चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धिदर २ दशमलव ४ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आवमा यस क्षेत्रको वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको थियो । १० वर्षमा यस क्षेत्रको औसत वृद्धिदर २.६ प्रतिशत मात्रै रहेको छ । भुकम्पको कारण क्षतिग्रस्त उद्योग अझै सञ्चालनमा आउन नसकेको, सञ्चालित उद्योगमा कामदारको अभाव भएको र उत्पादित वस्तुको मागमा कमि आएको उद्योग क्षेत्र प्राभावित भई वृद्धिदर न्यून भएको आर्थिक सर्वेक्षण्मा उल्लेख छ । चालु आवमा जीडीपीमा उद्योग क्षेत्रको योगदान ६ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आवमा यस क्षेत्रको योगदान ६ दशमलव १ प्रतिशत रहेको थियो । नीति तथा कानुनलाई समायानुकुल नबनाईदा र पूर्वाधार विकासमा जोड नदिदा मुलुकको औद्योगिक वृद्धि उच्चदरमा हुन नसकेको निजी क्षेत्रको भनाई । काठमाडौं, २८ असार मुलुकको उद्योग क्षेत्रको वृद्धि उच्चदरमा घटेको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २ दशमलव ४ प्रतिशत रहने अनुमान गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३ दशमलव ९ प्रतिशतले कमी हो । अघिल्लो आवमा उद्योग क्षेत्रको वृद्धिद...
आर्थिक तथा समसामयिक समाचार र विचारको सङ्गम A blog by Krishna Rijal