ग्याँस वितरणमा डेढ अर्ब लगानी , व्यवसायिद्वारा पहिचानको माग कृष्ण रिजाल वैशाख ९, काठमाडौं । नेपालमा एलपी ग्याँस वितरणमा मात्रै डेढ अर्ब रुपैयाँ बारबरको लगानी पुगेको छ । उद्योगबाट उत्पादन भएका ग्याँसको वितरण गर्दै आएका कम्पनीको सङ्ख्या नै २ सय बढी पुगेका छन् । तर, वितरकहरूले आफ्नो पहिचान भने पाउन सकेका छैनन् । ‘उद्योगबाट उत्पादित ग्याँस विक्रेतासम्म ल्याइपु¥याउने हामी वितरकहरूको पहिचान नै छैन,’ ग्याँस वितरक सङ्घका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले अभियानसँग भने । आन्तरिक ढुवानी भाडाको नाममा आयल निगमले उद्योगहरूलाई दिएको कमिशन लिएर वितरकहरूले ग्याँसको वितरण गर्दै आएका छन् । हाल निगमले उद्योगहरूलाई आन्तरिक ढुवानीको नाममा प्रति सिलिण्डर २५ रुपैयाँ ६५ पैसा कमिशन दिने गरेको छ । सोही कमिशन लिएर वितरकहरूले ग्याँसलाई डिपोसम्म पु¥याउने गरेका छन् । त्यसको लागि उनीहरूले ग्याँस बोक्ने गाडी, स्टक सिलिण्डर, मार्केटिङ तथा जनशक्तिलगायतमा लगानी गर्दै आएका छन् । हामीले ठूलो लगानी समेत गरेर प्यान÷भ्याटमा दर्ता भई ग्याँस वितरण गर्दै आएका छौं,’ सङ्घका सदस्य सन्तोषकुमार पाण्डेले भने, ‘तर, हाम्रो अस्...
आर्थिक तथा समसामयिक समाचार र विचारको सङ्गम A blog by Krishna Rijal