिजिटल सामग्रीको प्रयोग गर्दा रेडियसन र ओजोन इफेक्ट तथा वातावरणीय असर कम हुने भएकाले पनि यसको प्रयोगलाई बढवा दिन जरुरत छ’ अध्यक्ष थपलियाले भने । नायँ प्रविधिलाई आत्मासाथ गर्दै सरकारले पनि यस्ता सामग्रीको प्रयोगमा जोड दिनु पर्ने उनको विचार छ । ...

मोनालिसामा १० भन्दा बढी ब्राण्डका कपडा

वैशाख ११, काठमाडौं (अस) । मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्समा १० भन्दा बढी ब्राण्डका कपडाहरू उपलब्ध छन् । कम्पनीले डोरमियल, लाइनेन, ओसियन, विन चिल, हुगो, भर्सा, जोन फोष्टर, जिग्नालगायत ब्राण्डका कपडाहरू विक्री गर्दै आएको छ । मोनालिसमा उपलब्ध त्यस्ता ब्राण्डेड कपडाका सुट, सर्टपाइण्ट, ओभरकोट, दौरा सुरुवाललगायतका पोशाक सिलाउने सेवासमेत उपलब्ध भएको यसका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम जोगाईले बताए । कम्पनीमा उपलब्ध यस्ता कपडाहरू कोरिया, भारत, हङकङ, सिङ्गापुर, थाइल्याण्डलगायतका मुलुकबाट आयात हुने उनको भनाइ छ । ग्राहकको मागअनुसार कम्पनीले यूरोप तथा अमेरिकाबाट पनि कपडाहरू आयात गर्ने गरेको छ । मोनालिसा एक्सक्लुसिभ टेक्सटाइल्सले ग्राहकको मागअनुसार जस्तोसुकै डिजाइनका पोशाक पनि तयार गर्न सक्ने बताएको छ । 'हामीसँग ५ हजारभन्दा बढी प्रकारका कपडाका डिजाइन भएको क्याटलग छ, ग्राहकले जस्तो भन्छन् त्यस्तै मगाउन सक्छौं’ जोगाईले भने । कम्पनीले उपलब्ध गराउने त्यस्ता कपडाको मूल्य ५ सयदेखि ४ हजार रुपैयाँ प्रतिमिटरसम्म रहेको छ । मोनालिसामा दक्ष तथा अनुभवी कालीगढ रहेकाले ग्राहकलाई स्तरीय ड...

‘द फ्रेस हाउस’ स्वस्थ तथा ताजा मासुका लागि

मङ्िसर २१, काठमाडा ंै । ‘फ्रसे एण्ड फ्रेण्ड्ली’ नाराका साथ एक साताअघि स्थापना भएको द फ्रेस हाउस इण्टरनेशनल प्रालि एकै छानामुनि विभिन्न पशुपक्षीका मासु पाइने ‘मिट स्टोर’ हो । ‘द फ्रेस हाउस नेपालमा विक्री गर्न पाइने जुनसुकै पशुपक्षीको मासु पनि पाइने स्टोर हा,े’ कम्पनीका पब्र न्ध निदर्शे क बिलामे खनालले भने । विभिन्न जातका माछाका साथै खसी, कुखुरा, राँगा, बँदेललगायत पशुका ताजा, सफा तथा स्वस्थ मासुका लागि द फ्रेस स्टोर उपयुक्त गन्तव्य भएको उनको दाबी छ । भाटभटेनी कम्प्लेक्समा रहेको द फ्रेस हाउसमा दुईओटा ‘इन्सेक्ट किलर’ जडान गरिएको छ । यसले स्टारे भित्र छिर्न े किराहरूलाई आफूतिर तानरे मार्न े काम गर्छ । ‘यसले गर्दा मासुमा झिँगा, पुतली, भुसुना, लामखुट्टेलगायत किरा बस्न पाउँदैन र मासु स्वस्थ हुन्छ,’ खनालले भने । त्यस्तै, यहाँ मासुलाई स्टोर गर्नको लागि ‘कोल्ड रूम’को व्यवस्था गरिएको छ । यसले मासुलाई शून्यदेखि चार डीग्री सेल्सियसको तापक्रममा राख्दछ । यस्तो तामक्रममा स्टोर गरिएको मासु बढी ताजा तथा स्वस्थ हनु े पब्र न्ध निदर्शे क खनालको भनाइ छ । द फ्रेस हाउसले मासुको डिस्प्ल ...

शहरतिर सौर्य ऊर्जा प्रणाली

मङ्सिर १९, काठमाडौं । ग्रामीण क्षेत्रमा निकै प्रभावकारी बनेको सौर्य ऊर्जा प्रणाली (सोलार सिष्टम)को प्रयोग शहरी इलाकामा समेत बढेको छ । उपभोक्ताले लोडशेडिङको विकल्पका रूपमा सोलार सिष्टमलाई लिन थालेपछि शहरी क्षेत्रमा यसको माग बढेको व्यवसायीहरू बताँउछन् । अहिले शहरी क्षेत्रका १२ हजारभन्दा बढी घरमा सोलार सिष्टम जडान भइसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सोलार शाखा प्रमुख मधुसुदन अधिकारीको अनुमान छ । सोलार सिष्टमप्रतिको चेतना अभिवृद्धि हुँदै गएकाले शहरतिर पनि यसको प्रयोग बढेको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका महासचिव किरण गौतम बताउँछन् । सङ्घका अनुसार काठमाडौंका साथै पोखरा, नारायणघाट, बुटवल, विराटनगर, हेटौंडा, वीरगञ्ज, नेपालगञ्जलगायत शहरमा सोलार सिष्टमको माग बढेको छ । ‘अहिले शहरमा मात्रै मासिक करीब ३ सय घरधुरीमा सोलार सिष्टमको जडान हुने गरेको छ,’ महासचिव गौतमले भने । वातावरणको संरक्षण गर्न, विद्युत् आपूर्तिलाई सहज बनाउन तथा लोडशेडिङ घटाउन इन्भर्टर तथा जेनेरेटरलाई विस्थापन गर्दै सोलार सिष्टमको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘सरकारले शहरका सडक, कम्प्युटरलगायत विद्युतीय सामग्री ...