कृष्ण रिजाल पुस २, काठमाडौं । चिनियाँ अटोमोबाइल्स ब्राण्ड चेरीका हाल नेपाली बजारमा तीन मोडलका गाडीहरू उपलब्ध छन् । सन् २००५ मा नेपाल भित्रिएको चेरीका जीप सिरिजअन्तर्गत ‘टिगो’ तथा कार सिरिजअन्तर्गत ‘क्यूक्यूथ्री’ र ‘ए वान’ बजारमा उपलब्ध छन् । यसमध्ये जीप सिरिजअन्तर्गतको टिगो बढी विक्री हुने गरेको चेरीको नेपालका लागि आधिकारिक विक्रेता बामा मोटर्सका विक्री तथा बजार सहायक महाप्रबन्धक सुरज भट्टराईले बताए । ‘जीप सिरिजको भए पनि टिगो कारजस्तै लक्जरियस हुनुका साथै मूल्य पनि नेपाली बजार सुहाँउदो भएकाले यसको माग बढी भएको हो,’ उनले भने । चेरी चीनको चेरी इण्टरनेशनल कम्पनी लिमिटेडले सन् १९९७ बाट उत्पादन शुरू गरेको चेरीका गाडी सन् २००२ देखि अन्तरराष्ट्रिय बजारमा विक्री थालिएको हो । नेपाल भित्रिएको ४ वर्षपछि अर्थात् सन् २००९ देखि बामा मोटर्सले यसको आधिकारिक रूपमा विक्रीवितरण गर्द ै आएका े छ । चरे ीका ४ सयभन्दा बढी गाडी विक्री भइसकेको बामाका विक्री तथा बजार सहायक महाप्रबन्धक भट्टराईले बताए । हाल नेपाली बजारमा उपलब्ध चेरीका सबै मोडलका गाडी पेट्रोल इञ्जिनक छन् । यी गाडीमा अष्ट्रिया र चीनको सहकार्...
आर्थिक तथा समसामयिक समाचार र विचारको सङ्गम A blog by Krishna Rijal